खोटेहाङ गाउँपालिका–७ खोटाङबजारकी सम्झना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खोटेहाङ गाउँपालिका–७ खोटाङबजारकी सम्झना"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवै हात नभएकी खोटाङ्गकी सम्झना खुट्टाले परिक्षा दिदैं

२०७५, १ जेष्ठ मंगलवार ०९:४९

चिसाङ शेर्पा/जेठ १, खोटाङ | खोटाङमा दुबै हात नभएकी एक छात्राले माध्यमिक तह कक्षा ११ को परिक्षा दिईरहेकी छन् ।


खोटेहाङ गाउँपालिका–७ खोटाङबजारकी सम्झना राई कक्षा १ देखी नै खुट्टाले लेखेर कक्षा ११ सम्मको परिक्षा दिईरहेकी हुन् । जन्मजात दुवै हात नभएपछि उनले अध्ययनसँग सँगै हरेक परिक्षा तथा गृहकार्यहरु खुट्टाले लेख्दै आएकी छन् ।  

भगवती दिनानाथ मावि खोटाङबजारमा अध्यनरत छात्रा सम्झना अहिले जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी मावि परिक्षा केन्द्रमा परिक्षा दिईरहेकी छिन् ।

सम्झनाको आर्थिक स्थिति कमजोर भएपनि पढाईमा अव्वल रहेको चिसापानी माविका प्रधानाध्यापक रामबहादुर राउतले जानकारी दिनुभयो । ‘दुवै हात नभएपनि सम्झनाले खुट्टाको भरमा सम्पूर्ण काम गर्न सक्छिन्’ राउतले भन्नुभयो ।

खोटाङमा ३ हजार २५५ जनाले कक्षा ११ को परिक्षा दिइरहेका छन् । नियमिततर्फ १५ सय ९९ आंशिक तर्फ १६ सय ५६ जनाले परिक्षा दिइरहेका राष्ट्रिय परिक्षा वोर्ड शाखा कार्यालय लाहानका कार्यालय प्रमुख रमेश बहादुर दाहालले जानकारी दिनुभयो । कक्षा १२ मा नियमिततर्फ १२ सय ९५ र आंशिकतर्फ १ हजार ६६ जनाले परिक्षा दिएका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण