४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा मनाए प्रदीप जसिताले होली (७ तश्वीर)

६ चैत्र २०७५, बुधबार ०५:४२

चैत ६, पोखरा । युवास्टार प्रदीप खड्का र नायिका जसिता गुरुङले पोखरामा होली मनाएका छन् । चलचित्र ‘लभ स्टेशन’को टिम सहित पोखरा पुगेका प्रदीप र जसिताले बुधबार बिहानै एकअर्कालाई रङ लगाइदिएर होली मनाएका हुन् । मंगलबार पोखरा आइपुगेको ‘लभ स्टेशन’ टिमको आज (बुधबार) पोखरा लेकसाइडमा होली बिशेष भब्य कार्यक्रम हुँदैछ । कान्तिपुर मिडिया ग्रुपले आयोजना गर्ने होली हंगामा कार्यक्रममा सहभागी हुँदैछन्  ।


यतिखेर पोखरामा प्रदीप र जसितासँगै ‘लभ स्टेशन’का प्रस्तुतकर्ता गोविन्द शाहीपनि सँगै छिन् । एकबिहानै तालबहारी मन्दिर दर्शन गरेका प्रदीपले पोखराका दर्शकको माया सधैँ आफूलाई रहने बिश्वास राखे । ‘यसबर्ष पोखराका दर्शकसँग होली मनाउने अवसर मिल्यो खुसी लागेको छ ।’ प्रदीपले भने । यस्तै नायिका जसिताले पनि आफ्नो जन्मथलो पोखरामा १३ बर्षपछि आएर होली खेल्न पाउँदा निकै खुसी लागेको बताइन् । ‘म पोखरामै जन्मिएकी हुँ, त्यसैले पनि पोखरासँग आत्मिय सम्बन्ध छ, आज होली पोखरामै खेल्न पाइयो निकै खुसी छु’ जसिताले भनिन् । यस्तै प्रस्तुतकर्ता गोविन्दले बिशेषगरी पोखरालाई माया गर्नेहरुको स्टेशन को रुपमा पनि चिनिने भएकाले पनि लभ स्टेशन पोखराका दर्शकका लागी अझ बिशेष रहनेमा विश्वास राखे । ‘हाम्रो मोफसलको यात्रा पोखराबाट गरेका छौं, आजको होली पनि पोखराका दर्शकसँग खेलेका छौं र अझै केहि बेर रहन्छौं’ गोविन्दले भने । 


मंगलबार दिउँसो पोखरा आइपुगेको चलचित्र टिमले पत्रकार भेटघाट कार्यक्रम गरी चलचित्र बारे जानकारी गराएको थियो । उज्जवल घिमिरे निर्देशीत यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशन काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता