२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलको दोस्रो सँस्करण आजदेखि

२०७५, २४ श्रावण बिहीबार ०६:१९

साउन २४, काठमाण्डौ | नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरन्यासनल सिंगीङ्ग रियालिटी सो नेपाल आइडलको प्रतिक्षा समाप्त भएको छ । नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि नेपाली दर्शकहरु समक्ष यसको दोश्रो संस्करण (नेपाल आइडल टु) एपी वान एच डी मार्फत आज साउन २४ गते  देखी हरेक हप्ताको बिहिबार र शुक्रबार दुइदिन राती ८:३० देखि प्रसारण हुने भएको छ ।


अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहने नेपाल आइडल टु को प्रस्तोतामा भने रिमा विश्वकर्मासंग नयाँ अनुहार देख्न पाइने भएको छ । उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि  निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् ।  

नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्धलामाले पहिलो स्थान प्राप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेश्रो बन्न सफल भएका थिए । 

नेपाल आइडलमा प्रथम, दाश्रो र तेश्रो स्थान प्राप्त गर्न सफल बिजेताहरुले देश तथा विदेशका बिभिन्न मञ्चहरुमा प्रस्तुती दिदै आफ्नो ख्यातीमा थप उचाइ थपेका थिए । आफुले गाएका गीतहरुको भिडियो प्रसारण हुने बित्तिकै ट्रेन्डिङ्ग मा पर्ने गरेबाट आइडलका बिजेताहरुको ख्याती प्रमाणित गर्दछ । 

मन जित्छ उस्ले, सुमधुर गाउछ जस्ले भन्ने नाराका साथ अडिसन राउण्डका कार्यक्रम प्रसारण गर्दै शुरु हुने नेपाल आइडल टुका बिजेताले २० लाख नगद, एउटा होन्डा डब्लु भि कार, एउटा एल्बमको सम्झौता र वल्ड टुर अथवा ५० लाख नगद, एउटा एलबमको सम्झौता र वल्ड टुर मध्य एक छनौट गर्न पाउने छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण