२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामी जनताले भुल्न नसकेको दरवार, डेढ दशकसम्म पुनःनिर्माण भएन

८ बैशाख २०७५, शनिबार ०४:३०

गीता कुँवर | वैशाख ८, अछाम (रासस) |  

“अछाम दरबारका झ्यालउनी घाम पड्यो ।”

“कैइबाटा हाइ चिठ्ठी आयो का जान्या काम पड्यो ।।” 

(अछाम दरबारको झ्यालमा घाम पर्यो । कतैबाट चिठ्ठी आएकाले जाने काम पर्यो) 

सशस्त्र द्वन्द्वका समयमा विसं २०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) ले अछाम आक्रमण गरी दरबार ध्वस्त पार्यो । दरबार ध्वस्त भएसँगै गीत पनि हराउँदै गयो तर यो ऐतिहासिक महत्वको दरबारलाई अछामीले भुल्न सकेका छैनन् । 

अछाम दरबार झण्डै १५० वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण शुरु भई उहाँका छोरा दलबहादुरको पालामा विसं १९३५ मा निर्माण भएको इतिहास छ । सरकारले विसं २०२९ मा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट रु ९० हजारमा उक्त दरबार किनेको बताइन्छ । अछामी इतिहासका जानकार सुरतबहादुर शाह र योगेन्द्रबहादुरका भाइ तपेन्द्रबहादुर सेनाका जर्नेल रहेकाले उहाँले नै सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको बताइन्छ । तीनतले दरबारमा ३० कोठा थिए । मासको गाह्रो बनाएर दरबार निर्माण गरिएको थियो । 

विसं २०१४ अघि पूर्वी अछामले दैलेख र पश्चिमी अछामले डोटीमा मालपोत बुझाउनुपर्ने व्यवस्था थियो । तत्कालीन राजा महेन्द्र डोटी आउँदा अछामीले अछाममै मालपोत बुझाउन पाउनुपर्ने व्यवस्था गर्न माग गर्दै दिलबहादुर बुढथापाको नेतृत्वमा गएको टोलीले राजाको घोडा रोकेपछि राजाले मालपोत बुझाउने व्यवस्था अछाममै मिलाएको पूर्वसांसद गोविन्दबहादुर शाह बताउनुहुन्छ । त्यस बेला तत्काल अछामको रिडिकोट बयलपाटामा जिल्ला सदरमुकाम कायम गरिए पनि पछि त्यहाँ भौतिक संरचना नहुँदा सदरमुकाम दरबार भएकै कारणले मंगलसेनमा सरेको बताइन्छ । विसं २०१८ मा ३३ जिल्लाबाट ७५ जिल्ला हुँदा अछाम छुट्टै जिल्ला भएको हो । अछामको बीच भाग भएकाले केही समय सदरमुकाम कालागाउँमा पनि बसेको थियो । पछि जिल्ला सदरमुकाम बयलपाटामा सार्ने निर्णय भए पनि दरबार भएकै कारणले मंगलसेनमा नै कायम भएको हो । 

माओवादी द्वन्द्वका बेला ध्वस्त अछाम दरबार पुनःनिर्माणमा लापर्बाही देखिएको छ । दरबार पुनःनिर्माणको काम विसं २०६५ असार २४ गते शुरु भए पनि ठेकेदारले विभिन्न बहाना देखाएर पुनःनिर्माणमा लापर्बाही गरेको स्थानीयवासीको आरोप छ । “अछाम दरबारसँग हाम्रो पुर्खाको इतिहास जोडिएको छ”, स्थानीयवासी दिनेशकुमार स्वाँरले भन्नुभयो, “दरबार बनाउँछाँै भनेर पटक पटक अल्मल्याएर जनतालाई ठग्न पाइँदैन । अब हामी नै निर्माण कार्यमा भइरहेको ढिलाइका विरुद्ध उत्रिनेछौँ ।” 

दरबार निर्माणमा भइरहेको ढिलाइमा ‘जिल्लाका सबै सरोकार भएका निकाय दोषी भएकाले’ कसैले पनि यसको बारेमा बोल्न नचाहेको स्वाँरको आरोप छ । काम किन रोकियो भन्नेबारे कुनै जानकारी नभएको जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरले बताउनुभयो । 

“भदौमा दरबार निर्माणका लागि आवश्यक पर्ने काठ जता पाइन्छ त्यतैबाट ल्याउन प्रशासनले सहज गराइदिएर काम सञ्चालन भएको हो”, उहाँले भन्नुभयो, “अनेक बहाना बनाएर ठेकेदारले नै लापर्बाही गरेको छ ।” 

राजेन्द्र, साउद, तुल्छीदुर्गा, बडीमालिका र कुँवर गरी पाँच निर्माण कम्पनीले रु दुई करोड २५ लाखमा दरबार निर्माणको ठेक्का लिएका थिए । यीमध्ये कुँवर कम्पनीका सञ्चालक मीनबहादुर कुँवरका नाममा अख्तियारी आएपछि काम गर्न नसक्दा अरू निर्माण कम्पनी केही रकम लिएर बाहिरिए । हाल दरबार निर्माणको जिम्मा राजेन्द्र र साउद कन्स्ट्रक्सनले लिएका छन् । पचास प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको जिकिर गर्ने ठेकेदार जयबहादुर साउदले काम गरेवापत रु ९० लाख रकम निकासा गरिएको बताउनुभयो । “आवश्यक पर्ने निर्माण सामग्री सहजरुपमा उपलब्ध गराउन नसक्दा काम रोकिएको हो । अहिले निर्माण सामग्रीको व्यवस्थामा लागेको छु”, साउदले भन्नुभयो । 

विसं २०६७ मै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको तर काठ अभावका कारण सात वर्ष काम रोकिएको साउदले बताउनुभयो । “दुई वर्ष काम भयो, विभिन्न किसिमका समस्या आए”, उहाँले भन्नुभयो, “अहिले निर्माण सामग्रीको भाउ पहिलेको भन्दा दोब्बर बढ्यो तर त्यो पनि पाइँदैन ।” पटक पटक ठेक्काको म्याद थप्दै विसं २०७५ असारसम्म अन्तिम म्याद थपिएको भए पनि काम शुरु हुनेमा शंका नै रहेको सरोकार भएकाहरु बताउँछन् । 

दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायतका महत्वपूर्ण कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो । माओवादी आक्रमणमा परी अछामका तत्कालनि प्रमुख जिल्ला अधिकारी मोहनसि खत्रीसमेत मारिएका थिए । घटनामा सेनाका क्याप्टनसहित ५३ जना, प्रहरी ५९, निजामती कर्मचारी दुई र सर्वसाधारण आठ गरी १२२ जनाको मृत्यु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ