२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

​पूर्व नेपालकी सुन्दरी श्रेष्ठ मिस नेपाल नर्थ अमेरिकाकी आधिकारिक कोरियोग्राफरमा

१६ जेष्ठ २०७५, बुधबार ०४:४५

विजय थापा/मे ३०, डिसी |आगामी अगस्त महिनामा अमेरिकाको न्युयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको लागि सन् २०१० कि नेपाल सुन्दरी सदिक्षा श्रेष्ठ आधिकारिक कोरियोग्राफरमा मनोनित भएकी छिन । 


आजै उक्त जानकारी आयोजकले मिस नेपाल नर्थ अमेरिकाले छापा बिज्ञप्ति मार्फत सार्बजनिक गरेको छ । मिस नेपाल नर्थ अमेरिका आगामी अगस्त ११ तारिखमा हुदैछ । 

यसै गरि मिस नेपाल नर्थ अमेरिका को लागि सन् २०१८ कि मिस टुरिज्म इन्टरकन्टिनेंटल २०१८ ,मिस न्युयोर्क २०१७ तथा मिस टुरिज्म युएसए २०१७ बनेकी फतेना क्वासेम लाई कार्यक्रमको लागि आधिकारिक प्रशिक्षकमा मनोनित समेत गरिएको छ । 


यसै गरि न्युयोर्क कै प्रसिद्ध कार्यक्रम स्थल मेलरोज बलरुममा उक्त कार्यक्रम अगस्त ११ तारिख भव्य समापन समारोहको आयोजना हुने तय भएको छ । साथै सोहि स्थानमा भव्य भोज समारोहको समेत आयोजना गरिने छ । 

मेलरोज बलरुममा जहाँ हलिवुडका प्रसिद्ध कलाकार रिहाना ,कववेब ,स्वान मेडेस ,स्टेभी टेलर ,नेपाली कलाकारहरु बिपुल छेत्री ,मुक्ति एण्ड रिभाईभल  प्रख्यात तथा चर्चित कलाकारहरुले यसै मचंमा आफ्नो बेजोड प्रस्तुति गरि सकेका छन् । 

सदिक्षा श्रेष्ठ सन् २०१० कि नेपाल सुन्दरी को साथै सन् २०१७ मा नेपाल बिद्या भुषण पदक बाट सम्मानित भएकी छिन् । यसको साथै उनि सन् २०११ को नेपाल पर्यटन कि सद्भावना दुत समेत हुन् । सन् २०१० मा बिश्व बन्यजन्तु संरक्षण कि युवा सद्भावना दुतमा समेत नियुक्ति भएकी छिन् । 

श्रेष्ठ एमबिए कि स्वर्ण पदक बिजेता हुन् भने उनले मिस पर्सोनालीटि ,मिस वेस्ट वाक तथा मिस फोटोजेनिक नामक उपाधि पाईकि छिन् । उनि सन् २०१० कि नेपाली सुन्दरी भएता पनि उनले अहिले सम्म कै सबै भन्दा ज्यादा उप शिर्षक पदक प्राप्त गर्ने अवसर पाएकी छिन् । 

कार्यक्रम उन्नत  इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इनटरटेन्टमेन्टको सहकार्यमा कार्यक्रम गर्नेछ ।  ८ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन ,परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिका को टोलिमा संस्थापकहरुको संलग्नता रहेको छ । 

प्रथम मिस नेपाली नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्ने छ भने पछिल्लो पुस्ताको लागि नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने मुख्य नारा यस बर्ष देखि सुरु हुने छ  ।

मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने ,अविवाहित ,५ फुट २ इन्च हुनु पर्ने ,शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ),प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने ,नेपाली मूलको हुनु पर्ने ,निवेदकको सही नैतिक चरित्र तथा नेतृत्वको शीप हुनु पर्ने तथा जीवन वृति हाक्न सक्ने तथा सफल हुन् प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ । 

बिस्तृत जानकारीको लागि [email protected], www.missnepalna.com/applynow मा जान आयोजकले अनुरोध गरेका छन् । 

मिस नेपाल नर्थ अमेरिका टोलीमा निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सह संस्थापक /सभापति हुन् भने अन्य अनुभवी ,प्रतिभाशाली बिशिष्ट व्यक्तिहरु यस्मा संलग्न रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण