२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिस नेपाल यूएस २०१८ का लागि राजिव श्रेष्ठ आधिकारिक फोटोग्राफरमा नियुक्त

२०७५, ८ असार शुक्रबार ०६:४१

विजय थापा/जुन २२, वाशिंगटन डिसी | चर्चित फोटोग्राफर(छायाँचित्रकार)राजिव श्रेष्ठ मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक फोटोग्राफरमा नियुक्त भएका छन अमेरिकाको टेक्ससमा हुने छैठौ मिस नेपाल यूएसको लागि उनलाई  नियुक्त गरिएको हो ।


झन्डै ३ दशक देखि छायाचित्र पेशामा होमिएका श्रेष्ठ नेपाल कै एक प्रसिद्ध फोटोग्राफर हुन् । नेपालको परिपेक्ष्यमा बिशेष ग्लामर (मोहकता )क्षेत्रमा उनि प्रवर्तकको रुपमा चिनिन्छन ।  

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा अगस्ट १९ आइतबारका मिस नेपाल यूएस हुने छ ।  


मिस नेपाल यूएस २०१८ को बिजेतालाई $ ५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिने छ । साथै प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ बर्ष का युवतीहरु प्रतियोगितामा सहभागिता लिन पाउने छन् 

श्रेष्ठ हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै छन् भने अमेरिकामा रहेता पनि आफ्नो पेशालाई निरन्तर दिई रहेका छन् l अमेरिकामा रहेतामा पनि उनले अमेरिकामा रहेका नेपाली कलाकार ,नमूना महिला तथा पुरुष तथा कलाकार ,मोडल (नमूना) क्षेत्रमा प्रवेश गर्न चाहनेलाई समेतलाई प्रोत्साहन गर्दै सहयोग गर्दै आएका छन् l

श्रेष्ठले आफू बिदेशमा रहेता पनि आफ्नो पेशा लाई निरन्तरता दिएकोमा हर्ष व्यक्त गरेका छन् l र साथै मिस नेपाल यूएस २०१८ का लागि आफूलाई मौका दिने आयोजकलाई बिशेष धन्यवाद दिएका छन् । 

जुन पेशामा ३० बर्ष बिताए चटक्क उक्त पेशा छोड्न नसक्ने रहेछ भन्दै अमेरिकामा पनि नेपाली समुदायको ठुलो वस्ती वृद्धि भएकोले आफू उत्साहित भएको बताए । र निरन्तर मौका पाई रहेको बताए । उता आयोजक को तर्फ बाट प्याट्रिक सुबेदीले श्रेष्ठ जस्तो व्यवसायिक फोटो ग्राफर पाएकोमा गर्व गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण