२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डन उडे

२०७६, ३ मंसिर मंगलवार ११:४६

मङ्सिर ३,एजेन्सी | पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका थिए | उनी चिकित्सकीय उपचारको लागि लण्डन उडेका छन् | पाकिस्तानका तीन पटकका प्रधानमन्त्री शरिफलाई रोग प्रतिरोधात्मक लगायत कयैन स्वास्थ समस्याले सताइरहेको थियो |

सोमबार इमरान खानको सरकारले अदालतको निर्णयलाई सदर गरेको थियो | शनिबार लाहोर उच्च अदालतले उनीमाथि कायम भ्रमण प्रतिबन्ध फुकुवा गरेपछि उनको विदेश यात्राको बाटो खुलेको थियो | यसअघि खानको सरकारले शरिफ विदेश जानको लागि ४.४ करोड अमेरिकी डलर जमानत राख्नुपर्ने माग गरेको थियो | त्यस विरुद्ध नवाजको परिवार अदालत गएको थियो |

अदालतले भने उक्त रकम जमानत नराखी विदेश उड्न सक्ने निर्णय सुनायो | अघिल्लो महिना नवाजको रगतको प्लेटलेट्सको मात्रा निकै कम भएको थियो । स्वस्थ मान्छेमा १,५०,००० हुनुपर्नेमा उनको रगतमा प्लेटलेट्सको संख्या १६ हजारमा झरेको थियो । 

त्यस्तै ६९ वर्षे नवाजलाई मुटुको समस्या छ जसको उनले औषधी सेवन गरिरहेका छन् । त्यसबाहेक उनमा मधुमेह र मिर्गौलाको समस्या पनि छ ।उनको उपचार गराउन संलग्न सरकारी र निजी दुवै चिकित्सकले उनको रोगको उपयुक्त उपचारको व्यवस्था पाकिस्तानमा नभएकाले विदेशमा उपचार गराउन सिफारिस गरेका थिए । शरिफ ‘सुविधासम्पन्न एयर–एम्बुलेन्स’मा दोहा हुँदै लण्डन गएका हुन् । शरिफको परिवारको लण्डनमा पनि घर छ । 

देशका धनाढ्य उद्योगपति परिवारका सदस्य शरिफमाथि प्रधानमन्त्री हुँदा भ्रष्टाचार गरेको मुद्दा परेको थियो । सन् २०१८ डिसेम्बरमा अदालतले उनलाई साउदी अरबमा रहेको स्टिल मिलको स्वामित्वसम्बन्धमा भ्रष्टाचार गरेको भन्दै सात वर्षको जेल सजाय दियो । 

सजायपछि शरिफले आफू निदोर्ष रहेको बताउँदै सेनाले आफूसँग राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका थिए । शरिफले अदालतसँग आफू चार हप्ताभित्र अथवा चिकित्सकले ठिक भएको प्रमाणित गरेपछि फर्कने प्रतिवद्धता जनाएका थिए | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस