२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

असारे विकासले बालकको ज्यान गयो

२०७५, १० श्रावण बिहीबार १६:०४

प्रेम सुनार | साउन १०, गुल्मी | गुल्मीको रिडी  रिडीमा  सडक विसतार गर्ने क्रममा असारको अन्तिम सम्म ठेकेदारवाला कम्पनीको चरम लापर्वाही  र स्थानिय प्रशासनको हेलचक्राईका कारण त्यहाँका  एक वालकको ज्यान गएकोछ ।

तानसेन तम्घास सडक खण्डको  रिडी वजार देखि केही माथी असारे विकासको पैसा सक्ने काममा केन्द्रित रहेको  दिपक कण्ट्रक्सन  प्रालि  रुपन्देहीका डोजर अप्रेटरको लापर्वाहीका कारण रुरु गाउँपालिक–१  , रिडी बजारका १३ वर्षिय वालक  किर्ताथ अधिकारीको ज्यान गएको हो ।

त्यस सडक तल रिडी  वजारका वस्तीहरुको ख्याल नगरी असारे विकास, अर्थात पैसा सक्न  त्यस निर्माण कम्पन्नीले असारको ३१ गते सम्म डोजर चलाएको थियो ।   डोजर मात्रै चलाएर गल्ती गरेन त्यय कम्पनीले उत्खनन भएको माटो बेचेर   फाइदा लिने उद्देश्य राखेर उत्खनन भएको माटो सडक छेउँमा थुपारेर राखेको थियो ।

उक्त माटो अविरल वर्षका कारण असार २४ गते राती वगेरतल रिडी  बजारका तिन वटा घरमा बगेर लाखौंको क्षति हुनुका साथै  विस्थापित भएका थिए ।  अर्को दिन यहाँका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल सहित सुरक्षा निकायका  प्रमुखहरु , त्यस गाउँपालिका र स्थानिय जनप्रतिनिधीहरु  घटना स्थलका वारेमा बुझ्न गएका थिए  ।

ति बिस्थापित घर परिवारलाई कुल क्षतिको ५० प्रतिशत  दिलाएका थिए । माटो ढुङ्गा बगिरहेको बेला सुरक्षा निकाय र ईन्जिनियर समेत  त्यति वेला पुगेका थिए । र ,उनिहरुले उच्च जोखिममा परेका ति घरहरु भत्काउनु पर्ने सुझाव दिए । ति   घरहरु भत्काउँदा  त्यस संग जोडिएका अन्य  घरहरुमा हुने जोखिमका वारेमा कुनै सावाधानी अपनाउन लगाएनन ।  खतराको संकेत एउटा रातो रिवन टाँग्न र सुरक्षाकर्मी राख्न आबश्यक ठानेन ।

फलस्वरुप असारे ३१ गते विहानै देखि डोजरवाला गएर त्यहाँको भौतिक संरचना भत्काउन सुर गरे ।  जनताको वा जुन कोही सस्थागत निकायको भौतिक संरचना  डोजरले भत्काउँदा न्युनतम सुरक्षा, सुचना र सावाधानी अंकित संकेतहरु राखिनु पर्ने ।  सम्भावित दुर्घना हुन सक्ने घरहरुलाई वाहिर सुरक्षित स्थानमा राखिनु पर्ने ।

त्यो नगरी असार ३१ गते विहान करिव साढे ६ वजेबाट  त्यस कम्पनीले डोजर लगाएर   जोखिममा परेका ति घरहरु संगै त्यसको कोखमा रहेको  शौचालय तलको भाग ढल्ने गरी डोजरले  खन्यो । डोजर चालक  यति  खने पछि स्वतः आफै ढल्छ भन्ने निश्चित ठानेर अलि पर सुरक्षित ठाउँमा गएर बसे ।

ठिक त्यति नै बेला त्यस शौचालयका प्रयोगकर्ता राधिका अधिकारीका १३  वर्षिया छोरा किर्ताथ करिव साढे आठ वजेतिर व्स्तिराबाट उठेर ट्वाईलेट छिरे ।  उनि छिर्न वित्तिकै गर्लाम्गुलुम्मै ढुल्यो त्यो ढलाउनै खोजिएको शौचालय । 

पुरिएका किर्ताथ एकचोटी आमा…भनेर चिच्चाए त्यस पछि बोल्न सकेनन । अचेत अवस्थामा रिडी स्वास्थ्य चौकीमा पुराईका उनलाई पाल्पाको मिशन अस्पताल पुराईयो । त्यहाँ उपचार सम्भव नभए पछि लुम्निी मेडिकल कलेज प्रभास पाल्पा पुराईयो । 

उनको ९९ प्रतिशत प्राण गई सकेको  डाक्टरको सुझावका वावजुद  पनि उनकी आमा राधिका अवस्था र प्रशासनको हेलचाँक्राहीलाई  ध्यानमा राखी  आफन्तजनले असार ३१ गते देखि  हिजो साउन ९ गते सम्म दिनको ५० हजार खर्च बताईने आईसियु कक्षमा राखे । निकाल्न साथ उनको मृत्यु निश्चि थियो । नभन्दै हिजो निकाल्नु र डाक्टरले मृत्यु घोषणा एकै साथ गरे ।

ईलाका प्रहरी कार्यालय रिडीका प्रमुख प्रहरी निरीक्षक भिमबहादुर कार्कीले भने– उनको  पोष्टमार्टम पश्चात आज अन्त्यष्टि गरिदै  छ ।  बैदेशिक राजगारीका  लागि कतार पुगेको  अर्को दिन नै घर फर्किनु परेको घटना सायदै विरलै होला ।

किर्ताथका  बावु कुमार अधिकारी कतार अघिल्लो दिन पुगेर अर्को दिन वरी विस्तरा मिलाउँदै थिए । त्यही बेलामा छोराको त्यो दुखत खवर सुनेर ८० हजारको आकष्मिक टिकट काटे   उसै दिन फर्किएका छन । 

यो चरम लापर्वांहीको जिम्मा लिने को ?

किर्ताथको मृत्यु निश्चि भन्ने डाक्टरले जानकारी दिए पछि परिवारजनले पहिलो  जिल्ला प्रशासन गुल्मीको ध्यानकृष्ट गराउन आए । प्रमुख जिल्ला आधिकारी  यदुनाथ ज्ञवालीको कार्यकक्षमा रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतम सहितका जनप्रतिनिधी, पिडित पक्ष  बिच  पत्रकारलाई बाहिर  पठाएर वार्ता भयो ।

जुन वार्ताको सहमति लिखित  विनाको भयो।  वार्तामा सहभागि मृतकका आफन्तले भने–‘  सिडियो जस्तो मन्छेले हामी क्षतिपुर्ति दिलाउन सक्दो प्रयास गर्छौ तर यति नै भनेर  अहिले नै लिखितरुपमा तोक्न सक्दैनौ भने पछि हामीले बिश्वास गरेर निस्केका छौ ।’

प्रशासन जस्तो ठाउँमा कुनै विवाद बारे बैठक बस्दा लिखित  एजेन्डा र सहमति उल्ल्लेख हुन पर्ने कि नपर्ने ?  त्यसरी उक्त दिन डोजर चलाउने अपरेटरलाई कार्वाही हुन पर्ने कि नपर्ने ? निजले आफै पनि सुचित गर्नु पर्ने, नजिकै ब्यारेक बसालेर बसेको प्रहरीले उचच जोखिममा रहेको त्यस वस्तीमा निगरानी बढाउनु पर्ने कि नपर्ने । हाम्रो  रिर्पोटिङ्गको अथेष्ट प्रमाण  हामी संग छ  कि स्वयम डोजर अपरेटरले भनेका छन त्यति वेला एक जना पनि प्रहरी थिएन ।  प्रत्यक्षदर्शीले पनि भनेकाछन –‘ त्यत्रो घटना घट्यो हामी  सबै  ति पुरिएका बालक निकाल्न लाग्यौ र एम्वुलेन्समा राख्यौं त्यति बेला मात्र प्रहरी आएको थियो ।

पिडितप पक्षले भनेका छन हामीलाई सिडियोले समेत न्याय लिलाउने मौखिक प्रतिवद्धता कै भरमा छौं ।  निर्माण कम्पनीका कालिक मुकुन्द भन्नेले म त्यहाँको ठेक्कामा  घाटामा छु बरु मलाई जेल हाल्नुस तर म केहि गर्न सक्दिँन भन्दै पन्छिन खोज्दै छन । अब भन्नुस  त्यसको जिम्मेवारी लिने को  ?

चौबिसैघण्टा ब्यस्त हुने त्यस सडक खण्डमा त्यस निर्माण कम्पन्नीले दिनमा  ६ घण्टा सम्म  जाम हुने गरी  गत  चार महिना देखि असार माशान्तको  ३१ गते सम्म डोजर चलाउँदा  पनि यहाँको प्रशासन मौन रहेको थियो ।

जिल्ला  विकास समिति छँदा  असार २५  गते भन्दा उता डोजर चलाउन मनाई गरे पनि  अहिलेको  स्थानिय  सरकारले  यस्ता खालका सम्भावित घटनालाई मध्ये नजर गरेर रोक्न नसक्दा यस्तो दुखत घटना घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा