२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुक्रबार २१ औं सताव्दीकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दै, नेपाललाई मध्ये भागमै पार्ने

९ श्रावण २०७५, बुधबार १२:३९

एजेन्सीको सहयोगमा | २१ औं सताव्दीकै सबैभन्दा लामो पूर्ण चन्द्रग्रहण २७ जुलाईमा लाग्दैछ जो साधारणतया लाग्ने चन्द्रग्रहणभन्दा करीब ४० मिनट लामो समयावधिको हुन्छ । जुन पृथ्वीबाट पनि देखिनेछ । यो चन्द्रग्रहण एशिया सहित अन्टाकर्टिका, अस्ट्रेलिया, अफ्रीका, यूरोप र दक्षिण अमेरिकाको मध्य र पूर्वी भागबाट पनि देखिनेछ । त्यस्तै रूसको केहि क्षेत्रमा यो ग्रहण देखिनेछ । यो ग्रहण पूर्वी अफ्रिका र मध्ये एसियाबाट पूर्ण रुपमा देख्न सकिन्छ । चन्द्रग्रहणको दिन चन्द्रमा निकै चम्किलो र ठूलो देखिने हुँदा यसलाई सुपर ब्लड ब्लू मून भनिन्छ ।

२०७५ साउन ११ गते पूर्णिमाको दिन शुक्रवार यो ग्रहण लाग्नेछ । हिन्दू धर्मको मान्यता अनुसार चन्द्रग्रहणको प्रभाव शुभ मानिन्न । कतिपय नक्षत्र र राशि भएका मानिसहरुलाई ग्रहणको दर्शन गर्न समेत वर्जित गरिन्छ । उनीहरुले आफ्नो इष्ट देवको पुजा-आराधना, गुरु मन्त्र जप वा धार्मिक ग्रंथको पठन र मनन गरेर मात्र चन्द ग्रहण हेर्नु पर्ने मान्यता छ । सामान्य दिनको चंद्रग्रहणमा गरिएको पुण्यकर्मले एक लाख गुना र सूर्यग्रहण भएको बेला गरिएको पुण्य कर्म दस लाख गुणा फलदायी हुने गर्छ । यदि गंगाजल आफूसंगै छ भने त झन चंद्रग्रहण एक करोड गुना र सूर्यग्रहण दस करोड गुना फलदायी हुने मान्यता छ । यसैले सबैले चन्द्र ग्रहण वा सूर्यग्रहणको दिन दान-पुण्य गर्नुपर्छ जसमा साधु-सन्तको साथै गरीबलाई भोजन वा लत्ता कपडा दान गर्नुपर्छ तथा गाईलाई हरियो आहार खुवाउनु पर्छ । जसको कारण ग्रहणको दिन विशेष लाभ प्राप्त गर्न सकिन्छ र भगवानको कृपा बनिराख्नमा मद्धत मिल्छ ।

यस चंद्रग्रहणको यम नियम सूतक लगभग १०३ मिनटसम्म हुनेछ । चंद्रग्रहणको सूतक दिनको करिव २:४० बजेबाट सुरु भएर ग्रहणको स्पर्श रातको ११:४० सम्म र शुद्धिकाल रातको ३:२६ बजेसम्म हुनेछ । 

यस दिन गोचरमा मकर राशिको केतु र चंद्रमाको प्रधानता हुनेछ । राहुबाट समसप्तक दृष्टि संबन्ध रहनेछ । जस्लाई अशुभताको प्रतीक मानिन्छ । यसै कारण धेरै प्राकृतिक प्रकोप तथा आपत्तिको सामना गर्नुपर्ने हुन्छ । पृथ्वीमा सिधा छायाँ पारेर चन्द्र ग्रहण हुनेहुँदा यो ग्रहणले निकै लामो समय लिनेछ । यस अवधिमा सूर्यको दूरी टाढा हुनेहुँदा पृथ्वीमा छायाँको विस्तार ठूलो हुनेछ । १५ जुन २०११ पछी यो पहिलो केन्द्रीय चंद्रग्रहण हुनेछ । २०१८ को पहिलो चन्द्रग्रहण जनावरीमा भएको थियो । नेपाली मिति अनुसार यो चन्द्र ग्रहण २०७५ कै पहिलो हो । 

कुन-कुन राशिमा पर्छ, चन्द्रग्रहणको विशेष प्रभाव ? 

चन्द्रग्रहणको कारण केहि राशिका मानिसहरुमा विशेष प्रभाव हुन्छ, जसमा मेष, सिंह, वृश्चिक र मीन राशिका भएकाहरुलाई चन्द्रग्रहण दर्शन लाभ, शुभ र सुखद फलदायक हुनेछ । त्यस्तै मिथुन, तुला, मकर, कुंभ राशिका व्यक्तिहरुलाई भने यो चन्द्रग्रहणको दर्शन अशुभ हुनेछ । उनीहरुले चन्द्रग्रहणको दर्शन नगर्दा नै राम्रो हुनेछ । त्यस्तै वृष, कर्कट, कन्या र धनु राशिका व्यक्तिहरुको लागि उक्त चन्द्र ग्रहण सामान्य फलदायक हुनेछ ।

तलको तश्विर अनुसार: नेपाललाई मध्ये भागमै पारेर ग्रहण लाग्ने देखाईएको छ । ग्रहणले मध्य एसिया र पूर्वी अफ्रिकालाई केन्द्र बनाउनेछ ।

माथिको पछिल्लो तश्विर: www.timeanddate.com बाट लिईएको हो । यस सम्बन्धि समाचारलाई sajhasabal.com ले बिभिन्न स्रोतबाट अनुवाद गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य