२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले १ लाख ६ हजार ८ सय ७२ जनालाई रोजगारी दिने, कुन स्थानीय तहमा कति ?

३० बैशाख २०७६, सोमबार १०:४९

बैशाख ३०, काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष (२०७५/०७६) मा १ लाखभन्दा बढीलाई रोजगारी दिने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत ७५३ स्थानीय तहलाई परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिन पत्र काटेको छ ।

सरकारले चालु वर्षको बजेटमार्फत नै प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा ल्याएको थियो । सोहि कार्यक्रम अन्तर्गत गत चैत्र १ गतेबाट स्थानीय तहहरुले बेरोजगारहरुको लगत संकलन भैरहेको छ । 

प्रतेक स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम रोजगारीमा संलग्न हुने उदेश्यले वेरोजगारको सूचीमा दर्ता हुन निवेदन दिएका व्यक्तिहरु मध्ये अन्तिम सूचीमा सुचिकृत हुने व्यक्तिहरुलाई समेट्ने सरकारको लक्ष्य छ । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (संचालन र व्यवस्थापन) कार्यविधि स्वीकृत भइसकेको छ ।

स्थानीय तह अन्तर्गत सबैभन्दा बढी रोजगारी पाउनेमा भीमदत्त नगरपालिकामा, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका,  चितवनको भरतपुर महानगरपालिका, पर्साको वीरगन्ज महानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, ललितपुरको लतिलपुर महानगरपालिका, काठमाडौँ महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, मोरङको विराटनगर महानगरपालिकामा रहेका छन् । यी स्थानीय तहले ४५१ जनालाई ३० दिन बराबरको रोजगारी दिनेछन् । कास्कीको रुपा गाउँपालिकाले सबैभन्दा कम २३ जनालाई रोजगारी दिनेछ ।

यो कार्यक्रमका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानका रूपमा केन्द्र सरकारले पठाउनेछ ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनसम्मको रोजगारी दिने र वर्षभरि परिवारको कुनै पनि सदस्यले सय दिन बराबरको रोजगार नपाए उक्त अवधिमा पाउने पारिश्रमिकको ५० प्रतिशत बराबर निर्वाह भत्ता दिने घोषणा कार्यान्वयन गराउँदै छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य