शिला पाण्डे, पर्वत । युवा पुस्तामा चर्चित र्याप तथा पप गायक भिटेनलाई पर्वतका युवाहरुले भव्य स्वागत गरेका छन् । 

हरेक कार्यक्रममा भिटेनमाथि ढुंगा प्रहार हुने भएपनि पर्वतमा भने भिटेनको स्वागत गरिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शिला पाण्डे, पर्वत । युवा पुस्तामा चर्चित र्याप तथा पप गायक भिटेनलाई पर्वतका युवाहरुले भव्य स्वागत गरेका छन् । 

हरेक कार्यक्रममा भिटेनमाथि ढुंगा प्रहार हुने भएपनि पर्वतमा भने भिटेनको स्वागत गरिएको"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जताततै कुटिने भिटेनलाई पर्वतमा भव्य स्वागत (भिडियो सहित)

२०७५, २ फाल्गुन बिहीबार १३:४०

शिला पाण्डे, पर्वत । युवा पुस्तामा चर्चित र्याप तथा पप गायक भिटेनलाई पर्वतका युवाहरुले भव्य स्वागत गरेका छन् । 

हरेक कार्यक्रममा भिटेनमाथि ढुंगा प्रहार हुने भएपनि पर्वतमा भने भिटेनको स्वागत गरिएको हो । उनले सिमसिम पानी, के छ खबर लगायतका आधा दर्जन गीत पर्वतमा पस्केका थिए ।

रेडियो दिदीबहिनीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको ९ औं वार्षिक उत्सवमा उनलाई ल्याइएको थियो ।

 निकै कडा सुरक्षा घेरामा राखि कार्यक्रम स्थल पुर्याइएका भिटेनसँग फोटो खिच्नेहरुको भीड बाक्लो थियो । भिटेनको गीत सुन्न र रमाउनको लागि युवापुस्ताहरुले रु ३ सयको टिकट काटेका थिए ।

जताततै आफूमाथि ढुंगामुढा प्रहार हुने गरेपनि पर्वतमा भने भव्य स्वागत पाएपछि उनी निकै खुसि थिए । तपाईहरुको यस्तै माया पाइरहुँ । आगामी दिनमा पनि म पर्वत आउनेछु । समाजमा दुई थरी मान्छे भएका कारण पनि आफूमाथि ढुंगा प्रहार हुने गरेको तर पर्वतमा सकरात्मक सोचका मानिसहरु भएका कारण यति धेरै माया पाएको उनले बताए । 

आफूले गीतमा अश्लित केही शब्दहरु खुसाएका कारण ढुंगा प्रहारको शिखार हुनुपरेको भन्दै त्यसलाई सकरात्मक रुपमा लिन उनले आग्रह गरेका थिए । कार्यक्रमको बीच बीचमा उनले पर्वतेली युवापुस्तालाई बारम्बार धन्यबाद प्रकट गरिहेका थिए ।

भिटेनसँगै युवा पुस्ताबीच लोकप्रिय रहेका दुर्गेश थापाले पनि आफ्नो प्रस्तुती दिएका थिए । उनले आफ्ना आधा दर्जनभन्दा बढी गीतबाट दर्शकलाई मनोरञ्जन दिएका थिए । 

रेडियो दिदीबहिनीले आयोजना गरेको महोत्सव अहिले पनि जारी छ । यही फागुन ७ गते महोत्सव सकिने छ । महोत्सवमा ६० लाखको करोबार हुने आयोजकले जनाएको छ । महोत्सवमा दर्जनभन्दा बढी राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने रेडियोले सहारापाटीलाई जनाएको छ । 

महोत्सवमा राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता पनि जारी छ । त्यस्तै प्रथम दिदीबहिनी डान्स आइडल प्रतियोगिता पनि शुरु भएको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण