२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेनाले शिरक्याङ भिरको चट्टान फोरेपछि लिबाङ–थबाङ रिङरोड बन्यो

२०७४, २२ चैत्र बिहीबार ०४:१०

चैत २२, लिबाङ | वर्षौंदेखि रोल्पाको विकासमा बाधक बनेको शिरक्याङ भिरको चट्टान नेपाली सेनाले फोरेपछि लिबाङ —थबाङ रिङरोड बनेको छ । 

लिबाङबाट घर्तीगाउँ–दुईखोली हुँदै थबाङका लागि केही वर्षअघि मोटरबाटो सञ्चालनमा रहेको भए पनि पूर्वी रोल्पाको सुलिचौर–पोबाङ– फुलिवन–उवा हुँदै थबाङ जोड्ने बाटो शिरक्याङ भिरमा पुगेर रोकिएको थियो । नेपाली सेनाको पहलमा शिरक्याङ भिर फोरिएपछि अब थबाङ, उवालगायतका अन्य स्थानमा सहजरुपमा सवारी आवागमन हुने भएको छ । 

रोल्पा जिल्लाको बाह्रौँ जिल्ला परिषद् २०६५ ले रोल्पा जिल्लाका सबै गाविसमा सडक सञ्जालले जोड्ने निर्णय गरी बाटो शुरुवात् गरे तापनि वर्षाैंदेखि अनेक प्रयत्न गर्दा पनि फुटाउन नसकिएको चट्टान केही समयअघि नेपाली सेनाले करीब दुई महिनाको प्रयासमा फोरेको थियो । यसरी बाटोमै अवरोध बनेको चट्टान फोरेसँगै रोल्पाको साविकको उवा हुँदै थबाङ गाविसमा मंगलबार पहिलो पटक मोटरबाटो पुगेको छ । 

शिरक्याङ भिरमा रहेको कडा चट्टान फुटाउँदा धनजनको क्षति हुनेखालको देखिए तापनि बिनाबाधा व्यवधान सहजतापूर्वक काम सम्पन्न भई मोटरबाटो जोडिएपछि आफू निकै हर्षित भएको खड्गदल गण, लिबाङ ब्यारेक, रोल्पाका गणपति अजय गुरुङले बताउनुभयो । उहाँका अनुसार भूगोलका कारण काम गर्न निकै अप्ठेरो तथा जोखिमपूर्ण थियो । 

“बाटो खन्ने समयमा डोजरका अपरेटरले मलाई केही भइहाल्यो भने मेरो परिवारलाई असहज हुन सक्छ राम्रोसँग लेखापढी गरिदिनुहोला भन्नुभएको थियो । यो वाक्यले मलाई समय समयमा झस्काउँथ्यो । तर कसैलाई केही भएन, सकुसल काम सम्पन्न गर्न पाइयो, यो नै ठूलो कुरा हो”, उहाँले भन्नुभयो । 

यसरी ठूलो जोखिम मोलेर नेपाली सेनाले पहरा फोरेपछि निर्माण कार्य सम्पन्न भएसँगै थबाङ गाउँपालिकाको आयोजनामा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले मंगलबार एक कार्यक्रमका बीच रिबन काटेर बाटो उद्घाटन गर्नुभएको छ । 

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका बुढाले उवा र थबाङ जोड्नका लागि शिरक्याङ भिर वर्षांैदेखि फलामे ढोकाका रुपमा खडा भएको स्मरण गर्नुभयो । उहाँले नेपाली सेनाको पहल कदमीमा चट्टान फुटाउन सफल भएको भन्दै खुल्ला हृदयले प्रसंसासमेत गर्नुभएको छ । उहाँका अनुसार साविकको उवा गाविसमा अन्तिम पटक मोटरबाटो पुगेसँगै अब जिल्लाका दशै स्थानीय तहमा मोटरबाटो जोडिएको छ । त्यसैले अब तीव्रगतिमा रोल्पाको विकास प्रक्रियाले गति लिनेछ, बुढाले भन्नुभयो । सुलिचौर—फुलिवन—थबाङ सडक उपभोक्ता समितिका अध्यक्ष गोबद्र्धन घर्तीमगरको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा जिसस रोल्पाका उपप्रमुख विमला बुढा, सदस्यहरु मानबहादुर केसी, धनबहादुर बुढा, लोकमान वली, थबाङ गापाका अध्यक्ष वीरबहादुर घर्ती, निमित्त जिल्ला समन्वय अधिकारी दामोदरप्रसाद सुवेदी, जलजला यातायात व्यवसायी समिति रोल्पाका अध्यक्ष तेजविक्रम रावत, नेकपा (एमाले)का हितबहादुर रोका, नेपाली काँग्रेसका रमेश रोका, नेकपा (माओवादी केन्द्र) का हितमान पुन, सडक डिभिजन कार्यालय, प्यूठानका रामशरण हरिजनलगायतको उपस्थिति थियो । 

जिसस रोल्पाका प्रमुख बुढाको नेतृत्वमा गएको टोलीले पहिलो पटक निर्माण भएको रिङरोड हुँदै लिबाङ फर्कने कार्यक्रम तय गरेको छ । जिससको टोलीले आइतबार सुकिदह गाउँपालिका र बुधबार थबाङ र परिवर्तन गाउँपालिकाको अनुमगन सम्पन्न गरी लिबाङ फर्कने कार्यक्रम रहेको थबाङ गाउँपालिका रोल्पाका सूचना अधिकारी अधिकार बुढाले जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस