२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असोजमा पनि होली ! (हेर्नुस् ३ दर्जन तश्वीर)

२०७५, ६ आश्विन शनिबार ०७:२३

असोज ६, भक्तपुर | भक्तपुर स्थित दरवार स्क्वाएरमा शुक्रवार दिनभरी सयौंको संख्यामा उपस्थितहरुले होली खेल्दै गरेको दृश्य देखियो । 

असोजमै होली ! धेरैलाई चासोको बिषय बन्यो । हेर्नेहरु झुम्मिए । 

वास्तविकता, त्यहाँ चाइनिज सेटमा भव्य सुटिङ भईरहेको थियो । नेपालको सांस्कृतिक महत्व बोकेको बिषयबस्तुलाई झल्काउने गरि डकुमेन्ट्री शैलीमा त्यहाँ उक्त सुटिङ भएको थियो । सुटिङमा उपस्थितहरु मध्ये झन्डै ५० भन्दा बढीको शंख्यामा चाइनिज टिम छायांकन र व्यवस्थापनको सेटमा व्यस्त थियो भने काठमाडौँ स्थित जोसेफ हाइ स्कूल, जया मल्टीपल क्याम्पसका भाईबहिनीहरु र अन्य स्थानबाट उपस्थीत नेपाली सांस्कृतिक झाँकी र नेपाली भेषभुषा सहित उपस्थित थिए ।


सहभागी मध्ये एकले भने 'संधै कितावी ज्ञान भन्दा पनि आफ्नो सांस्कृतिक महत्वको विषयलाई संसारमाझ पुर्याउन सकिने भएकाले हामी आफ्नै इच्छाले यहाँ आयौं । त्यसमा पनि आज शुक्रबार थियो, रमाइलो हुँदैछ ।' 

नेपालको सांस्कृतिक महत्वको मुख्य चाड होली, लाखे नाच, कुमारी, गाइजात्रा, नेपाली परम्परागत नाचगान र नेपाली भेषभुषालाई अन्तराष्ट्रिय रुपमै प्रस्तुत गर्न पाइने उत्साह सहित सेटमा पुगेका स्कूल/कलेजका भाई-बहिनीहरुले मज्जाले होली खेलेको दृश्य अत्याधुनिक क्यामेरामा कैद भएका छन् । उक्त अवसरमा आफ्नो परम्परागत भेषभुषामा सजिएकाहरुले समेत होलीमा प्रयोग हुने रङ्गको प्रवाह नगरी होली खेले । 


नेपालीहरुले समेत आफ्नो कला संस्कृतिलाई महत्व नदिएको अवस्थामा चाइनिजले नेपाली संस्कृति झल्काउने दृश्य खिचिरहँदा सबै स्थानीय समेत रमाइलो मानेर हेरिरहेका थिए । नेपाली कला संस्कृतिबाट प्रभावित चीन र चीनका जनतालाई नेपालको सांस्कृतिक झल्को दिने गरि सुटिङ सेट मिलाएर पछिल्लो १५ दिनदेखि नेपालको काठमाडौँ सहित भक्तपुरको परम्परागत महत्वको बिषयलाई कैद गर्ने गरि दृश्यहरु खिचिएको सुटिङ युनिटलाई सहयोग गरिरहेका एक नेपालीले बताए । उनका अनुसार अझै नेपाली परम्परागत गाइजात्रा, नेपाली परम्परागत विवाहको दृश्यहरु खिच्न बाँकी छ । 



तश्विर: अनिल अधिकारी / sajhasabal.com

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण