२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

तस्वीरमा गुल्मीको गौरा पर्व रौनक

२०७५, १८ भाद्र सोमबार १२:०७

प्रेम सुनार  | भदौ १८, बुटवल | आज  गौरा एवं दुर्वाष्टमी पर्वका दिन गुल्मीको सदरमुकाममा दिनैभ।र  लोपउन्मुख वाली गित गाउँदै र बाजा तालमा नाच्दै भव्य रुपमा मनाईएको छ ।

दुर्बाष्टमी अर्थात दुबोको पुजा गरी त्यसै दुबो हातमा समातेर  रोपाईको शैलीमा झुक्दै नाच्दै गरेको दृश्यले निकैै रौनक छाएको थियो । तम्घास स्थान संयुक्त मन्दिर  पुजा ब्यवस्थापन समितिले  दुर्बाष्टमी  पर्व मनाएको हो । 

समितिका अध्यक्ष नरप्रसाद श्रेष्ठले यस्तो परम्परा २०३१ साल देखि धान्दै आएको बताए । विश्व हिन्दु महासंघका अध्यक्ष सुरेशचन्द्र भुसालले श्रीकृष्ट भगवान गएराती जन्मेकोले त्यसको खुशीयालमा हरेकका प्रतिभाहरु प्रष्फुटन हुने गरी रमाईलो मनाउने परम्परा रहँदै आए अनुरुप यो पर्व मनाईएको बताए । 


आज विहान पदयात्रा निकालेर भर्जन किर्तन र बाजा तालमा नाच्दै तम्घास स्थान मन्दिरमा पुजा आराधाना गरिएको थियो । अहिले साझ सम्म वाली गित गाउँदै  स–साना वालिवालिका देखि बृद्ध बृद्धा सम्म बाजा तालमा नाच्दै छन । त्यस मन्दिर ब्यवस्थान समितिले आज सनातन धर्मको एउटा गतिलो उदाहरण देखाएको थियो । 

कुनै खालको जातिय विभेद थिएन त्यहाँ । खिर तरकारी पकाएर एउटै मेशमा सवै जात जातीहरु रमाउँदै खाँदै थिए ।  विश्व हिन्दु महासंघका अध्यक्ष भुसालले पहिला दलित समुदायका भक्तजनहरुलाई टिका लगाई दिएर  टिकाटाला सुरु गरेका थिए । केहि वर्ष अघि सम्म त्यस मन्दिरमा टिका लगाई दिने चलन थिएन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस्