२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

पशु कार्यालयद्धारा अनुगमन, बिना दर्ताको मासु पसल संचालन भेटियो

२१ असार २०७५, बिहीबार ०३:११

राम नारायण पंडित | असार २१, सिरहा | मिर्चैयामा संचालित मासु पसल, दुध डेरी उद्योग, बाख्रापालन र गाईपालन फर्मलाई अनुगमन गरिएको छ । मिर्चैया नगरपालिका अन्तर्गत रहेका पशु सेवा कार्यालयले (बुधबार) अनुगमन गर्दा मिर्चैयामा मासु पसलहरु बिना दर्ताको संचालनमा रहेको पाईएको छ । अनुगमनका क्रममा मासु पसलहरु मापदण्ड बिपरित संचालनमा रहेको र फोहोर देखिएकोले पहिलो पटक सचेत गराई छाडिएको पशु सेवा कार्यालय मिर्चैयाका प्रमुख नागेश्बर हाथीले बताए । 

मिर्चैयामा संचालित रहेका दुध डेरी उद्योग पुर्ण रुपले सफा नरहेको र दहीलाई गुलियो बनाउन स्वास्थ्यका लागि हानीकारण हुने केमिकल प्रयोग गर्ने गरेको देखिएकोले उक्त केमिकल जफत गरिएको अनुगमन टोलीका नेतृत्बकर्ता तथा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले जानकारी दिए । मिर्चैयाको थाना चौक र बजार एरियामा संचालित डेरीबाट केमिकल जफत गरिएको मेयर यादबले बताए । 


टोलीले मिर्चैया नगरपालिका बडा नं. ७ मा संचालित बाख्रा र गाई फर्मलाई समेत अनुगमन गरेका छन् । फर्महरु व्यबस्थित रुपमा संचालनमा रहेको   अनुगमन टोलीको भनाई रहेको छ । 

अनुगमनको क्रममा विना दर्ता मासु पसल सञ्चालन भएको, पसलमा फ्रिज नराखिएको, खुल्ला ठाउँमा राखेर मासु विक्री गर्ने गरेको, मासु विक्रेताको हातमा पञ्जा र मुखमा माक्स नभएको, मापदण्ड अनुसारको उपकरणको प्रयोग नभएको,  सिसा नहुदाँ धुलो मासुमा पुगेको देखिएकोले पहिलो पटक सचेत गराई फेरी अनुगमनको क्रममा पाईयो भने कानुन बमोजिम कार्बाही गर्नेे मिर्चैैया नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडलले बताए ।


अनुगमन टोलीमा नगरपालिकाका मेयर श्रबण कुमार यादब, प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, पशु सेवा केन्द्र मिर्चैयाका प्रमुख नागेश्बर हाथी, प्राबिधिक जुगेश्वर साह, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रतिनिधि उत्तम कार्की, संचारकर्मी लगायतका रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान