पर्वत । 

भनिन्छ नि कही नभएको जात्रा हाडी गाउँमा...

जमाना फेरि, देशमा तीन सरकार बने । अब जमाना अनुसार उखान पनि त फेर्नुपर्यो । कहि नभएको जात्रा फसेवासमा ।

उखानै फेर्दा फलेवास सरकारका प्रमुख रिसाउँलान । रिसानी माफ होस् । कुरा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । 

भनिन्छ नि कही नभएको जात्रा हाडी गाउँमा...

जमाना फेरि, देशमा तीन सरकार बने । अब जमाना अनुसार उखान पनि त फेर्नुपर्यो । कहि नभएको जात्रा फसेवासमा ।

उखानै फेर्दा फलेवास सरकारका प्रमुख रिसाउँलान । रिसानी माफ होस् । कुरा "/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

२० मिटरको पुल बनाउन ६ करोड, त्यहिपनि भत्कियो (भिडियो

२०७६, ८ आश्विन बुधबार १६:१३

पर्वत । 

भनिन्छ नि कही नभएको जात्रा हाडी गाउँमा…

जमाना फेरि, देशमा तीन सरकार बने । अब जमाना अनुसार उखान पनि त फेर्नुपर्यो । कहि नभएको जात्रा फसेवासमा ।

उखानै फेर्दा फलेवास सरकारका प्रमुख रिसाउँलान । रिसानी माफ होस् । कुरा यस्तै छ ।  चीनले समुन्द्रमा पुल हाल्यो रे । आकाशमा सिसाको महल र पुल बनायो रे त्यहि सिको गरेर कालीगण्डकी करिडोर अन्तरगतको लमाहे खोलामा ढुंगामाथि पुल हाल्न कस्एिका रे । नपत्याए हेर्नुहोस् त ।

इन्जिनियर पनि कडा परेछन् । टुक्रुक्क दुई ढुंगामाथि पुल हालेर गिनिजबुकमा नाम नै लेखाउन आँटेछन ।  जाबो २० मिटरको पुल बनाउन ६ करोड बजेट रे ।  भूगोलको बनावटको हेक्का नै नराखि पुल बनाउन कस्सिएछन । गाउँका भद्रभलादमीले यहाँ पुल हुँदैन । पहिरोको जोखिम छ । भूगोल कमजोर छ भन्दा जवाफ फर्काएछन् रे । समुन्द्रमा चीनले पुल बनायो, आकाशमा सिसाको महल र पुल बनायो जाबो २० मिटरको पुल ढुंगामाथि हामीलाई बनाउन के गाह्रो यस्तै जवाफ फर्काए रे… यी बृद्ध त्यसै भन्छन् ।


सायद पुल म्युजियममा नै राख्न र प्रदर्शनको लागि नै बनाउन आँटेका हुन कि क्या हो । पुल त बन्ला तर जग नै नअडिएको पुल कस्तो बन्ला ? सायद अब नेपाल भ्रमण वर्षमा यहि पुल देखाएर पर्यटक तान्ने पो हो की ?

गण्डकी प्रदेशका पर्यटनमन्त्री पनि त्यहि भेगका, पुलको शिलान्यास पनि उनैले गरेका । कतै सवारी आगमनलाई नभई कतै दृश्यावलकनको लागि त पुल तयार गरिएको होइन ?

ढुंगा ढुंगामाथि पुल बनाएर किर्तिमानी राख्न खोज्ने कस्ता इन्जिनियर, पढेर बनेका कि परेर बनेका ?

…..

नागरिकबाट कर उठाउँदै इन्जिनियरको प्राक्टिकलको लागि यस्तै पुल बनाउँदै करोडौ रकम स्वाहा पार्ने क्या गज्जबको काइदा । पहिरोले पुल तानेछ अब ६ करोडको पुलको भाउ पनि बढ्ने होला । फेरी मर्मत र निर्माणको लागि अपुग रकम जनताबाट मनलाग्दी कर उठाएर बनाउने होला । कि कमिशनको चक्करमा बनाउन थालेको पुल हो ? हैन भने त 

बालुवा, गिटि, रड, सिमेन्ट मिसाएर पलास्टर गर्दैमा पुल त बन्दैन होला ? भौगोलिक अध्ययन पनि त खाँचो थियो होला नी महोदय ?

६ करोडले त एउटा गाउँमा जाने बाटो नै कालोपत्रे हुन्थ्यो होला नी ? आयोजनामा देखिएको यस्ता लापारवाहीले गौरवका योजनाको गौरव बढ्ला कि घट्ला ?

०००

कालीगण्डकी करिडोरमा निर्माणधिन मोटरेवल पुल निर्माण सम्पन्न नहुँदै भत्किएको छ । कालीगण्डकी करिडोर अन्तरगत फलेवास नगरपालिका ६ लमाहे खोलामा निर्माणधिन अवस्थामा रहेको पुल भत्किएको हो ।

भौगोलिक अध्ययन नगरी दुई ढुंगामाथिबाट निर्माण शुरु गरिएको पुल पहिरोका कारण जोखिममा परेको हो । फलेवास नगरपालिका  ६ देविस्थानदेखि वडा १०  कुर्घा  जोडन निर्माण गरीएको पुलको भासिन थालेको हो ।  ६ करोडको लागतका निर्माण हुन लागेको पुलको लम्वाई २० मिटर रहेको हो । लागत समेत बढी रहेका कारण  पुल निर्माणमा आर्थिक दुरुपयोग हुन सक्ने आशंका स्थानीयले गरेका छन् । गौचन निर्माण सेवाले निर्माण थालेको हो । 

राष्ट्रिय गोरवको आयोजनामै  लापरभाई भएपछि  स्थानीयले आयोजना मै प्रश्न सृजना गरेका छन ।  स्थानीय जनप्रतिनिधिहरु समेत आयोजना निर्माण गुणस्तर नभएको बताएका छन् । 

भिडियो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण