मङ्सिर १४, काठमाडौं | एशिया प्यासफिक समिट २०१८ मा सहभागी हुन विदेशी पाउना आउन थालेपछि सम्मेलन स्थल ह्यात रिजेन्सी होटल यतिखेर दुलही जस्तै सिंगारिएको छ । शिखर सम्मेलन यहि मङ्गसिर १४ देखि १७ गतेसम्म ह्यात रिजेन्सी होटलमा हुँदैछ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १४, काठमाडौं | एशिया प्यासफिक समिट २०१८ मा सहभागी हुन विदेशी पाउना आउन थालेपछि सम्मेलन स्थल ह्यात रिजेन्सी होटल यतिखेर दुलही जस्तै सिंगारिएको छ । शिखर सम्मेलन यहि मङ्गसिर १४ देखि १७ गतेसम्म ह्यात रिजेन्सी होटलमा हुँदैछ ।&nb"/>
२०८२, २५ चैत्र बुधबार
काठमाडौँ - KTM

दुलहीझैं यसरी सजाईएको छ- एशिया प्यासिफिक शिखर सम्मेलन हुने ह्यात होटल (फोटो फिचर)

२०७५, १४ मंसिर शुक्रबार १४:३३

मङ्सिर १४, काठमाडौं | एशिया प्यासफिक समिट २०१८ मा सहभागी हुन विदेशी पाउना आउन थालेपछि सम्मेलन स्थल ह्यात रिजेन्सी होटल यतिखेर दुलही जस्तै सिंगारिएको छ । शिखर सम्मेलन यहि मङ्गसिर १४ देखि १७ गतेसम्म ह्यात रिजेन्सी होटलमा हुँदैछ । 

ह्यात प्रवेशद्वारको मुल सडकमा भब्य प्रवेशद्वार बनाइएका छन् । ह्यातको मुख्य गेटबाट प्रवेश गरेपछि होलको जताततै फूलैफूलले आगन्तुकको स्वागत गर्दछन् । विजुलीका पोलहरु सबै फुलले ढाकिएका छन् । होटलको वरपर ढुंगा विच्छ्याइएका सिँढीहरुमा समेत रेड कार्पेट विच्छ्याइएको छ । होटल प्रवेशका क्रममा प्रधानमन्त्री केपी ओलीको फोटोसहित ‘सम्मेलनमा सहभागीलाई स्वागत’ लेखिएको ठूलो होर्डिङ बोर्ड देखिन्छ ।


त्यसपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, सम्मेलन आयोजक समितिका अध्यक्ष माधवकुमार नेपाल, युनिभर्सल फिस फेडरेशन अन्तराष्ट्रियका अध्यक्ष डा. थोमस जी वाल्स, युपिएफ नेपालका अध्यक्ष एकनाथ ढकाल, फिलिपिन्सको प्रतिनिधिसभाका पूर्व सभामुख तथा आइक्याप संस्थापक अध्यक्ष साथै आइएपिपिका अन्तराष्ट्रिय सहअध्यक्ष जोसे डे भेनेसिया जुनियरलगायतका विशिष्ट ब्यक्तित्वहरूको फोटोसहित ‘सहभागीलाई स्वागत’ लेखिएका ठूला होर्डिङ बोर्डहरु देख्न सकिन्छ ।

शिखर सम्मेलनमा सहभागी हुन बर्तमान तथा पूर्वराष्ट्राध्यक्ष÷सरकार प्रमुखहरू, सभामुखहरू, सांसदहरू, राजनैतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू, महिला नेतृहरू, संचारकर्मीहरू, प्राज्ञिक ब्यक्तित्वहरू, ब्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवाहरू गरी ४५ मुलुकका १५०० जना विदेशी पाहुना आइसकेका छन् ।

4

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण