२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पा राष्ट्रिय सडक सञ्जालमा

१ मंसिर २०७५, शनिबार ०९:०२

नारायण न्यौपाने | मङ्सिर १, काठमाडौँ | नेपाली सेनाको एक दशक लामो भगिरथ प्रयासले हिमाल पारिको जिल्ला डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भएको छ । जाजरकोटको पासागाढबाट शुरु भई डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर खण्डको सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको हो । 

एकसय १८ किलोमिटर लामो उक्त सडकको सुपानीबाट दुनैतर्फको खण्ड १४ किलोमिटर सडक भने स्थानीय निकाय र संसाद कोषको खर्चमा यसअघि नै ट्र्याक खोलिएको थियो । छिमेकी मुलुक चीन र भारतलाई सडक सञ्जालमार्फत जोड्ने उत्तर दक्षिणको सामरिक महत्व बोकेको उक्त राजमार्गले तिब्बतस्थित मरिम्ला र भारतको रुपेडियाबीच सिधा सम्पर्क जोड्न योगदान दिनेछ । 

प्रदेश नं–६ अन्तर्गतको प्राकृतिक विविधताले परिपूर्ण तथा भूगोलका हिसाबले मुलुककै सबैभन्दा ठूलो डोल्पा जिल्लामा सडक सञ्जाल विस्तार भएसँगै कर्णाली क्षेत्रको विकासमा कायपलट हुने विश्वास गरिएको छ । 

जाजरकोट, रुकुम र डोल्पा समेट्ने उक्त राजमार्ग पहाडी फिडर रोडको अवधारणाअनुरुप निर्माण भएको नेपाली सेनाले जानकारी दिएको छ । उक्त सडकको निर्माणले बाह्रैमहिना चिसो हावापानी रहने ठूला हिमाली घाँसे मैदानसमेत रहेको डोल्पामा उत्पादन हुने बहुमूल्य जडीबुटीले आवश्यक बजार र उचित मूल्य पाउने विश्वास गरिएको छ । 

जाजरकोट–डोल्पा सडकको ट्र्याक खेलेपछि सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम भएपनि स्थानीय जनताले सडक थप विस्तार र सुधारको जिम्मा नेपाली सेनालाई नै दिनुपर्ने माग गर्दै आएका छन् । 

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उक्त सडक आगामी मङ्गलबार डोल्पाको त्रिपुरासुन्दरीमा उद्घाटन गर्नु हुने कार्यक्रम रहेको सडक आयोजना कार्यदल प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिनुभयो । सडक भेरी नदीको किनारै किनार दर्जनौं अक्कर र भिर, पहरा छिचोल्दै तथा रिम्ना, मनमाइतहरा, तल्लो बजार, गोतामकोट, घाडथला, त्रिवेणी, खदाङ, श्रीविन्दे बस्ती र बजार हँुदै दुनै पुग्नेछ । 

सेनाले यसअघि मुलुकमा एक हजार ११४ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको जनाएको छ । विसं २०१६ मा काठमाडौँ–हेटौँडा जोड्ने कान्ति लोकमार्गबाट सडक निर्माणमा संलग्न भएको नेपाली सेनाले हालसम्म निकै अप्ठेरा र सामरिक महत्व बोकेका २० वटा सडक निर्माण गरी हस्तान्तरण समेत गरिसकेको छ । सेनाले निर्माण गरेका सडकमा हिले–लेगुवाघाट (२८ किमी), कटारी ओखलढुङ्गा (८८ किमी), कान्ति लोकमार्ग (६५किमी), त्रिशूली– सोमदाङ (१०५ किमी) र गोर्खा–मनकामना सडक (३६ किमी) रहेका छन् । 

यस्तै गोरखा–आरुघाट–अर्खेत (४५ किमी), द्रब्य शाह मार्ग (२६.५० किमी), सातदोवाटो–निमेल–बालुवा (२० किमी) वँेसीशहर–चामे ( ६५ कि मी), बाग्लुङ–बेनी– जोमसोम (७५ किमी), जोमसोम–कागबेनी ( ९ किमी, सल्यान–मुसिकोट (४४ किमी), मुसिकोट–बुर्तिबाङ (३५ किमी), देवीस्थान–कैनडाँडा–चौरजहारी (४२ किमी सडक पनि नेपाली सेनाले खनेको हो । 

नेपाली सेनाले छिञ्चु–जाजरकोट(४५किमी), कर्णाली राजमार्ग (८८ किमी, नाग्मा–नाग्मागढी (९४ किमी, मैलुङ–स्याफ्रुवँेशी (१८ किमी) काठमाडाँै–तराई दु्रतमार्गको ९० किमी ट्र्याक पनि खोलेको थियो । 

सेनाले अहिले निर्माण गरिरहेका ठूलो सडक आयोजनामा बेनीघाट–आरुघाट– लार्केभञ्ज्याङ (१२० किमी), कालीगण्डकी करिडोर (७६ किमी) र कर्णाली करिडोर १४५ किमी रहेको छ । जाजरकोट–डोल्पा सडक निर्माणसँगै राष्ट्रिय सडक सञ्जालमा नेपाली सेनाको योगदान १०३ किमी थपिएको छ । सरकारले मुलुकका जिल्ला सदरमुकाममा सडक सञ्जाल पु¥याउने नीतिअनुरुप हुम्लाबाहेक ७६ जिल्लामा मोटर बाटोको पहुँच पुगेको छ । डोल्पामा सडकको पहुँच पुगेसँगै शे–फोक्सुण्डो ताललगायतका क्षेत्रमा पर्यटन विस्तारमा ठूलो योगदान पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य