२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कीर्तिमानको लक्ष्यसहित १७ वर्षीय बेलायती विद्यार्थी सगरमाथा आरोहणमा

५ बैशाख २०७५, बुधबार १०:१४

वैशाख ५ काठमाडौँ | ‘ए’ लेभलमा अध्ययनरत १७ वर्षीय बेलायती विद्यार्थी डिमिटी टरटिचिनमीले कान्छा सगरमाथा आरोहीको नयाँ कीर्तिमान राख्न र नेपालका विपन्न विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यले बिहीबारदेखि सगरमाथा आरोहण गर्न लागेका छन् । 

युरोपेली मुलुकबाट यति कम उमेरमा सगरमाथा आरोहण गर्नेमध्ये पहिलो हुन लागेका टरटिचिनमीले बिहीबार तिब्बतको ल्हासातर्फबाट सगरमाथा आरोहण थाल्न लाग्नुभएको आज ग्लोबल एक्सन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उहाँसँगै अन्य २० युरोपेली आरोहीको टोली सगरमाथा चढ्न लागेको हो । उहाँका पिता पनि आरोही हुनुहुन्छ । 

बाह्र वर्षको उमेरदेखि आरोहण यात्रा थाल्नुभएका टरटिचिनमीले बेलायतस्थित आफूले पढ्ने चार्टर विद्यालयका करीब ८०० विद्यार्थीबाट संकलन गर्ने करीब रु १३ लाख र अन्य सहयोगबाट नेपालको शिक्षामा सहयोग गर्नुहुनेछ । 

हालसम्म सातवटा हिमाल आरोहण गरिसकेका उहाँले यसअघि अफ्रिकाको पाँच हजार ७२० मिटर अग्लो किलिमञ्जारो आरोहरणमा प्रयास गर्नुभएको थियो । सन् १९७३ मा नेपालका शम्भु तामाङले १७ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर कम उमेरको कीर्तिमान कायम गर्नुभएको थियो भने सन् २०१० मा संयुक्त राज्य अमेरिकाका १३ वर्षीय जोर्डन रोमेरोले सर्वाेच्च शिखरमा पाइला टेक्नुभएको थियो । 

ग्लोबल एक्सन नेपालका राष्ट्रिय निर्देशक बाबुकाजी श्रेष्ठले विद्यार्थी जीवनमा साहस र पवित्र लक्ष्यका साथ आरोहरणमा लागेका टरटिचिनमीले सहयोगले नेपालको शिक्षामा योगदान दिने बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य