२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको न्युयोर्कमा बुर्ज खलिफाभन्दा अग्लो भवन बन्दै, के छ विशेषता ?

१३ चैत्र २०७४, मंगलवार ०२:५७

चैत १३, काठमाडौँ (एजेन्सी) | संसारमा एकपछि अर्को गर्दै क्रितिमानी कामहरु भईरहेका छन् । जसमा कुन देशमा कसले कति अग्लो टावर बनाउने भन्ने प्रतिष्पर्धा पनि चल्दै आएको छ । 

सन् २०१० मा बुर्ज खालिफा निर्माण गरी दुबईले विश्वको सबैभन्दा अग्लो भवनको कीर्तिमान आफ्नो नाममा पारेको थियो । त्यस समय पूरै विश्व इन्जिनियरिङको त्यो अद्वितीय नमूना देखेर हैरान भयो । दुबईको सिको गर्दै बुर्ज खालिफालाई उछिन्ने प्रयत्न तत् पश्चात् अन्य देशहरुले नगरेका होइनन् । तर अहिलेसम्म दुनियाँमा बुर्ज खालिफाभन्दा अग्लो भवन बनेको छैन ।

तर आउँदो दिनमा बुर्ज खालिफाको कीर्तिमान अरु कुनै भवनले लिनेछ । हो, अमेरिकाको न्युयोर्कमा विश्वको सबैभन्दा अग्लो भवन बनिरहेको छ । कीर्तिमानी अग्लो भवन बनाउनका लागि अमेरिकी इन्जिनियरहरुले यस्तो दिमाग लगाएका छन् कि उनीहरुको डिजाइन हेर्दा नै अचम्म परिन्छ ।

बुर्ज खलिफाको उचाई ८ सय २८ मिटर रहेको छ । विज्ञहरुले बुर्ज खलिफाभन्दा अग्लो भवन सुरक्षाका दृष्टिले पनि उपयुक्त नहुने र खतरनाक हुने नबताएका होइनन् । हावाको गति तथा दबाब उच्च हुने भएकाले कामदारका लागि काम गर्न गाह्रो हुने, ठूलो मात्रामा भौतिक पदार्थहरु थुप्रिँदा त्यसले जमिनको स्थिरतामा पनि प्रभाव पारेर संरचनालाई कमजोर बनाउने सम्भावना विज्ञहरुले देखाउने गरेका छन् । तर यी सबै समस्याबाट पार पाउनका लागि अमेरिकाका इन्जिनियरहरुले आफ्नो दिमाग लगाए र यस्तो मोडल तयार पारे ।

त्यसैले दुनियाँको यो सबैभन्दा अग्लो भवनको आकार यू आकारको हुनेछ । न्युयोर्कको म्यानहटनमा यो बन्नेछ । यसको नाम हुनेछ The Big Bend। आगामी वर्षसम्म यो भवन तयार हुनेछ । अहिले यसको डिजाइनको कार्य पूरा भएको छ ।

भवनको सबैभन्दा उचाइको यूटर्नमा समेत सजिलैसँग चल्नसक्ने एलिभेटर भवनमा लगाइनेछ ।

यो भवनको डिजाइन विश्व विख्यात इष्ष्य स्टुडियो कम्पनीले गरेको हो । यो कम्पनीले विश्वका विभिन्न चर्चित भवनहरुको डिजाइन गरेको छ ।

यो यू आकारको भवनको एक फेँददेखि अर्को छेउँसम्मको लम्बाई ४ हजार फिट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य