२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२१ औं सताव्दीकै सबैभन्दा लामो (१०३ मिनेट)को चन्द्रग्रहण लाग्दै, धेरै प्राकृतिक प्रकोपको खतरा

२०७५, १९ असार मंगलवार ०९:३०

एजेन्सीको सहयोगमा | २१ औं सताव्दीकै सबैभन्दा लामो पूर्ण चन्द्रग्रहण २७ जुलाईमा लाग्दैछ जो साधारणतया लाग्ने चन्द्रग्रहणभन्दा करीब ४० मिनट लामो समयावधिको हुन्छ । जुन पृथ्वीबाट पनि देखिनेछ । यो चन्द्रग्रहण एशिया सहित अन्टाकर्टिका, अस्ट्रेलिया, अफ्रीका, यूरोप र दक्षिण अमेरिकाको मध्य र पूर्वी भागबाट पनि देखिनेछ । त्यस्तै रूसको केहि क्षेत्रमा यो ग्रहण देखिनेछ । यो ग्रहण पूर्वी अफ्रिका र मध्ये एसियाबाट पूर्ण रुपमा देख्न सकिन्छ । चन्द्रग्रहणको दिन चन्द्रमा निकै चम्किलो र ठूलो देखिने हुँदा यसलाई सुपर ब्लड ब्लू मून भनिन्छ ।

२०७५ साउन ११ गते पूर्णिमाको दिन शुक्रवार यो ग्रहण लाग्नेछ । हिन्दू धर्मको मान्यता अनुसार चन्द्रग्रहणको प्रभाव शुभ मानिन्न । कतिपय नक्षत्र र राशि भएका मानिसहरुलाई ग्रहणको दर्शन गर्न समेत वर्जित गरिन्छ । उनीहरुले आफ्नो इष्ट देवको पुजा-आराधना, गुरु मन्त्र जप वा धार्मिक ग्रंथको पठन र मनन गरेर मात्र चन्द ग्रहण हेर्नु पर्ने मान्यता छ । सामान्य दिनको चंद्रग्रहणमा गरिएको पुण्यकर्मले एक लाख गुना र सूर्यग्रहण भएको बेला गरिएको पुण्य कर्म दस लाख गुणा फलदायी हुने गर्छ । यदि गंगाजल आफूसंगै छ भने त झन चंद्रग्रहण एक करोड गुना र सूर्यग्रहण दस करोड गुना फलदायी हुने मान्यता छ । यसैले सबैले चन्द्र ग्रहण वा सूर्यग्रहणको दिन दान-पुण्य गर्नुपर्छ जसमा साधु-सन्तको साथै गरीबलाई भोजन वा लत्ता कपडा दान गर्नुपर्छ तथा गाईलाई हरियो आहार खुवाउनु पर्छ । जसको कारण ग्रहणको दिन विशेष लाभ प्राप्त गर्न सकिन्छ र भगवानको कृपा बनिराख्नमा मद्धत मिल्छ ।

यस चंद्रग्रहणको यम नियम सूतक लगभग १०३ मिनटसम्म हुनेछ । चंद्रग्रहणको सूतक दिनको करिव २:४० बजेबाट सुरु भएर ग्रहणको स्पर्श रातको ११:४० सम्म र शुद्धिकाल रातको ३:२६ बजेसम्म हुनेछ । 

यस दिन गोचरमा मकर राशिको केतु र चंद्रमाको प्रधानता हुनेछ । राहुबाट समसप्तक दृष्टि संबन्ध रहनेछ । जस्लाई अशुभताको प्रतीक मानिन्छ । यसै कारण धेरै प्राकृतिक प्रकोप तथा आपत्तिको सामना गर्नुपर्ने हुन्छ । पृथ्वीमा सिधा छायाँ पारेर चन्द्र ग्रहण हुनेहुँदा यो ग्रहणले निकै लामो समय लिनेछ । यस अवधिमा सूर्यको दूरी टाढा हुनेहुँदा पृथ्वीमा छायाँको विस्तार ठूलो हुनेछ । १५ जुन २०११ पछी यो पहिलो केन्द्रीय चंद्रग्रहण हुनेछ । २०१८ को पहिलो चन्द्रग्रहण जनावरीमा भएको थियो । नेपाली मिति अनुसार यो चन्द्र ग्रहण २०७५ कै पहिलो हो । 

कुन-कुन राशिमा पर्छ, चन्द्रग्रहणको विशेष प्रभाव ? 

चन्द्रग्रहणको कारण केहि राशिका मानिसहरुमा विशेष प्रभाव हुन्छ, जसमा मेष, सिंह, वृश्चिक र मीन राशिका भएकाहरुलाई चन्द्रग्रहण दर्शन लाभ, शुभ र सुखद फलदायक हुनेछ । त्यस्तै मिथुन, तुला, मकर, कुंभ राशिका व्यक्तिहरुलाई भने यो चन्द्रग्रहणको दर्शन अशुभ हुनेछ । उनीहरुले चन्द्रग्रहणको दर्शन नगर्दा नै राम्रो हुनेछ । त्यस्तै वृष, कर्कट, कन्या र धनु राशिका व्यक्तिहरुको लागि उक्त चन्द्र ग्रहण सामान्य फलदायक हुनेछ ।

तलको तश्विर अनुसार: नेपाललाई मध्ये भागमै पारेर ग्रहण लाग्ने देखाईएको छ । ग्रहणले मध्य एसिया र पूर्वी अफ्रिकालाई केन्द्र बनाउनेछ ।

माथिको पछिल्लो तश्विर: www.timeanddate.com बाट लिईएको हो । यस सम्बन्धि समाचारलाई sajhasabal.com ले बिभिन्न स्रोतबाट अनुवाद गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण