2026-09-08 02:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रारामा नेपाली सेनाले पहिलो पटक दौड प्रतियोगीता गर्दै (९ तश्वीर)

दान बहादुर बुढा | वैशाख ३१, मुगु | नेपालको सबैभन्दा ठूलो ताल रारालाई प्रचार-प्रचार गरी पर्यटनलाई भित्राउने हिसावले आगामी जेष्ठ ८ गते रारामा प्रथम कर्णाली प्रदेश स्तरिय पहिलो पटक दौड प्रतियोतिता हुने भएको छ ।

प्रधानसेनापति कमाण्डरको मार्गनिर्देशन २०७५ को लक्ष्य नं. ४ मा उल्लेख भए अनुसार खेलकुद मार्फत राष्टिय प्रतिष्ठा गौरव हुने र राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलाडीको संख्या वृद्धि गर्ने हेतुले उक्त दौड प्रतियोगिता गर्न लागिएको बताइएको छ । 

आगामी जेठ ८ गते अन्तराष्ट्रिय जैबिक बिधता दिवसको दिन प्राकृतिक मनोरम दृश्यले भरीपुर्ण नेपालकै सबैभन्दा ठूलो ताल रारा तालको बिश्वमा प्रचार प्रचार गर्नको लागी तालको वरिपरि रहेको १५ किलो मिटर तालमा पहिलो पटक दौड प्रतियोगिता गर्न लागिएको हो । उक्त प्रतियोगितामा कर्णाली प्रदेश जिल्लाहरुका खेलाडीहरु, नेपाली सेना र अन्य सुरक्षा निकायका खेलाडीहरु, त्यस्तै कर्णाली प्रदेशका दशै जिल्लाका स्थानिय खेलाडी र पर्यटकहरु समेत सम्मिलित हुने बताइएको छ । 

दौड प्रतियोगीतामा एकसयसम्म खेलाडीहरुको सहभागीता हुनसक्ने बताइएको छ । उक्त दौड प्रतियोगितामा प्रथम हुनेले ५० हजार दोस्रा हुनेले ३० हजार तेस्रो हुनेले २० हजार नगद र मेडल तथा प्रमाणपत्र दिईनेछ । उक्त दौड समुन्द्री सतहदेखी २९ सय मिटरको उचाईमा हुने हुँदा दौडमा भाग लिनेहरुलाई केही समस्या हुनसक्ने भएको हुँदा स्वास्थ्यकर्मी र अन्य व्यवस्था समेत मिलाईएको नेपाली सेनाका सेनानि रबि केसीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल