पढ्न करिब 5 मिनेट लाग्छ

दान बहादुर बुढा | चैत १९, मुगु | बिश्वमा र्चचित पर्यटकको गन्तब्या क्षेत्र मध्य एक मुगु जिल्लाको रारा ताल अर्थात महेन्द्र ताल हो । पछिल्लो समयमा मुगुको गमगढी बजारसम्म राष्ट्रिय सडक सन्जाल र हवाई यातायात सन्जालको राम्रो पहुँच हुदा रारामा आन्तरीक तथा बाहिृय पर्यटकको ओईरो लागेको छ । भने पछिल्लो एघार महिनामा १५ हजार भन्दा बढी आन्तरीक तथा बाह्य पर्यटकहरु आएको एक रेकड रहेको छ ।

बिगतमा रारा आउरने आन्तरीक तथा बाह्य पर्यटकको रारा आउने संख्या निकै कम रहेको थियो । पछिल्ला समयमा रारा तलको किनारसम्म सडक सन्जाल जोडीएको, रारा तालको ३ घण्टा टाढा रहेको ताल्चा बिमानस्थल कालो पत्रे भएको हुदा र रारा तालमा ईन्टरनेटको थ्रीजी सन्चालमा आउदा रारा आउने पर्यटनको संख्या बढेको छ ।

रारा राष्ट्रिय निकुञ्जको कार्यालयको २०७५ बैशाख १ गते देखीको फाल्गुन मसान्त सम्मको रेकड अनुसार सार्क मुलुकका ८ जना अन्य देशका २ सय ३५ जना र आन्तरीक पर्यटक देश भित्रका १५ हजार भन्दा बढी पर्यटकहरु रारा आउने गरेको रेकड रहेको छ । बैशाख १ गते सम्माननिय प्रधानमन्त्री ज्यूले पर्यटन बर्ष घोषण गरेदेखी पर्यटनको संख्या बढेका छन् । पूर्वाधार नहुदा रारा आउने पर्यटकहरुलाई सुबिधा दिन नसकेको अधिकारी हरु स्वीकार गर्छन । लगानी कर्ता र स्थानिय बासीको पहलमा निकुञजको बाहिरी भाग मध्यवर्ति क्षेत्रमा सुबिधा सम्पन्न होटलको ब्यावस्थापन गर्ने पर्यटन पर्वर्धन गर्ने लक्ष्य रहेको रारा राष्ट्रिय निकुन्ज कार्यलयका प्रमुख लालाबहादुर भण्डारीले बताएका छन ।

पुस/माघ महिनामा यो बर्षमा भारी हिमपात हुँदा सडक संजाल बन्द हुँदा रारा आउने पर्यटकको संख्या घटेको हो । हिजो-आज हिमपातले बन्द सडक सन्चालनमा आएपछि दिन प्रतिदिन पर्यटकको संख्या बढीरहेको पनि कार्यलय प्रमुख भण्डारीले बताएका छन । बिशेष गरी रारामा हिजो-आज काठमाडौ, पोखरा, ईलाम, बिराटनगर, नेपालगंन्ज, धरान, धनकुटा, राजबिराज, जनकपुर, जुम्ला, कालीकोट, सुर्खेतबाट सडक सन्जाल र हवाई मार्गबाट आन्तरीक पर्यटकहरु आउने गरेका छन् ।

रारा घुम्न आएका नेपालगंज महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. गोपाल प्रसाद शर्मा अधिकारीका अनुसार रारा प्रकृतिको अनुपम खजाना हो । यो खजनालाई राज्यले प्रयोग गर्न सकेको छैन । रारा भित्रको ताल बाहेक यसको वरीपरी बिभिन्न प्रकृतिले दिएका बनस्पती, बन्यजन्तु, धार्मिक मठ मन्दीरको संरक्षण गरी रारा आउने पर्यटकहरुलाई मनोरन्जन दिने खालका पूर्वाधारहरु निर्माण गरी पर्यटकको रारामा बसाई लम्बाउने, मुगु जिल्लामा रहेका रितिरीवाज भेष-भुसालाई चिनाउने खालको संग्राहलय आबश्यक सहित रारा तालमा आउने पर्यटकहरुको लागी बास बस्नको लागी राम्रो खालको होटल, लजको ब्याबस्था गर्न स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले समयमा सोच्नु पर्ने देखिन्छ । हिजो-आज रारामा २ वटा होटल छन्, पर्यटकहरु धेरै आउँछन् । पर्यटकले खान बस्न, मानोरन्जनको सेवा-सुबिधा राम्रोसंग पाईरहेका छैनन् ।

रारा घुम्न आएका पर्यटकको गुनासो सरकारले ठूलो बजेट खर्च गरेको छ । तर सहि सदुपयोग गरेको देखिदैन । रारा निकै सुन्दर छ । राज्यले सहि लगानी नगरेको देखिन्छ । रारासम्मको सडकको स्तर उन्नति र मर्मतमा राम्रो ध्यान दिएको भए रारा घुम्न निकै पर्यटकहरु आउने निश्चित छ । रारा आईपुगेपछि सबै दु:ख बिर्सेर पर्यटकहरु राराको सुन्दर्तामै हराउँछन् ।

कर्णली प्रदेश सरकारले २०७५ साल बैशाख १ गते पर्यटन बर्ष सुभारम्भ गरे पनि सम्माननीय प्रधानमन्त्री केपी र्शमा ओलीले देशबासीको नाममा राराको छेउबाट सम्बोधन गरेपनि राराको पुर्वाधार बिकास र्निमाणको लागी कुनै पनि योजना हालसम्म पहल गरिएको छैन । एक बर्षमा रारामा एक लाख पर्यटक ल्याउने लक्ष्य भाषणमा ठिक्क भएको स्थानिय बासीहरुको गुनासो रहेको छ ।

रारामा प्रधानमन्त्री देखी राज्यको ठूल्ठूला अंगका प्रमुख रारा आउने गर्छन । मोटा र चिल्ला कुरा गर्छन । तर राराबाट फर्केपछि राराको नाम भुल्छन् ।

हिउँदमा २ महिना हिउँले सडक बन्द हुने अनि बर्खामा २ महिना हिलाम्मे भएर नाग्म-गमगढी सडकमा ४ महिना जति बन्द हुने भएको हुँदा पर्यटकहरुको रारा आउने संख्या घटेको छ । राज्यले समयमा नै नाग्म-गमगढी सडक मर्मत सम्भार गरी कालोपत्रे समयमा नै गरीदिए रारा आउने पर्यटकहरुको शंख्यामा वृद्धि हुने थियो । मुगु जिल्ला राष्ट्रिय सडक सन्जाल २०६९ साल पुस महिनाबाट जोडीएको भएपनि सडक कालोपत्रे नहुँदा रारा घुम्न आउने आन्तरीक तथा बाह्य पर्यककहरुलाई सडक सन्जालबाट आउन निकै गाह्रो हुने भएको छ ।

रारा ताल समुन्द्रीय सतहदेखी २ हजार ९ सय मिटरको उचाईमा रहेको छ । ५.१ किमी लम्बाई, २.७ किमि चौडाई र १६७ मिटरमा गहीरो रहेको रारा अन्तराष्ट्रिय महत्वको सिमसार क्षेत्र हो । रारा तालको छेउमा रहेको समुन्द्र सतह देखी ३ हजार ६ सय ३० मिटरको उचाईमा रहेको मुर्माटप रारा घुम्न आउनेहरुले मुर्माटप पूगेपछि बाजुरा, जुम्ला, हुम्ला, कालीकोट, अछाम, मुगु र हुम्लामा रहेको चंङखेली हिमाल, छायानाथ हिमाल, कोहिजि मरका हिमाल, बुढीन्दा, बडीमालीका हिमाल, सैपाल हिमाल, खेसमालिका हिमाल, जस्ता धेरै हिमश्रीन्खलाहरु मुर्माटपबाट देख्न सकिन्छ । राराबाट २ घण्टा टाढा रहेको चुचेमारा लेक तिर जादा कस्तुरी, भालु, बदेल, रेडपाण्डा, निगाली बाघ जस्ता जनावर र कालीज, डाफे, मुनाल, च्याखुरा, काडेभ्याकुर लगायत बिभिन्न जातका चरा-चुरुंगी, २ सय भन्दा बढी प्रजातिका फूलहरु पाईन्छन ।