शिला पाण्डे, पर्वत । युवा पुस्तामा चर्चित र्याप तथा पप गायक भिटेनलाई पर्वतका युवाहरुले भव्य स्वागत गरेका छन् । 

हरेक कार्यक्रममा भिटेनमाथि ढुंगा प्रहार हुने भएपनि पर्वतमा भने भिटेनको स्वागत गरिएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शिला पाण्डे, पर्वत । युवा पुस्तामा चर्चित र्याप तथा पप गायक भिटेनलाई पर्वतका युवाहरुले भव्य स्वागत गरेका छन् । 

हरेक कार्यक्रममा भिटेनमाथि ढुंगा प्रहार हुने भएपनि पर्वतमा भने भिटेनको स्वागत गरिएको"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जताततै कुटिने भिटेनलाई पर्वतमा भव्य स्वागत (भिडियो सहित)

२ फाल्गुन २०७५, बिहीबार १३:४०

शिला पाण्डे, पर्वत । युवा पुस्तामा चर्चित र्याप तथा पप गायक भिटेनलाई पर्वतका युवाहरुले भव्य स्वागत गरेका छन् । 

हरेक कार्यक्रममा भिटेनमाथि ढुंगा प्रहार हुने भएपनि पर्वतमा भने भिटेनको स्वागत गरिएको हो । उनले सिमसिम पानी, के छ खबर लगायतका आधा दर्जन गीत पर्वतमा पस्केका थिए ।

रेडियो दिदीबहिनीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको ९ औं वार्षिक उत्सवमा उनलाई ल्याइएको थियो ।

 निकै कडा सुरक्षा घेरामा राखि कार्यक्रम स्थल पुर्याइएका भिटेनसँग फोटो खिच्नेहरुको भीड बाक्लो थियो । भिटेनको गीत सुन्न र रमाउनको लागि युवापुस्ताहरुले रु ३ सयको टिकट काटेका थिए ।

जताततै आफूमाथि ढुंगामुढा प्रहार हुने गरेपनि पर्वतमा भने भव्य स्वागत पाएपछि उनी निकै खुसि थिए । तपाईहरुको यस्तै माया पाइरहुँ । आगामी दिनमा पनि म पर्वत आउनेछु । समाजमा दुई थरी मान्छे भएका कारण पनि आफूमाथि ढुंगा प्रहार हुने गरेको तर पर्वतमा सकरात्मक सोचका मानिसहरु भएका कारण यति धेरै माया पाएको उनले बताए । 

आफूले गीतमा अश्लित केही शब्दहरु खुसाएका कारण ढुंगा प्रहारको शिखार हुनुपरेको भन्दै त्यसलाई सकरात्मक रुपमा लिन उनले आग्रह गरेका थिए । कार्यक्रमको बीच बीचमा उनले पर्वतेली युवापुस्तालाई बारम्बार धन्यबाद प्रकट गरिहेका थिए ।

भिटेनसँगै युवा पुस्ताबीच लोकप्रिय रहेका दुर्गेश थापाले पनि आफ्नो प्रस्तुती दिएका थिए । उनले आफ्ना आधा दर्जनभन्दा बढी गीतबाट दर्शकलाई मनोरञ्जन दिएका थिए । 

रेडियो दिदीबहिनीले आयोजना गरेको महोत्सव अहिले पनि जारी छ । यही फागुन ७ गते महोत्सव सकिने छ । महोत्सवमा ६० लाखको करोबार हुने आयोजकले जनाएको छ । महोत्सवमा दर्जनभन्दा बढी राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने रेडियोले सहारापाटीलाई जनाएको छ । 

महोत्सवमा राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता पनि जारी छ । त्यस्तै प्रथम दिदीबहिनी डान्स आइडल प्रतियोगिता पनि शुरु भएको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य