२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यार्सागुम्बा दोब्बरले कम भेट्टिएपछि संकलक निरास (फोटो फिचर)

२०७५, २४ असार आईतवार ०८:५०

लोकेन्द्र प्रशाद जोशी | असार २५, दार्चुला । यसबर्ष यार्सागुम्बा संकलनमा गत बिगत बर्षहरुको भन्दा दोब्बरले कमि आएको संकलकहरुले बताएका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिकाको यार्सागुम्बापाइने बिभिन्न पाटनहरुबाट यार्सागुम्बा संकलन गरेर फर्केका अधिकासं संकलकहरुले आधाभन्दा कम मात्रै यार्सा भेट्टिएको भन्दै चिन्ता ब्यक्त गरेका हुन ।

मार्मा गाउँपालिका ४ बार्कुबाट गत बैसाख २२ गते यार्सागुम्बा संकलन गर्न भन्दै ९ महिनाको दुधेपालक साथमा बोकेर पाटन पुगेका दानमति महरा सोचेअनुसार यार्सागुम्बा नभेट्टिएको भन्दै निरास भएर घर फर्कीएका छन । उहाँमात्रै हैन, उहासंगै यार्सागुम्बा संकलन गर्न डेढ महिना पहिले अपिहिमाल गाउँपालिका अन्तरगतका पाटनहरुमा गएका सयौ संकलकहरुले गत बिगत बर्षहरुको भन्दा निकै कम यार्सागुम्बामात्रै पाएको भन्दै निरासा ब्यक्त गरेका छन । बिगत बर्षहरुमा झन्डै ५ सय गोटा यार्सागुम्बा भेट्टिने गरेकोमा यस पटक २ सयजति यार्सा भेट्एिको दुधेबच्चा बोकेर यार्सा संकलनका लागी लेक पुगेका महराले बताए ।


बन लसुन लगायत जडिबुडिहरु संकलन गर्न बन खन्नु, बनमा आगलागी हुनु, जथाभाबि प्लाष्टिकजन्य फोहोर फाल्नु लगायत कारणले यार्सा कम भेट्एिको संकलकहरुको चिन्ता छ । हिमाली क्षेत्रका स्थानियको प्रमुख आयस्रोतको रुपमा रहेको यार्सागुम्बा नभेट्टिएपछि स्थानियमा निरासा छाएका अपिहिमाल ५ सौगन्नाका यार्सा संकलक बिरेन्द्र धामीले बताए ।

बिगत बर्षहरुमा ५ लाखसम्म यार्सागुम्बा बिक्री गरेर कमाउँदै आएका संकलकहरुले एक लाखसम्मपनि नहुने अवस्था आएको भन्दै निरासा ब्यक्त गरीरहेका हुन । यसै अनुपातमा यार्सा संकलनमा कमि आउँने हो भने आफुहरुको आयस्रोतको प्रमुख माध्यम लोप भएर जाने यार्सा संकलक गोबिन्द धामीको चिन्ता छ । रिपोर्टिङको क्रममा हामीले अपिहिमाल गाउँपालिकासम्म पुगेर स्थानियहरुलाइ भेट्दा सबैले सार्यागुम्बा संकलनमा कमि आएको मात्रै बताएनन् संरक्षणमा सरोकारवालाहरुले ध्यान नदिएको भन्दै आक्रोस समेत ब्यक्त गरेका छन । स्थानियले राजस्व संकलनमा समेत बिभेद भएको बताएका छन । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला, गाउँपालिका लगायत सरोकारवालाहरुले राजस्व संकलनमा मात्रै ध्यान दिएको तर बहुमूल्य जडिबुडि संरक्षणमा ध्यान नदिएको स्थानियको आरोप छ ।


बनसम्पदा सबैको साझा सम्पत्ति भएको कारण सरोकारवालाहरु, स्थानिय लगायत सबैले संरक्षणमा ध्यान दिनु आबश्यक देखीन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण