२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको न्युयोर्कमा बुर्ज खलिफाभन्दा अग्लो भवन बन्दै, के छ विशेषता ?

१३ चैत्र २०७४, मंगलवार ०२:५७

चैत १३, काठमाडौँ (एजेन्सी) | संसारमा एकपछि अर्को गर्दै क्रितिमानी कामहरु भईरहेका छन् । जसमा कुन देशमा कसले कति अग्लो टावर बनाउने भन्ने प्रतिष्पर्धा पनि चल्दै आएको छ । 

सन् २०१० मा बुर्ज खालिफा निर्माण गरी दुबईले विश्वको सबैभन्दा अग्लो भवनको कीर्तिमान आफ्नो नाममा पारेको थियो । त्यस समय पूरै विश्व इन्जिनियरिङको त्यो अद्वितीय नमूना देखेर हैरान भयो । दुबईको सिको गर्दै बुर्ज खालिफालाई उछिन्ने प्रयत्न तत् पश्चात् अन्य देशहरुले नगरेका होइनन् । तर अहिलेसम्म दुनियाँमा बुर्ज खालिफाभन्दा अग्लो भवन बनेको छैन ।

तर आउँदो दिनमा बुर्ज खालिफाको कीर्तिमान अरु कुनै भवनले लिनेछ । हो, अमेरिकाको न्युयोर्कमा विश्वको सबैभन्दा अग्लो भवन बनिरहेको छ । कीर्तिमानी अग्लो भवन बनाउनका लागि अमेरिकी इन्जिनियरहरुले यस्तो दिमाग लगाएका छन् कि उनीहरुको डिजाइन हेर्दा नै अचम्म परिन्छ ।

बुर्ज खलिफाको उचाई ८ सय २८ मिटर रहेको छ । विज्ञहरुले बुर्ज खलिफाभन्दा अग्लो भवन सुरक्षाका दृष्टिले पनि उपयुक्त नहुने र खतरनाक हुने नबताएका होइनन् । हावाको गति तथा दबाब उच्च हुने भएकाले कामदारका लागि काम गर्न गाह्रो हुने, ठूलो मात्रामा भौतिक पदार्थहरु थुप्रिँदा त्यसले जमिनको स्थिरतामा पनि प्रभाव पारेर संरचनालाई कमजोर बनाउने सम्भावना विज्ञहरुले देखाउने गरेका छन् । तर यी सबै समस्याबाट पार पाउनका लागि अमेरिकाका इन्जिनियरहरुले आफ्नो दिमाग लगाए र यस्तो मोडल तयार पारे ।

त्यसैले दुनियाँको यो सबैभन्दा अग्लो भवनको आकार यू आकारको हुनेछ । न्युयोर्कको म्यानहटनमा यो बन्नेछ । यसको नाम हुनेछ The Big Bend। आगामी वर्षसम्म यो भवन तयार हुनेछ । अहिले यसको डिजाइनको कार्य पूरा भएको छ ।

भवनको सबैभन्दा उचाइको यूटर्नमा समेत सजिलैसँग चल्नसक्ने एलिभेटर भवनमा लगाइनेछ ।

यो भवनको डिजाइन विश्व विख्यात इष्ष्य स्टुडियो कम्पनीले गरेको हो । यो कम्पनीले विश्वका विभिन्न चर्चित भवनहरुको डिजाइन गरेको छ ।

यो यू आकारको भवनको एक फेँददेखि अर्को छेउँसम्मको लम्बाई ४ हजार फिट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै