२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस कारण शाहरुखले तेश्रो बच्चा जन्माउने योजना बनाए

२०७६, १३ जेष्ठ सोमबार ०९:२३

जेठ १३, काठमाडौँ | शाहरुख खानको सबैभन्दा कान्छो छोरा अबराम ६ बर्षका भएका छन् । उनको जन्म आजकै दिन अर्थात 27 मे 2013 मा भएको थियो । तर के तपाईलाई थाहा छ ? दुई सन्तानको पिता बनिसकेका शाहरुखको मनमा तेश्रो बच्चा जन्माउने योजना कसरी बन्यो ? शाहरुख खान आफैले यो बिषयको खुलासा २०१३ मा अबरामको जन्म भएपछी एक अन्तर्वार्ताको क्रममा गरेका थिए । 


हामीले बच्चाको याद गर्न थालेका थियौं: शाहरुख

शाहरुखले अन्तर्वार्ताको क्रममा भनेका थिए कि, "मेरो छोरा १६ (अहिले २२ बर्ष) बर्षजा छन् र छोरी १३ (अहिले १९ बर्ष) कि छन् । तर पछिल्लो चार-पांच बर्षमा उनीहरु घरभन्दा बाहिर हुन थाले, स्कूल जान थाले । पहिले उनीहरु बाँदर जस्तै खेल्थे, टासिईरहन्थे, बच्चा जस्तै खेलीरहन्थे र म उनीहरुसँग निकै धेरै समय बिताउन सक्थें । तर पछिल्लो चार-पाँच बर्षदेखि वातावरण यस्तो छ कि बच्चा आफ्नो साथीहरुसंग आफ्नै कोठामा बस्ने र आफ्नै तरिकाले रहन थाले । हामीले कहिलेकाही यो पनि थाहा हुँदैन कि उनीहरु घरमा छन् कि छैनन् । हामीले बच्चाहरुसँग खेलेको दिनको सम्झना गर्न थाल्यौं । आर्यन पढ्नको लागि लन्डन गयो र छोरी पनि जाँदैछिन् । हामी खूला बिचारका अभिभावक हौँ । बच्चा जे चाहन्छन् गर्न सक्छन् । तर हामी भने बच्चाहरु सम्झन थालेका थियौं ।"

भनिन्छ कि अबरामको जन्मको समय गौरीले पनि ४० बर्ष उमेर पार गरिसकेकी थिइन । उक्त उमेरमा बच्चालाई जन्म दिनु निकै खतरनाक हुन सक्थ्यो । यसैले शाहरुखले छोराको जन्मको लागि सरोगेसीको सहारा लिए । कोख भाडामा लिएर बच्चा जन्माउने विधिलाई सरोगेसी सेवा भनिन्छ । बिभिन्न रिपोर्ट्सका अनुसार, गौरीको भाउजु नमिता छिब्बर अबराम (शाहरुख खानका छोरा) को सरोगेट आमा हुन् । 

शाहरुखले उक्त अन्तर्वार्तामा आफ्नो बच्चाहरुको बारेका पनि थप कुरा गरेका थिए । उनले भने, "मेरा तीन बच्चा छन् जसको अलग-अलग कहानी छ । यसै कारण सबै स्पेशल छन् । आर्यनको जन्म अगाडी गौरीलाई सारै गाह्रो भएको थियो । सुहानाको जन्म हाम्रो लागि एक्साइटिङ थियो, किनकी हामी दुवै जना पहिलो बच्चाको रूपमा छोरी चाहन्थ्यौं । तर उनि दोश्रो नम्बरमा जन्मिइन् । गौरी चाहन्थिन् कि बच्चा म जस्तै देखिउन् । यसैले डेलिभरी पछी उनि मलाई सोध्थीन् कि के उनीहरु तपाइँजस्तै देखिन्छन् । बर्षौं पछी हामीलाई लाग्यो कि तेश्रो बच्चा पनि हुनुपर्छ, तब हामीले अबरामलाई जन्म दिने योजना बनाएका थियौं ।"

तश्वीरमा: आमा गौरीको साथमा अबराम खान 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत