२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बञ्जीजम्प नजिकै साहसिक पिङ, खेल्नेको भीड (भिडियोसहित)

२०७६, ४ कार्तिक सोमबार ०८:१५



महेन्द्र केसी÷ नेपाल भ्रमण वर्ष २०२० नजिएकैसँगै पर्वतमा आन्तरीक पर्यकहरुको संख्यामा बृद्धि भएको छ । 

पछिल्लो समय कालीगण्डकी र मोदीखोलाको खोंचमा निर्मित र निर्माणाधीन अग्ला झोलुंगे पुल, निर्माणाधीन बन्जीजम्प, कुस्मा–बलेवा यान्त्रिक पुललगायतले पर्यटकलाई लोभ्याएको हो ।

दक्षिण एसियाकै अग्लो बञ्जीजम्प संचालनको अन्तिम तयारीमा छ । पुल निर्माण सम्पन्न भएको छ भने अन्य भौतिक समाग्री निर्माण हुने क्रम जारी छ । 

बञ्जीजम्म निर्माणस्थल नजिक भीरमा संचालन भएको सहासिक पिङले अहिले आन्तरीक पर्यटकलाई आकर्षण गरेको छ । छिमेकी जिल्ला बागलुङ, म्याग्दी, कास्कीदेखि सहासिक पिङ खेल्न र हेर्नको लागि दैनिक ५ सयको हाराहारीमा आन्तरीक पर्यटक आउने गरेको कुश्मा नगरापालिका ५ का वडा सदस्य तथा रक गार्डेल रेष्टुरेन्टका संचालक नगरेन्द्र केसीले बताए ।

पछिल्लो समय कुस्मामा निर्मित अग्ला झोलुंगे पुल, गुप्तेश्वर, अलपेश्वर, लालेश्वर, पार्वती गुफा, निर्माणाधीन बन्जीजम्प, कुस्मा–बलेवा यान्त्रिक पुल पर्यटकका मुख्य रोजाइ बन्नेगरेका छन् ।

मुक्तिनाथ, घोडेपानी, बाग्लुङकालिका, पञ्चकोटलगायत घुमेर फर्किनेहरूका लागि कुस्मा आकर्षक बन्ने गरेको छ । एसियाकै अग्ला दाबी गरिएका कुस्मा–ज्ञादी, कुस्मा–बलेवा र कुस्मा–मुडिकुवा झोलुंगे पुल, कुस्मा–बलेवा केबलकार, कुस्मा आसपासका गुप्तेश्वर र अलपेश्वर गुफा, मोदीवेणीधामको दर्शन गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको व्यवसायीहरूको दाबी छ ।

कुस्मालाई दुई किनारबाट छुट्याएका मोदी र कालीगण्डकी किनारका प्राकृतिक संरचनामा रक क्लाइम्बिङ, प्याराग्लाइडिङ, स्विमिङर्, याफ्टिङ, बन्जीजम्पका लागि आउने पर्यटक अझै बढ्ने भएकोले कुस्माको सम्भावना दिनानुदिन बढेको छ ।

भिडियो



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण