पर्वत । 

भनिन्छ नि कही नभएको जात्रा हाडी गाउँमा...

जमाना फेरि, देशमा तीन सरकार बने । अब जमाना अनुसार उखान पनि त फेर्नुपर्यो । कहि नभएको जात्रा फसेवासमा ।

उखानै फेर्दा फलेवास सरकारका प्रमुख रिसाउँलान । रिसानी माफ होस् । कुरा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । 

भनिन्छ नि कही नभएको जात्रा हाडी गाउँमा...

जमाना फेरि, देशमा तीन सरकार बने । अब जमाना अनुसार उखान पनि त फेर्नुपर्यो । कहि नभएको जात्रा फसेवासमा ।

उखानै फेर्दा फलेवास सरकारका प्रमुख रिसाउँलान । रिसानी माफ होस् । कुरा "/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

२० मिटरको पुल बनाउन ६ करोड, त्यहिपनि भत्कियो (भिडियो

८ आश्विन २०७६, बुधबार १६:१३

पर्वत । 

भनिन्छ नि कही नभएको जात्रा हाडी गाउँमा…

जमाना फेरि, देशमा तीन सरकार बने । अब जमाना अनुसार उखान पनि त फेर्नुपर्यो । कहि नभएको जात्रा फसेवासमा ।

उखानै फेर्दा फलेवास सरकारका प्रमुख रिसाउँलान । रिसानी माफ होस् । कुरा यस्तै छ ।  चीनले समुन्द्रमा पुल हाल्यो रे । आकाशमा सिसाको महल र पुल बनायो रे त्यहि सिको गरेर कालीगण्डकी करिडोर अन्तरगतको लमाहे खोलामा ढुंगामाथि पुल हाल्न कस्एिका रे । नपत्याए हेर्नुहोस् त ।

इन्जिनियर पनि कडा परेछन् । टुक्रुक्क दुई ढुंगामाथि पुल हालेर गिनिजबुकमा नाम नै लेखाउन आँटेछन ।  जाबो २० मिटरको पुल बनाउन ६ करोड बजेट रे ।  भूगोलको बनावटको हेक्का नै नराखि पुल बनाउन कस्सिएछन । गाउँका भद्रभलादमीले यहाँ पुल हुँदैन । पहिरोको जोखिम छ । भूगोल कमजोर छ भन्दा जवाफ फर्काएछन् रे । समुन्द्रमा चीनले पुल बनायो, आकाशमा सिसाको महल र पुल बनायो जाबो २० मिटरको पुल ढुंगामाथि हामीलाई बनाउन के गाह्रो यस्तै जवाफ फर्काए रे… यी बृद्ध त्यसै भन्छन् ।


सायद पुल म्युजियममा नै राख्न र प्रदर्शनको लागि नै बनाउन आँटेका हुन कि क्या हो । पुल त बन्ला तर जग नै नअडिएको पुल कस्तो बन्ला ? सायद अब नेपाल भ्रमण वर्षमा यहि पुल देखाएर पर्यटक तान्ने पो हो की ?

गण्डकी प्रदेशका पर्यटनमन्त्री पनि त्यहि भेगका, पुलको शिलान्यास पनि उनैले गरेका । कतै सवारी आगमनलाई नभई कतै दृश्यावलकनको लागि त पुल तयार गरिएको होइन ?

ढुंगा ढुंगामाथि पुल बनाएर किर्तिमानी राख्न खोज्ने कस्ता इन्जिनियर, पढेर बनेका कि परेर बनेका ?

…..

नागरिकबाट कर उठाउँदै इन्जिनियरको प्राक्टिकलको लागि यस्तै पुल बनाउँदै करोडौ रकम स्वाहा पार्ने क्या गज्जबको काइदा । पहिरोले पुल तानेछ अब ६ करोडको पुलको भाउ पनि बढ्ने होला । फेरी मर्मत र निर्माणको लागि अपुग रकम जनताबाट मनलाग्दी कर उठाएर बनाउने होला । कि कमिशनको चक्करमा बनाउन थालेको पुल हो ? हैन भने त 

बालुवा, गिटि, रड, सिमेन्ट मिसाएर पलास्टर गर्दैमा पुल त बन्दैन होला ? भौगोलिक अध्ययन पनि त खाँचो थियो होला नी महोदय ?

६ करोडले त एउटा गाउँमा जाने बाटो नै कालोपत्रे हुन्थ्यो होला नी ? आयोजनामा देखिएको यस्ता लापारवाहीले गौरवका योजनाको गौरव बढ्ला कि घट्ला ?

०००

कालीगण्डकी करिडोरमा निर्माणधिन मोटरेवल पुल निर्माण सम्पन्न नहुँदै भत्किएको छ । कालीगण्डकी करिडोर अन्तरगत फलेवास नगरपालिका ६ लमाहे खोलामा निर्माणधिन अवस्थामा रहेको पुल भत्किएको हो ।

भौगोलिक अध्ययन नगरी दुई ढुंगामाथिबाट निर्माण शुरु गरिएको पुल पहिरोका कारण जोखिममा परेको हो । फलेवास नगरपालिका  ६ देविस्थानदेखि वडा १०  कुर्घा  जोडन निर्माण गरीएको पुलको भासिन थालेको हो ।  ६ करोडको लागतका निर्माण हुन लागेको पुलको लम्वाई २० मिटर रहेको हो । लागत समेत बढी रहेका कारण  पुल निर्माणमा आर्थिक दुरुपयोग हुन सक्ने आशंका स्थानीयले गरेका छन् । गौचन निर्माण सेवाले निर्माण थालेको हो । 

राष्ट्रिय गोरवको आयोजनामै  लापरभाई भएपछि  स्थानीयले आयोजना मै प्रश्न सृजना गरेका छन ।  स्थानीय जनप्रतिनिधिहरु समेत आयोजना निर्माण गुणस्तर नभएको बताएका छन् । 

भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान