२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दिदीबहिनी महोत्सवमा साझासवालकर्मी सम्मानित

८ फाल्गुन २०७५, बुधबार ०५:४६


पर्वत । रेडियो दिदीबहिनीको आयोजनमा संचालन भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको ९ औं वार्षिकोत्सव कार्यक्रममा मंगलबारदेखि सकिएको छ ।

विभिन्न प्रतियोगिता गरी कार्यक्रमको समापन भएको हो । महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता, रत्यौली, भजन, पञ्चेबाजा, ¥याली प्रतियोगिता , प्रथम डान्स आइडल प्रतियोगिता भएको थियो ।

समापन कार्यक्रममा साझासवालकर्मी पत्रकार महेन्द्र केसी सम्मानित भएका छन् । उनीसँगै अन्नपूर्ण पर्वत संवाददाता माया अधिकारी, सूचनाकेन्द्र डट कमका प्रधानसम्पादक बैगुण्ठ गिरी, रेडियो कुशुमका स्टेशन म्यानेजर कृष्ण अखेली, रेडियो शालिग्रामका समाचार प्रमुख रोशन तिवारी, न्यूज २४ का पर्वत संवाददाता सुवास लामिछाने र कालीगण्डकी टिभीकी संवाददाता शान्ति सुवेदी सम्मानित भएका हुन् ।उनीहरुलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

महोत्सवमा एक करोडको कारोबार भएको रेडियोले जनाएको छ । महोत्सवमा हजारौ दर्शकहरु भित्रिएको बताइएको छ । 

हरेक वर्ष रेडियोले महोत्सवको आयोजना गर्दै आइरहेको छ । यो ११ औं संकरण हो । आगामी दिनमा पनि महोत्सवको आयोजना हुने रेडियोले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान