२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा अर्को झमककुमारीः खुट्टाले लेखेर उत्कृष्ट विद्यार्थी

२०७५, ८ भाद्र शुक्रबार १०:२६

प्रेम सुनार। भदौ ७, बुटवल । उमेरले उनि १३ वर्षकी भए । कक्ष ५ मा पढ्छन । जन्मजात उनका दुवैहातका औलाहरु छैनन ।  उनका हात  वरवर पनि चल्दैनन ।  खुट्टाको औलाहरुको सहायताले उनले अरु विद्यार्थीहरु भन्दा अझ छिटो र शुद्ध लेख्छन । त्यस कक्षाका उनि अव्वल विद्यार्थी हुन ।


उनी हुन गुल्मीको श्रृङ्गा माध्यामिक विद्यालय छत्रकोट–४, श्रृङ्गाका छात्र ऋषिराम कँडेल । सोही स्थानका लक्ष्मण कँडेलका एक मात्र सन्तान हुन उनि ।  एक मात्र सन्तान जन्जात अपाङ्ग भएकोमा  न बाबुलाई खिन्नता छ न छोरालाई हिनतावोध छ । सपाङ्ग भएर मात्र मानिसहरु सक्षम हुन्छन भन्नेहरुलाई उनको सक्षमताले स्वतः लोप्पा खुई दिन्छ ।

उनका पिता भन्छन –‘उ जन्मेको २ वर्ष सम्म अदुवाको चाको झैं हात खुट्टा एकै ठाउँ भएको गोलो थियो । हात खुट्टा छुटाउँन गाह्रो भए पछि त्यही छोरो रुपी चाको बोकेर बनेपाका अस्पतालमा लगेर हात खुट्टा सोझाई दिए र ल्याएँ  । अहिले यत्तिको भएकोमा मलाई हर्ष र उसको सक्षमता प्रति गर्व छ ।’

उनले थपे–‘ खान खुवाउन र दिशा पिशाव गराउन मात्रै उसको समस्या हो । घर्सेर हिडे पनि आफ्नो सवै काम उसले गर्न सक्छ । हामी श्रीमान श्रीमतिलाई पुर्ण बिश्वास र भरोसा छ उसले धेरै पढे पछि हामीलाई बुढेशकालमा पाल्छ भन्ने कुरामा ।

सपाङ्ग सन्तानको अभाव हामीले ठानेका छैनौ ।  त्यसैले पनि हामीलाई अर्को सन्तानको रहर छैन ।  सामन्य किशान हुँ तर यति एउटा  छोरालाई जतिसम्म सक्छ त्यति मैले पढाएरै छाड्ने छु ।’  त्यस विद्यालयकी शिक्षिका भगवती श्रेष्ठ भन्छिन उसको पढाई अरु विद्यार्थीहरुको भन्दा एकदम राम्रो छ । कक्षा शिक्षक मित्रप्रशाद कँडेल भन्छन अरु भन्दा उ बढि एक्टिभ विद्याथी छ ।

अरुलाई घोकाउनु पर्छ उसलाई एकचोटी पढाए दिमागमा राखी हाल्छ । विषय बस्तु दिएर लेख्न पठायो भने अरुले भन्दा उसले छिटो बुझाउँछ । अक्षर पनि अरुले भन्दा छिटो र शुद्ध लेख्छ । अर्की शिक्षिका सुनिता परियार भन्छिन उ चित्रकलामा झन अगाडी छ–उनले भने ।


चित्रकलामा भविश्यमा उसले दखल राख्न सक्छ । निकै राम्रो चित्रहरु बनाएका उनि प्रधानमन्त्री केपी शर्मा ओली लगायतको क्यारिकेचर पनि गर्ने गर्छन ।  प्रधानध्यापक विकासचन्द्र खरेल भन्छन  अपङ्गता भएर पनि सपाङ्गताले भन्दा बढि उत्कृष्ट ति विद्यार्थी संञ्चार माध्यबाट ओझेलमा परेकै हुन ।


उनलाई गाउँपालिका स्तरबाट पनि प्रोत्साहित गर्ने पहल भई रहेको छ ।  ति वालक भन्छन मलाई अपङ्गता भएकोमा हिनता बोध छैन । अरु भन्दा पढाईमा कम पनि छैन । भविश्यमा के बन्ने र कति सम्म पढ्ने सोच राखेका छौ ? भन्ने प्रश्नमा उनले अहिल्लै केहि नसोचेको बताउँदै आफ्नो भविश्य भविश्यकै हातमा छाडी दिए ।

आफुलाई साथीहरुले हेयको दृष्टिले कहिल्लै नहेरी सवैबाट माया र उत्साह पाएको उनि बताउँछन । उनलाई त्यस विद्यालयमा गुल्मीको झमककुमारीका रुपमा लिँदै भोलीका दिनमा कुनै न कुनै क्षेत्रमा उनि जस्तै सक्षम र चर्चित बनाउने गरी अभिभावक र परिवारजनहरु  लागी परेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस