३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोजमा पनि होली ! (हेर्नुस् ३ दर्जन तश्वीर)

६ आश्विन २०७५, शनिबार ०७:२३

असोज ६, भक्तपुर | भक्तपुर स्थित दरवार स्क्वाएरमा शुक्रवार दिनभरी सयौंको संख्यामा उपस्थितहरुले होली खेल्दै गरेको दृश्य देखियो । 

असोजमै होली ! धेरैलाई चासोको बिषय बन्यो । हेर्नेहरु झुम्मिए । 

वास्तविकता, त्यहाँ चाइनिज सेटमा भव्य सुटिङ भईरहेको थियो । नेपालको सांस्कृतिक महत्व बोकेको बिषयबस्तुलाई झल्काउने गरि डकुमेन्ट्री शैलीमा त्यहाँ उक्त सुटिङ भएको थियो । सुटिङमा उपस्थितहरु मध्ये झन्डै ५० भन्दा बढीको शंख्यामा चाइनिज टिम छायांकन र व्यवस्थापनको सेटमा व्यस्त थियो भने काठमाडौँ स्थित जोसेफ हाइ स्कूल, जया मल्टीपल क्याम्पसका भाईबहिनीहरु र अन्य स्थानबाट उपस्थीत नेपाली सांस्कृतिक झाँकी र नेपाली भेषभुषा सहित उपस्थित थिए ।


सहभागी मध्ये एकले भने 'संधै कितावी ज्ञान भन्दा पनि आफ्नो सांस्कृतिक महत्वको विषयलाई संसारमाझ पुर्याउन सकिने भएकाले हामी आफ्नै इच्छाले यहाँ आयौं । त्यसमा पनि आज शुक्रबार थियो, रमाइलो हुँदैछ ।' 

नेपालको सांस्कृतिक महत्वको मुख्य चाड होली, लाखे नाच, कुमारी, गाइजात्रा, नेपाली परम्परागत नाचगान र नेपाली भेषभुषालाई अन्तराष्ट्रिय रुपमै प्रस्तुत गर्न पाइने उत्साह सहित सेटमा पुगेका स्कूल/कलेजका भाई-बहिनीहरुले मज्जाले होली खेलेको दृश्य अत्याधुनिक क्यामेरामा कैद भएका छन् । उक्त अवसरमा आफ्नो परम्परागत भेषभुषामा सजिएकाहरुले समेत होलीमा प्रयोग हुने रङ्गको प्रवाह नगरी होली खेले । 


नेपालीहरुले समेत आफ्नो कला संस्कृतिलाई महत्व नदिएको अवस्थामा चाइनिजले नेपाली संस्कृति झल्काउने दृश्य खिचिरहँदा सबै स्थानीय समेत रमाइलो मानेर हेरिरहेका थिए । नेपाली कला संस्कृतिबाट प्रभावित चीन र चीनका जनतालाई नेपालको सांस्कृतिक झल्को दिने गरि सुटिङ सेट मिलाएर पछिल्लो १५ दिनदेखि नेपालको काठमाडौँ सहित भक्तपुरको परम्परागत महत्वको बिषयलाई कैद गर्ने गरि दृश्यहरु खिचिएको सुटिङ युनिटलाई सहयोग गरिरहेका एक नेपालीले बताए । उनका अनुसार अझै नेपाली परम्परागत गाइजात्रा, नेपाली परम्परागत विवाहको दृश्यहरु खिच्न बाँकी छ । 



तश्विर: अनिल अधिकारी / sajhasabal.com

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट