२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वल्ड दरवार व्हिस्कीमा मरेको लामखुट्टे ! अब समर्सबी वियर लेदो र किराको स्वादमा (भिडियो सहित)

१९ चैत्र २०७४, सोमबार ०३:५८

चैत १९, काठमाडौँ । गोर्खा ब्रुअरीले नेपाली बजारमा ल्याएको समर्सबी पेय पदार्थमा अखाद्य बस्तु भेटिएका छन् । समर्सबीका बोटलहरुमा किरा र लेदो भेटिन थालेका छन् । जसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ । 

२०७३ जेठबाट खेतान खेतान ग्रुपले गोर्खा ब्रुअरीमार्फत अन्तर्राष्ट्रियस्तरको ‘सफ्ट ड्रिंक्स’ को रुपमा समर्सबी बजारमा ल्याइएको हो । 

अल्कोहल ४.५ प्रतिशत मात्रै भनिएको समर्सबी २ सय मिलिलिटरमा बोटलमा धामाधम किरा र लेदो भेटिइरहेका छन् ।  


यस अघि नेपाली ब्रान्डेड व्हिस्की वल्ड दरवारमा मरेको लामखुट्टे भेटिएको थियो ।  

चैत १६, काठमाडौँ | राजधानीकै सातदोबाटो स्थित एक मदिरा पसलबाट किनेको वल्ड दरबार ह्वीस्कीभित्र लामखुट्टे फेला परेको बिषयमा कम्पनीले कुनै चासो देखाएको छैन । 

उपभोक्ताले ह्वीस्की पिउंदै जाँदा पिंधमा लामखुट्टे तैरीरहेको अवस्थामा फेला पारेपछि ह्वीस्की कम्पनीलाई खबर गरेका थिए तर कम्पनीले कुनै चासो देखाएको छैन । पसलबाट किनेर घरमा पुगेर खाने क्रममा ह्वीस्कीको आधि भाग खाएपछी पिधमा तैरिईरहेको अवस्थाममा उक्त लामखुट्टे फेला परेको उपभोक्ता भीम लिम्बुले बताए । अन्त्रष्ट्रिय बजारमा समेत बिक्री वितरण गर्दै आएको सो ब्राण्डका ह्वीस्कीभित्र लामखुट्टे फेला परेपछि कम्पनीलाई खबर गर्दा समेत कम्पनीले कुनै वास्ता नगरी सेवनकर्ताले नै हालेको भन्दै गैरजिम्मेवार उत्तर दिएको छ । स्क्टल्याण्डबाट आएका लिम्बु आफ्ना दाजुसंगै उक्त ह्वीस्की सेवन गर्ने क्रममा लामखुट्टे देखेपछि खान छाडेको बताउँछन् । 

महँगो र ब्रान्डेड ह्वीस्कीको पहिलो बिर्को खोलेपछि भित्र छुट्टै सिल हुने हुँदा कसैले जानी-जानी कुनै कुरा छिराउन नमिल्ने बताइन्छ तर वल्ड दरबार ह्वीस्कीको बोत्तलमा कसरी लामखुट्टे छिर्यो भन्ने प्रश्नमा सिल नतोडीएको अवस्थामा पनि छिराउन मिल्ने भन्दै आफ्नै ब्राण्डको खिल्ली उडाएको छ । 

कम्पनीले आफुलाई बजारमा गिराउन षडयन्त्र भएको बताउँदा प्रयोगकर्ता भने आक्रोशित बनेका छन् । उनले भने – 'पिउंदै जाँदा लामखुट्टे तैरीईरहेको देखें, मरेको अवस्थामा ढाडीएर बसेको लामखुट्टे देखेपछी मैले ह्वीस्की पिउन छाडेंको हो । नेपालको ब्रान्डेड ह्वीस्कीमा यस्तो लापरवाही हुन्छ भने अरुमा के होला ? यही बोत्तल अन्तराष्ट्रिय बजारमा भेटिएको भए नेपालको ब्राण्डमा कस्तो असर पर्ला ?' लिम्बुले भने । 

बलियो सिसाको शीलभित्र सिल नतोडी कसरी लामखुट्टे छिराउन सकिन्छ ? लिम्बुले ह्वीस्की उत्पादन कम्पनीकै लापरवाही तथा कमजोरी रहेको र मानव स्वास्थ्यलाई समेत खेलवाड गरेर उत्पादन गर्ने गरेकोले गुणस्तरहिन रहेको भन्दै सम्बन्धित निकायले अनुगमन गरेर कारवाही गर्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश