३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेनाले शिरक्याङ भिरको चट्टान फोरेपछि लिबाङ–थबाङ रिङरोड बन्यो

२२ चैत्र २०७४, बिहीबार ०४:१०

चैत २२, लिबाङ | वर्षौंदेखि रोल्पाको विकासमा बाधक बनेको शिरक्याङ भिरको चट्टान नेपाली सेनाले फोरेपछि लिबाङ —थबाङ रिङरोड बनेको छ । 

लिबाङबाट घर्तीगाउँ–दुईखोली हुँदै थबाङका लागि केही वर्षअघि मोटरबाटो सञ्चालनमा रहेको भए पनि पूर्वी रोल्पाको सुलिचौर–पोबाङ– फुलिवन–उवा हुँदै थबाङ जोड्ने बाटो शिरक्याङ भिरमा पुगेर रोकिएको थियो । नेपाली सेनाको पहलमा शिरक्याङ भिर फोरिएपछि अब थबाङ, उवालगायतका अन्य स्थानमा सहजरुपमा सवारी आवागमन हुने भएको छ । 

रोल्पा जिल्लाको बाह्रौँ जिल्ला परिषद् २०६५ ले रोल्पा जिल्लाका सबै गाविसमा सडक सञ्जालले जोड्ने निर्णय गरी बाटो शुरुवात् गरे तापनि वर्षाैंदेखि अनेक प्रयत्न गर्दा पनि फुटाउन नसकिएको चट्टान केही समयअघि नेपाली सेनाले करीब दुई महिनाको प्रयासमा फोरेको थियो । यसरी बाटोमै अवरोध बनेको चट्टान फोरेसँगै रोल्पाको साविकको उवा हुँदै थबाङ गाविसमा मंगलबार पहिलो पटक मोटरबाटो पुगेको छ । 

शिरक्याङ भिरमा रहेको कडा चट्टान फुटाउँदा धनजनको क्षति हुनेखालको देखिए तापनि बिनाबाधा व्यवधान सहजतापूर्वक काम सम्पन्न भई मोटरबाटो जोडिएपछि आफू निकै हर्षित भएको खड्गदल गण, लिबाङ ब्यारेक, रोल्पाका गणपति अजय गुरुङले बताउनुभयो । उहाँका अनुसार भूगोलका कारण काम गर्न निकै अप्ठेरो तथा जोखिमपूर्ण थियो । 

“बाटो खन्ने समयमा डोजरका अपरेटरले मलाई केही भइहाल्यो भने मेरो परिवारलाई असहज हुन सक्छ राम्रोसँग लेखापढी गरिदिनुहोला भन्नुभएको थियो । यो वाक्यले मलाई समय समयमा झस्काउँथ्यो । तर कसैलाई केही भएन, सकुसल काम सम्पन्न गर्न पाइयो, यो नै ठूलो कुरा हो”, उहाँले भन्नुभयो । 

यसरी ठूलो जोखिम मोलेर नेपाली सेनाले पहरा फोरेपछि निर्माण कार्य सम्पन्न भएसँगै थबाङ गाउँपालिकाको आयोजनामा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले मंगलबार एक कार्यक्रमका बीच रिबन काटेर बाटो उद्घाटन गर्नुभएको छ । 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका बुढाले उवा र थबाङ जोड्नका लागि शिरक्याङ भिर वर्षांैदेखि फलामे ढोकाका रुपमा खडा भएको स्मरण गर्नुभयो । उहाँले नेपाली सेनाको पहल कदमीमा चट्टान फुटाउन सफल भएको भन्दै खुल्ला हृदयले प्रसंसासमेत गर्नुभएको छ । उहाँका अनुसार साविकको उवा गाविसमा अन्तिम पटक मोटरबाटो पुगेसँगै अब जिल्लाका दशै स्थानीय तहमा मोटरबाटो जोडिएको छ । त्यसैले अब तीव्रगतिमा रोल्पाको विकास प्रक्रियाले गति लिनेछ, बुढाले भन्नुभयो । सुलिचौर—फुलिवन—थबाङ सडक उपभोक्ता समितिका अध्यक्ष गोबद्र्धन घर्तीमगरको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा जिसस रोल्पाका उपप्रमुख विमला बुढा, सदस्यहरु मानबहादुर केसी, धनबहादुर बुढा, लोकमान वली, थबाङ गापाका अध्यक्ष वीरबहादुर घर्ती, निमित्त जिल्ला समन्वय अधिकारी दामोदरप्रसाद सुवेदी, जलजला यातायात व्यवसायी समिति रोल्पाका अध्यक्ष तेजविक्रम रावत, नेकपा (एमाले)का हितबहादुर रोका, नेपाली काँग्रेसका रमेश रोका, नेकपा (माओवादी केन्द्र) का हितमान पुन, सडक डिभिजन कार्यालय, प्यूठानका रामशरण हरिजनलगायतको उपस्थिति थियो । 

जिसस रोल्पाका प्रमुख बुढाको नेतृत्वमा गएको टोलीले पहिलो पटक निर्माण भएको रिङरोड हुँदै लिबाङ फर्कने कार्यक्रम तय गरेको छ । जिससको टोलीले आइतबार सुकिदह गाउँपालिका र बुधबार थबाङ र परिवर्तन गाउँपालिकाको अनुमगन सम्पन्न गरी लिबाङ फर्कने कार्यक्रम रहेको थबाङ गाउँपालिका रोल्पाका सूचना अधिकारी अधिकार बुढाले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट