२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिभी भर्ने दिन अब १५ दिन बाँकी, यस पटक दोब्बर चान्स !

२०७६, ४ कार्तिक सोमबार १६:४४

कात्तिक ४, काठमाडौँ | सन् २०२१ का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन आगामी कात्तिक १९ गते मंगलबार राति १०:४५ बजेसम्म खुलेको छ । नेपाली समयअनुसार असोज १५ गते बुधबार राति ९:४५ बजेबाट आवेदन दर्ता सुरु भएको थियो । 

नेपाल स्थित अमेरिकी दुतावासले डिभी चिट्ठा भर्नका लागि कुनै पनि शुल्क नतिर्न भनेको छ । अमेरिकी दूतावासले डिभी चिट्ठा भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । 

यस पटकदेखि डिभी भर्नका लागि पासपोर्ट नम्बर अनिवार्य भएपछि पासपोर्ट बनाउने भीड लागेको छ । त्यसो त पासपोर्ट अनिवार्य भएपछि पैसा लिएर डिभी भर्ने ठाउँहरुमा डिभी पर्ने दोब्बर चान्स भन्दै बिज्ञापन गरिएका छन् । यस अघि उमेर पुगेका र शैक्षिक योग्यताको आधारमा जोसुकैले डिभी भर्न सकिने अवस्था भएपनि यस पटकदेखि पासपोर्ट अनिवार्य भएपछि दोब्बर चान्स भन्दै बिज्ञापन गरिएका हुन् । 

डिभी २०२१ का लागि नयाँ व्यवस्थाअन्तर्गत मुख्य आवेदकको बहालवाला, म्याद नसकिएको, विदेश भ्रमण गर्न मिल्ने राहदानीको राहदानी सङ्ख्या, जारी भएको देश र म्याद समाप्त हुने मिति लगायतको जानकारी दिनुपर्ने भएको छ । 

सन् २०२१ को डिभी चिट्ठाका लागि आवेदकहरूले फारम भर्न पाइने मितिभित्र www.dvlottery.state.gov मा गई डिभी चिट्ठाको आवेदन फारम भर्नुपर्नेछ । फारम भर्दा आफ्ना श्रीमान्–श्रीमती र फारम भर्ने मिति कात्तिक १९ गते राति १०:४५ बजेसम्म २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण अनिवार्य भर्नुपर्नेछ । श्रीमान्, श्रीमती र सन्तानको विवरण नभरी पेस गरिएको आवेदन मान्य हुँदैन । 

अघिल्लो बर्ष खिचिएको फोटो मान्य हुनेछैन भने चस्मा लगाएर खिचिएको तस्बिर पनि स्वीकार्य हुनेछैन । डिभीका लागि पेस गरिने तस्बिरले पनि अमेरिकी भिसाका लागि पेस गरिने तस्बिरसरहकै मापदण्ड पूरा गर्नुपर्छ । आवेदकले सम्पादन गरेको तस्बिर अयोग्य ठहरिनेछ वा भिसा जारी हुनेछैन । 

आवेदन दिने योग्यता माध्यमिक तहको शिक्षा वा त्यसको समानार्थ शिक्षा जसको अर्थ प्राथमिक र माध्यमिक गरी १२ वर्षे औपचारिक शिक्षा सफलताका साथ पूरा गरेको हुनुपर्छ । 

 डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । किनभने पछि डिभी परे नपरेको हेर्ने यही कन्फर्मेसन नम्बरबाट हो । तपाईलाई डिभी चिट्ठा पर्‍यो कि परेन भन्ने कुरा आगामी २०७७ साल वैशाख २३ गते (मे ५, २०२०) का दिन थाहा हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण