२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महिला महोत्सवको उद्घाटन राष्ट्रियसभामा अध्यक्षले गर्ने

२०७५, २२ माघ मंगलवार ०९:०१


शिला पाण्डे, पर्वत । ११ औं गण्डकी प्रदेशस्तरी महिला महोत्सव तथा रेडियो दिदीबहिनीको १० औं बार्षिक उत्सवको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने भएका छन् । 

यही माघ २५ देखि फागुन ५ गतेसम्म संचालन हुन लागेको महोत्सवको उद्घाटन गणेशप्रसाद तिमिल्सिनाले गर्न लागेको आयोजक रेडियो दिदीबहिनीले जनाएको छ ।

गण्डकी प्रदेशस्तरीय महिला महोत्सवमा राष्ट्रियस्तरको तेस्रो दिदीबहिनी महिला भलिबल कप प्रतियोगिता हुने पूर्व सांसद एवं रेडियोकी संस्थापक अध्यक्ष कल्पना चापागाई जोशीले बताइन् । उनका अनुसार यो भलिबल प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यू डाइमण्ड, घरेलु टिमको सहभागीता रहने छन् । प्रतियोगितामा विजेता हुने टिमले २ लाख, द्धितियले १ लाख र तृतीय हुनेले ५० हजार रुपैयाँ पाउने छन् । साथै  पत्रकार र जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना समेत हुन्छ उनले भनिन् ।

त्यस्तै दिदिबहिनी डान्स आइडल प्रतियोगिता समेत यो बर्षदेखि शुरु हुने भएको छ ।  प्रथम डान्स आइडलको विजेताले ५० हजार, द्धितियले ३० र तृतीयले २० हजार नगद पाउनेछन् ।  त्यसैगरी खुला दौड प्रतियोगिता समेत आयोजना हुने भएको छ । दौडका विजेताले २५ हजार, द्धितियले १५ र तृतीयले १० हजार नगद प्राप्त गर्नेछन् ।

महोत्सवमा  रत्यौली, भजन, पञ्चेबाजा, ¥याली प्रतियोगिता पनि महोत्सवमा हुने उनले सहारापाटीलाई जानकारी दिइन । उनका अनुसार रत्यौली प्रतियोगितामा विजेता हुने टिमले २५ हजार, द्धितियले १५ र तृतीयले १० हजार पाउनेछन् त्यसैगरी ¥याली तथा विभिन्न झाँकी प्रतियोगितामा विजेता हुनेले २० हजार, १५ हजार र १२ हजार पाउनेछन् भने भजन प्रतियोगितामा विजेता हुनेले १५ हजार, द्धितियले १० र तृतीय हुनेले ७ हजार पाउनेछन् । महोत्सवमा ६० लाखको कारोबार गर्ने रेडियोले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण