२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३४ बर्षीय महिलाले रुखसँग विवाह गरिन्, यस्तो छ रहश्य

२०७६, ३० भाद्र सोमबार ०७:४२

भदौ ३०, लिवरपूल | रुखको महत्वप्रति मानिसहरुलाई जागरुकता दिनको लागि तथा रुखको संरक्षण गर्नको लागि वातावरण संरक्षक तथा सामाजिक कार्यकर्ता केट कङनिंघमले एल्डर प्रजाति नाम गरेको एक रुखसँग बिबाह गरेकी छन् । यति मात्र होइन केटले आफ्नो थर समेत परिवर्तन गरेर केट रोज एल्डर राखेकी छन् । उनको रुखसँगको बिबाहको लागि उनका परिवारले समेत साथ दिएको कुरा अन्तराष्ट्रिय संचार माध्यमहरुमा खबर छ । 

मर्सीसाइड पार्कमा भएको बिबाह समारोहमा केटका बुबा, व्वाईफ्रेन्ड र बच्चा लगायतको उपस्थिति रहेको थियो । केटले बताए अनुसार उनको ब्वाईफ्रेंडले उनको निर्णयप्रति पूर्ण समर्थन गरे । केटका छोरा पनि उनको बिबाह समारोहमा उपस्थित भएका थिए । 


३४ बर्षीया दुलही केट कंनिंघमले लिथरल्याण्डको रिमरोज घाटी पार्कमा रहेको रुखसँग बिबाह गरेकी हुन् । बिबाह गर्नुको कारण मानिसहरुलाई रुखको महत्व बुझाउन रहेको उनले बताएकी छन् । कंनिंघमले त्यस क्षेत्रको रुखहरुको संरक्षणको लागि एक अभियान पनि चलाउने छिन् जो नयाँ बाइपास निर्माणको क्रममा काटिने सम्भावना छ ।

केटले भनिन्, हाम्रो उदेश्य स्थानीय मानिसहरुको सहयोग लिएर रिमरोज घाटी हुँदै जाने लगभग ९ किलोमिटर लामो बाईपास प्रोजेक्ट बन्द गराउने अभियान चलाउने हो । बाइपासको प्रस्ताव इंग्ल्याण्ड राजमार्गद्वारा गरिएको छ । यसको उद्देश्य पोर्ट अफ लिभरपूलमा यातायातको चाप कम गर्नु रहेको छ ।

केटले भनिन्, यो स्थान मलाई निकै मन पर्छ । मेरी आमाको मृत्यु स्वासप्रस्वास सम्बन्धि समस्याको कारण भएको थियो । म आफै ब्रोन्किइक्टेसिसबाट पिडित छु । यो स्थानलाई मासेर एउटा सडक निर्माण गर्नु वातावारणको लागि ठूलो हानी हो । हाम्रो इलाकामा पहिलेदेखि नै निकै प्रदूषण छ । यदि यो स्थानका रुखहरु काटेर सडक बन्यो भने त हामी स्थानीय सिधै रोगको सिकारमा पर्छौं । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण