२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशकै प्रमुख राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम, सरोकारवाला बेखबर (फोटो फिचर)

५ चैत्र २०७४, सोमबार ०२:०४

राम नारायण पंडित | फागुन ५, सिरहा | पुर्बपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बिभिन्न स्थानमा सडक मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । देशकै मुख्य राजमार्गको रुपमा रहेका यस मार्गमा सडकको बिभिन्न स्थानमा रहेको खाल्डाखुल्डी समेत नपुरिदाँ सवारी साधन आवागमनमा असहज भईरहेकाले दुर्घटनाको जोखिम बढेको चालकहरुले बताएका छन् । दैनिक हजारौ सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दापनी सम्बन्धित सरोकारवाला पक्षको ध्यान जान नसकेको स्थानियको आरोप छ । 

असार–साउन महिनाको अबरिल बर्षाका कारण मिर्चैयामा भत्केका सडकको झन्डै ८ महिना बितेपनि टालटुल समेत हुन सकेका छैन् । खासगरी पुर्बमा मिर्चैयाको मटियर्वा चौकदेखि पश्चिममा सल्हेश चौकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अबस्था अस्तव्यस्त बनेको छ । मिर्चैयाको मटियर्वा चौक, थाना चौक, कटारी चौक र पश्चिम बस स्टेन्डमा रहेका ठुल–ठुला खाल्डाखुल्डीले पैदल आबतजाबत गर्न समेत समस्या भइरहेका छन् । 


एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढे्का छन् भने अर्का तिर सडकमै माटो रहेकाले मिर्चैयाको मुख्य ब्यापारिक क्षेत्रमा सबारीसाधनको चापसंगै उडे्को धुलोधुँवाले ब्यापार–ब्यबसायीमा कमी आउनका साथै स्बस्थ्यमा समेत हानी गरिरहेको स्थानिय ब्यापारी अशोक साहले बताए । राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक जानकारी गराएपनि कुनै चासो नदिएको ब्यापारी साहले आरोप लगाए । राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी भएका छन् भने कतिपय स्थानमा ग्राभेल हालेर पुरेको अबस्था छ । तर, सडक डिभिजन कार्यालय लहानले कालोपत्रे गरेर दिगो समाधान गर्न तर्फ ध्यान नदिएको अबस्था छ । खाल्डाखुल्डीमा माटो हालेर झारो टार्ने काम पनि गरिएको देखिन्छ । 


बर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुको साथै स्थानीयबासीहरुलाई  सास्ती व्यहोर्नु परेका छन् । मुख्यमार्गमा पैदल आवतजावत गर्नेलाई पनि कठिनाई भईरहेका छन् । सडकमा जोखिम मोलेर भएपनि चालकहरुले यातायात सञ्चालन गर्ने गरेका छन् । 

यता, मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडेलले राजमार्गमा हामीले केहि गर्न नसक्ने बताए । उनले भने “यो सडक बिभागको काम हो, हामीले सडक बिभागसंग कुरा गर्यौ, हामीलाई मुख्य राजमार्गमा केहि गर्न भनेका छैन् ।”


राजमार्गका ठेक्केदार रामबाबु यादबले एक हप्ता भित्रै काम सुरु गर्ने बताए । सडकलाई मर्मत गर्नका सबै तैयारी भएपनि कामदारको अभाबले केहि ढिलो भएको स्पष्ट गरे । कामदार आउने बितिकै काम सुरु गर्ने ठेक्केदार यादबले दाबी गरे । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा