४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिब्रो छेडेर टोल टोल घुमे बुद्धकृष्ण

२ बैशाख २०७५, आईतवार ११:२८

बैशाख २ भक्तपुर | बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज दिउँसो थिमी बोडे ८ का ४६ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्नु भएको छ । 

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप बोकी टोल टोल घुम्ने चलन छ । 


कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्रा गर्न दिउँसो २ बजे बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौं मानिसका अगाडि वागश्रेष्ठको जिब्रो छेड्नुभएको थियो । 

जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात महादीप बोकेर टोलटोल घुमेका वागश्रेष्ठले पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोक्नुभएको थियो । 

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर पोतेपछि जिब्रो छेड्ने व्यक्तिले नाट्येश्वरको पूजा गर्ने चलन छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने वागश्रेष्ठले बताउनुभयो ।परम्परादेखि चल्दैआएको जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष आफूले जिब्रो छेडेको उहाँले बताउनुभयो । यसअघि २०६२ देखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेड्नु भएको थियो । 

उहाँले भन्नुभयो – ‘विभिन्न रोगका कारण डाक्टरले बाँच्दैन भनेका थिए । त्यही वर्ष मैले जिब्रो छेडें । मेरो रोग निको भयो । त्यसपछि रोजगारीका लागि दक्षिण कोरिया गएँ । उताबाट फर्किएपछि थिमिको कोरिया–नेपाल मैत्री अस्पतालमा निरन्तर एम्बुलेन्स चलाइरहेको छु ।’ 

अहिले भगवान्प्रतिको त्यही विश्वास र आस्थाले परम्परा जोगाउन फेरि जिब्रो छेडेको उहाँको भनाइ थियो । 

विसं २०६० सम्म उहाँकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेड्नुभएको थियो । उहाँले २०६१ देखि २०६४ सालसम्म जिब्रो छेड्नु भएको थियो । गतवर्ष पुनः जिब्रो छेड्नुभएका बुद्धकृष्णले यसवर्ष छैटांै पटक जिब्रो छेड्नु भएको हो । जात्रा सञ्चालन गर्न मध्यपुरथिमि नगरपालिकाले रु १ लाख आर्थिक सहयोग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता