२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जस्ले एक्लै जलाए ९६ लाश…

२०७४, ३० फाल्गुन बुधबार ११:४८

फागुन ३०, काठमाण्डौ | एक्सन फर सोसल चेन्जले वेवारिसे १३ लाशहरुको सद्गद् गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वेवारिसे अवस्थामा रहेका ती लाशहरुलाई आज पशुपति आर्यघाटमा हिन्दु संष्कृति अनुसार दागबत्ति दिएर अन्तिम संष्कार गरेको हो । 


संस्थाले हालसम्म ९६ वेवारिसे लाशहरुको सद्गद् गरिसकेको छ । तीमध्य अधिकांश लाशहरुले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका छन् । यस्तै भक्तपुर,बौद्ध लगायतका प्रहरीहरुसँगको सहकार्यमा त्यहाँ रहेका वेवारिसे लाशको संकलन गरी संस्थाका अध्यक्ष विनयजंग बस्नेतले सद्गद् गरिसकेकाछन् । 

हिन्दु धर्म संष्कृति अनुसार कुनै पनि मृतकको अन्तिम संष्कार नभएसम्म उस्को आत्माले मुक्त नपाउने र अतृप्त आत्माको रुपमा वायूमण्डलमा विचरण गरी मान्छेहरुलाई दुख पीडा कष्ट दिने धार्मिक विश्वाश छ । यही कारण समेत यस्ता लाशहरुको सद्गद् गर्न थालिएको सामाजिक अभियन्ता बस्नेतले बताए । यस्का अलवा वातावारणीय दृष्ट्रिकोणले समेत वेवारिसे लाशहरुको सदगद् गर्नु जरुरी रहेको बस्नेतको भनाई छ । 

अस्पतालमा यस्ता कुहिएका लाशहरु रहँदा वातावरण दुषित भई रोगव्याधी बढ्ने हुँदा यस्ता लाशहरुको छिट्टो भन्दा छिट्टो अन्तिम संष्कार गरिनु उचित हुने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रहरी मीन बहादुर राजपालले बताए  । राज्यले निभाउनुपर्ने दायित्व एउटा संस्थाले पूरा गरिरहेको उनले प्रतिक्रिया दिए । अहिले सबैभन्दा वढी वेवारिसे  लाश त्रिवि शिक्षण अस्पतालमा रहेको र ती लाशहरुको सद्गद् समेत छिट्टै गर्ने योजना रहेको समाजसेवी बस्नेतको भनाई छ । 

को हुन बस्नेत ?   

निस्वार्थ भावले सामाजिक सत्कर्ममा होमिएका व्यक्ति हुन उनी । युवावयमै आमा गुमाउनु,वुवा गाडि दुर्घटनामा परेर बित्नु र जीवनसंगिनीले छाडेर जानु । त्यस यता उनी नितान्त छन् एक्लो र रित्तो । समयले उनलाई एक्लो बनाए पनि मन कहिल्यै एक्लो भएन । भन्छन नि जीवनमा सबैथोक खानु तर हरेश नखानु । हो हरेश खाएनन् उनले । र त होमिए वेवारिसेहरुको जीवन र मुहारमा खुसी भर्न । आफू रित्तिएर पनि ऋणमा डुबेर भएर पनि उनी वेवारिसेहरुको उद्धारमा तल्लीन छन विगत आधा दशकदेखि । यही बीचमा संस्था जन्माए  एक्सन फर सोसल चेन्ज । 

युवावयमा पिताजी गाडी दुर्घटनामा परेर बित्नु र उनको शव त्रिवि शिक्षण अस्पतालको वेवारिसे गृहमा थन्किएपछि त्यही समय हो उनको मस्तिक रन्थनिएको । महालेखा परिक्षकको कार्यलयका जागिरे पिताजीको लाश वेवारिसे लाशहरुको चाङमा भेटे लगतै उनको दिमाग हल्लियो आखिर जीवन भन्नु केही रहेनछ । जो कोही मान्छे,चाहे जति सुकै सम्पन्न भए पनि एक दिन बित्नेछ । थाहा छैन को मान्छे कतिखेर बित्छ र कसरी बित्छ ? हो यही ुसमयदेखि उनले स्थापना गरे एक्सन फर सोसल चेन्ज । संस्था स्थापना गर्नुको प्रमुख उदेश्य थियो कोही पनि मान्छे वेवारिसे भएर बित्नु नपरोस । बाँच्न नपरोस । 

यो बीचमा उनले सडक,मठ,मन्दिर,अस्पतालमा भेटिएका ८६ लाशहरुको सद्गद् गरिसकेकाछन् । एउटा लाशको सदगद् गर्न झण्डै १० हजार बढी खर्च हुन्छ । यद्यपि आम्दानीको स्रोत कोही छैन । बरु भएको जग्गा बेचेर भए पनि यी लाशहरुको सद्गद् गरेका छन । साथी तथा सहह्ृदयीहरुसँग ऋण लिएर,चढ्दै आएको मोटरसाइकल धरौटीमा राखेर धेरै पटक लाशहरुको सदगद् र वेवारिसेहरुको उपचार गरेका छन् । राज्यका कुनै निकायबाट सर सहयोग नभए पनि साथीसंगीहरुसँग ऋण लिएरै उनले त्यस्ता वेवारिसे लाशहरुको सद्गद् गर्दै आएका छन् । 

वेवारिसेका जीवनदाता  

यस्का अलवा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत विभिन्न मठ मन्दिर पाटी पौवा प्रहरीहरुको सम्पर्कमा आएका वेवारिसे विरामीहरुको औषधोपचारसमेत संस्थाले गर्दै आएको छ । झण्डै तीन जर्दन वेवारिसेहरुको औषधोपचार गरी आफन्तको पहिचान भएकाहरुलाई घर पठाउने र नभएकाहरुलाई आफ्नै आश्रममा लागि जीवनदान दिँदै आएका छन् उनले । कतिसम्म भने वीर अस्पतालमा रहेको एक वेवारिसेको उपचारका लागि संस्थाका सक्रिय सदस्य पवित्रा लामाले आफूले लगाइरहेको सुनको सिक्री समेत धरौटीमा राखेर उपचार गरेको वीर अस्पतालमा कर्मचारीहरुले नै विर्सिएका छैनन् ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण