२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​पूर्व नेपालकी सुन्दरी श्रेष्ठ मिस नेपाल नर्थ अमेरिकाकी आधिकारिक कोरियोग्राफरमा

२०७५, १६ जेष्ठ बुधबार ०४:४५

विजय थापा/मे ३०, डिसी |आगामी अगस्त महिनामा अमेरिकाको न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको लागि सन् २०१० कि नेपाल सुन्दरी सदिक्षा श्रेष्ठ आधिकारिक कोरियोग्राफरमा मनोनित भएकी छिन । 


आजै उक्त जानकारी आयोजकले मिस नेपाल नर्थ अमेरिकाले छापा बिज्ञप्ति मार्फत सार्बजनिक गरेको छ । मिस नेपाल नर्थ अमेरिका आगामी अगस्त ११ तारिखमा हुदैछ । 

यसै गरि मिस नेपाल नर्थ अमेरिका को लागि सन् २०१८ कि मिस टुरिज्म इन्टरकन्टिनेंटल २०१८ ,मिस न्युयोर्क २०१७ तथा मिस टुरिज्म युएसए २०१७ बनेकी फतेना क्वासेम लाई कार्यक्रमको लागि आधिकारिक प्रशिक्षकमा मनोनित समेत गरिएको छ । 


यसै गरि न्युयोर्क कै प्रसिद्ध कार्यक्रम स्थल मेलरोज बलरुममा उक्त कार्यक्रम अगस्त ११ तारिख भव्य समापन समारोहको आयोजना हुने तय भएको छ । साथै सोहि स्थानमा भव्य भोज समारोहको समेत आयोजना गरिने छ । 

मेलरोज बलरुममा जहाँ हलिवुडका प्रसिद्ध कलाकार रिहाना ,कववेब ,स्वान मेडेस ,स्टेभी टेलर ,नेपाली कलाकारहरु बिपुल छेत्री ,मुक्ति एण्ड रिभाईभल  प्रख्यात तथा चर्चित कलाकारहरुले यसै मचंमा आफ्नो बेजोड प्रस्तुति गरि सकेका छन् । 

सदिक्षा श्रेष्ठ सन् २०१० कि नेपाल सुन्दरी को साथै सन् २०१७ मा नेपाल बिद्या भुषण पदक बाट सम्मानित भएकी छिन् । यसको साथै उनि सन् २०११ को नेपाल पर्यटन कि सद्भावना दुत समेत हुन् । सन् २०१० मा बिश्व बन्यजन्तु संरक्षण कि युवा सद्भावना दुतमा समेत नियुक्ति भएकी छिन् । 

श्रेष्ठ एमबिए कि स्वर्ण पदक बिजेता हुन् भने उनले मिस पर्सोनालीटि ,मिस वेस्ट वाक तथा मिस फोटोजेनिक नामक उपाधि पाईकि छिन् । उनि सन् २०१० कि नेपाली सुन्दरी भएता पनि उनले अहिले सम्म कै सबै भन्दा ज्यादा उप शिर्षक पदक प्राप्त गर्ने अवसर पाएकी छिन् । 

कार्यक्रम उन्नत  इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इनटरटेन्टमेन्टको सहकार्यमा कार्यक्रम गर्नेछ ।  ८ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन ,परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिका को टोलिमा संस्थापकहरुको संलग्नता रहेको छ । 

प्रथम मिस नेपाली नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्ने छ भने पछिल्लो पुस्ताको लागि नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने मुख्य नारा यस बर्ष देखि सुरु हुने छ  ।

मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने ,अविवाहित ,५ फुट २ इन्च हुनु पर्ने ,शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ),प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने ,नेपाली मूलको हुनु पर्ने ,निवेदकको सही नैतिक चरित्र तथा नेतृत्वको शीप हुनु पर्ने तथा जीवन वृति हाक्न सक्ने तथा सफल हुन् प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ । 

बिस्तृत जानकारीको लागि [email protected], www.missnepalna.com/applynow मा जान आयोजकले अनुरोध गरेका छन् । 

मिस नेपाल नर्थ अमेरिका टोलीमा निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सह संस्थापक /सभापति हुन् भने अन्य अनुभवी ,प्रतिभाशाली बिशिष्ट व्यक्तिहरु यस्मा संलग्न रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण