२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४८ बर्ष अघि यसरी झाँगीएको थियो – नेवारको छोरा र बाउनकी छोरीको प्रेम

२० चैत्र २०७४, मंगलवार ०३:५९

चैत २०, काठमाडौँ | समय चक्रको नियमनै यो छ कि जन्मिएपछी एक दिन मर्नु पर्छ | लामोछोटो आयु यो संसारमा सबैले विदा लिनै पर्छ | यो कुरा लेख्दै गर्दा एउटा प्रतिष्ठित पारिवारिक जोडी मदन कृष्ण श्रेष्ठ र यशोदा सुवेदीबीच यात्राको अन्त्य भएको छ | मदन कृष्ण श्रेष्ठलाई एक्लो बनाउँदै यशोदा कहिलै नफर्कने गरेर विदा भएकी छन् | 

सबै नेपालीका परिचित हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । श्रेष्ठकी पत्नी यशोदा सुबेदी श्रेष्ठको गए राति साढे १० बजे निधन भएको हो । क्यान्सरबाट पीडित सुवेदीको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति निधन भएको हो । ६७ वर्षीय सुवेदी आन्द्रा र फोक्सोको क्यानसरबाट पीडित थिइन्।


यस्तो थियो मदन-यशोदा प्रेम र विवाहको प्रशंग:  

मदन र यशोदाको प्रेम बुझ्न २०२६ सालदेखिको अतित पछ्याउनुपर्ने हुन्छ । त्यतिबेला महेन्द्ररत्न क्याम्पसमा आइकम पढ्थे मदनकृष्ण र रत्नराज्यमा आइए गरिरहेकी थिइन् यशोदा । संचयकोषमा काम गर्थे मदन । त्यहि क्रममा यशोदा पनि संचयकोषमै काम गर्न आइन् । संयोग भनौं उनीहरु एकै कार्यालयको एकै कोठामा काम गर्ने भएपछि पनि एकअर्कामा बढी घुलमिल भए । एक वर्षको अन्तरमा उनीहरूबीच धेरै कुरा मिल्यो । मदन कार्यालयमा ठट्टा गरिरहन्थे जसको प्रभाव यशोदालाई पर्ने गरेको थियो । यही समयमा मदन र यशोदाबीच मायाँ प्रेम भित्रभित्रै झाँगीसकेको थियो । 

मदनकृष्णलाई जीवनमा सबैभन्दा बढी मन परेकी पहिली युवती थिइन् यशोदा । यशोदासँग हुँदा कसरी हुन्छ उनलाई खुसी बनाउने उपाय खोज्थे मदन । कार्यालयमा सँगै काम गर्ने भएपछी कहिले काही एक जनाको अनुपस्थिति हुन्थ्यो भने अर्कोलाई छटपटि हुन्थ्यो । दिन काट्न अफ्ट्यारो हुन्थ्यो । त्यहि क्रममा अब उनीहरुको प्रेम कार्यालयमा मात्र सिमित नभई समय अनुकुल पारेर बाहिर पनि हुन थाल्यो । जति बेलासम्म यी दुई जोडी एकअर्कामा बसिसकेका थिए । 

चार बर्षको प्रेम पछी उनीहरुबीच विवाह भयो । २०३० सालमा उनीहरुको विवाहको प्रसंग पनि रमाइलो छ । अन्तरजातीय विवाह अहिले त अफ्ट्यारो छ भने त्यतिबेला के थियो होला ? मदन नेवार परिवारका यशोदा बाउन परिवारकि, सहज रुपमा विवाह हुने त कुरै भएन । एकअर्काको परिवार नमान्ने निश्चित भएकाले उनीहरुले सुटुक्क विवाह गर्ने निधो गरे । 

यशोदाको त कुरै छोडौं मदनको परिवार समेत विवाहका लागि राजी थिएन । मदनकृष्णका पिता रामकृष्ण जीतपुरफेदी गाउँमा प्रधानपञ्च थिए । आफै मुद्धा मिलाउने बुबाले अन्तरजातीय विवाहको लागि कुनै पनि हालतमा स्वीकृति दिन्थेनन् । त्यसैले मदनले कसैलाई थाहा पनि नदिई विवाहको तयारी गरे ।  विवाहको सामान किन्न मदन असनमा गए । त्यहीबेला उनको फुपुको छोरा भेट भयो । उनले सोधे 'केको लागि किनमेल ? मदनले सोझो जवाफ दिएनन् – 'भोलि अफिसबाट पिकनिकका लागि गोदावरी जान लागेको त्यसैले सामान किनमेल गर्न आएको' भन्ने जवाफ दिए । तर फुपुको छोरालाई उनले सुटुक्क विवाह गर्न लागेको कुरा थाहा भईसकेको थियो । फुपुको छोराले भने – 'पिकनिक होइन । विवाहका लागि सामान किन्दै छौ । घरमा बुबालाई पनि यो कुरा थाहा भइसक्यो ।' फुपुको कुराले मदन अचम्मित बने । सुटुक्क गर्न लागेको विवाह बारे घरमा थाहा पाएको भने पछी उनि कालोनिलो भए । जब घरमा आफूले विवाह गर्न लागेको कुरा थाहा भएको बारे फुपुको छोरा मार्फत सुने तब मदनलाई घर जाने आँट आएन । घर जान नपाए पछी उनले एउटा साथीको सर्ट र अर्को साथीको टाइ लगाएर सूर्यविनायकमा गएर विवाह गरेँ ।


विवाह पछि उनीहरु न्युरोडमा डेरा गरि बस्न थाल्यो । अन्तरजातीय विवाह गरेकाले त्यतिबेलाको समाजले उनीहरुलाई अपराधी झैं मान्थे । केहि हप्ता उनीहरुको जोडी घर गएन । तर केहि हप्ता पछी मदनको बुबाले घरमा बोलाए पछी मदन पट्टिको घर परिवार मिल्यो तर यशोदा पट्टिको घर परिवार अझै उनीहरुको सम्वन्धसँग रुष्ट थियो । 

सामाजिक रुपमा यशोदाको बुबा घृणित थिए । कारण थियो छोरीको अन्तरजातीय विवाह ।  विवाह गरेको ६ महिना पछि यशोदाको बुबाको मृत्यु भयो । अन्तिम क्षेणमा बुबा भेट्न भन्दै गएकी उनले आफ्नो बुबाको जिउँदो अनुहार हेर्न पाइनन् । सबै मान्छेले अन्तरजातीय विवाहकै कारण वुवाको मृत्यु भएको भन्दै उनैलाई दोष दिन्थे । 

बुबाको मृत्यु भएको केहि समयपछी आमाले यशोदालाई माइतीमा बोलाइन् । तर दाजु भाउजुको घरमा भने यशोदाले विवाह गरेको झन्डै डेढ दशक पछी मात्र पाइला टेकेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश