२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी चुनावमा विजयी ह्यारीले गीतालाई साक्षी राखेर शपथ लिए

२६ पुष २०७५, बिहीबार ०७:३९

पुस २६, वाशिङ्गटन डिसी | अमेरिकाको राज्य तहको डेलिगेटमा विजयी हुनुभएका ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिनुभएको छ । उहाँले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिनुभएको छ । 

मेरिल्याण्डको स्टेट राजधानी एनापोलिसमा आयोजित एक समारोहमा अन्य डेलिगेटसँगै भण्डारीले पनि शपथ लिनुभएको हो । शपथग्रहण पश्चात रासससँग कुरा गर्दै डेलिगेट भण्डारीले भन्नुभयो, “मैले अमेरिकामा आएर यो तहको सफलता हासिल गर्छु भन्ने सोचेको थिइनँ, तर अमेरिकाले मलाई दिएको अवसरका लागि म आभारी छु ।” 

एक प्रश्नको उत्तरमा उहाँले भन्नुभयो – म एउटा वयष्क उमेरमा अमेरिका आएर यो उपलब्धि हासिल गर्न सफल भएको छु, यही भूमिमा जन्मिएका नेपाली मूलका अमेरिकीले अझ फराकिलो इतिहास निर्माण गर्नसक्छन् भन्नेमा म पूर्ण विश्वस्त छु । 


भण्डारीको शपथग्रहण कार्यक्रममा पुगेका करीब दुई दर्जन नेपालीले उहाँको सफलताले आफूहरूलाई पनि उत्साहित बनाएको प्रतिक्रिया दिए । कार्यक्रममा गैरआवासीय नेपाली (एनआरएन) सङ्घ, अमेरिकाका अध्यक्ष डा केशव पौडेलले ह्यारीको सफलता एक एनआरएन कै सफलता हो भन्नुभयो । 

अमेरिकामा करिव तीन लाख नेपाली र अन्य तीन लाख नेपालीभाषी गरी करीब छ लाख नेपाली बस्दै आएका छन् । यसरी निर्वाचित भएर राजनीतिक तहको जिम्मेवारी लिने भण्डारी पहिलो नेपाली मूलका अमेरिकी नागरिक बन्नुभएको छ । यसलाई अमेरिकाका स्थानीय राजनीतिज्ञहरूले समेत चासोका साथ हेरेका छन् । 

यसैबीच भण्डारीले आफूले ‘हेल्थ तथा गभर्नमेन्ट रिलेशन कमिटी’को हैसियतले मेरिल्याण्डका बासिन्दाका लागि राम्रो र सर्वसुलभ स्वास्थ्यका लागि पहल गर्ने प्रतिक्रिया दिनुभयो । भण्डारीले आफनो सचिवालय रहने स्थानमा नेपाल र अमेरिकाको झण्डासमेत राख्नुभएको छ । भण्डारीको कार्यकक्षमा सगरमाथाको तस्बीर र नेपालको झण्डालाई सजाएर राखिएको छ । 

भण्डारी गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा २२ हजार ४०७ मत ल्याएर मेरिल्याण्डको हाउस अफ डेलिगेटमा विजयी हुनुभएको थियो । भण्डारीले जित्नुभएको पदमा बहाल रहेका सांसदहरूले मेरिल्याण्ड राज्यका लागि आवश्यक पर्ने विभिन्न कानून निर्माण गर्ने र राज्यको बजेट प्रक्रियालाई अनुमोदन गर्ने गर्दछन् । 

उनीहरूले राज्यभित्र रोजगारीको अवसर सिर्जना गर्ने, उद्योग तथा कलकारखानाको स्थापनाका लागि आवश्यक पर्ने कानून बनाउने, काउन्टीहरूलाई विभिन्न तरिकाले बजेट सहयोग गर्ने, विद्यालयको गुणस्तर तथा पूर्वाधारको निर्माणमा सहयोग गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य