Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बिराटनगर विमानस्थलमा ३ घण्टा, विमानस्थलभित्रै कालोबजारी (यात्रा स्मरण)

By साझासवाल 18 मिनेट पढाइ

पढ्न करिब 7 मिनेट लाग्छ
प्रकाशित:

अनिल अधिकारी | मङ्सिर ४, काठमाडौँ | देशकै गन्यमान्य मध्ये विमानस्थल मध्ये एक बिराटनगर विमानस्थल । नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये अर्को भद्रपुर विमानस्थल मर्मतको क्रममा रहेकोले कात्तिक २५ गतेदेखि विराटनगर विमानस्थल निकै व्यस्त छ । नियमित मर्मत सम्भारका लागि भद्रपुर विमानस्थल २६ कात्तिकदेखि ५ मंसिरसम्म बन्द गरिएको छ ।

मङ्सिर २ गते सोमबार बेलुका ५:४० बजे उडान गर्ने गरि बुद्ध एयरको टिकट काटेर झापादेखि बस चढेको म ५:१० मा हतार-हतार विमानस्थल छिरें । यात्रुहरुको चाप यति थियो कि म ४/५ मिनेट त्यसै अलमलिएँ । बिराटनगर विमानस्थलमा पहिलो पटक पुगेको मैले विमानस्थल भित्र मलाई आवश्यक सूचना लिने सुविधा पाइन । म उड्ने फ्लाइट कुन अवस्थामा छ ? डिले हुन्छ कि हुँदैन ? अहिले सेक्युरिटी चेकिङ कुन फ्लाइटको भईरहेको छ ? मेरो पालो कति बजे आउला ? आदि ।

बोर्डीङ पास लिँदै गर्दा स्पिकरमा अस्पष्ट आवाज आयो, के बोलेको भन्ने बुझ्न पनि अफ्ट्यारो पर्ने जस्तो आवाज आईरहेको थियो । नेपालीमा बोल्दै गरेकोले दोश्रो पटकमा मैले अलि-अलि बुझें तर म नजिकै भएको एक जना बिदेशी पर्यटक अक्क न बक्क परे । सायद उनले अंग्रेजी भाषा कुरिरहेका थिए । कहिले-काही अरुले लिएको बोर्डीङपास हेर्दै थिए । सायद उनि आफ्नो फ्लाइटबारे सूचना लिनको लागि कसैको मद्धत चाहन्थे ।

उनको हातमा बोर्डीङ पास थियो, उनि २ घण्टादेखि विमानस्थलमा फ्लाइट कुरिरहेका रहेछन् । मेरो जिज्ञाशापछि उनले प्लेन काठमाडौँबाटनै डिले भएकाले दुई घण्टादेखि कुरेको जानकारी दिए । बिग्रिएको जस्तो स्पिकरमा फ्लाइटको नम्बर अनुसार यात्रुहरुलाई जानकारी गराउँदा के बोलेको हो भन्ने राम्ररी बुझ्न अर्को पटकको निर्देशन सुन्नु पर्ने थियो वा कसैले बुझ्यो कि भनेर सोध्नुपर्ने थियो । कुनै बेला नेपाली भाषामा मात्र निर्देशन दिँदा बिदेशीहरु आफ्नो पालो आयो कि भन्दै चासो दिएको जस्तो मुद्रामा देखिन्थे ।

विराटनगर विमानस्थलमा मोनिटरिङ डिस्प्लेबाट सूचना दिने प्रविधि नचल्दा यात्रूहरुलाई असहज भएको मैले प्रत्यक्ष महशुस गरें । बोर्डीङ पास लिने ठाउँमा होस् वा सुरक्षा जाँच पछि पर्खने स्थानमा होस् कतै पनि यात्रुहरुको सूचना लिन सहज छैन । जहाजको अवस्थाबारे जानकारी लिनको लागि यात्रूहरुले सुरक्षाकर्मी वा अन्य यात्रूहरुलाईनै सोध्नु पर्ने बाध्यता छ । त्यसमा पनि विदेशी पर्यटक र सामान्य लेखपढ गरेको नागरिकलाई त झनै सांस्ती । केहि बिदेशी तथा स्वदेशी यात्रुहरुले आफू चढ्ने जहाजको वेबसाइटबाट आफ्नो फ्लाइटको स्थितिबारे जानकारी पाए पनि अधिकांशलाई त्यसमा जानकार छैनन् ।

एकजना विमानस्थलका कर्मचारी सूचना दिदै आए 'बुद्ध एयरको ७१२ नम्बरको फ्लाइट भएकाहरु सुरक्षा जाँचको लागि लाइनमा आउनुहोस् ।' सबै आफ्नो पालो आयो भन्दै हतार-हतार लाइन लाग्न पुगे । तर ति अघिका बिदेशीले के भनेको भन्ने नबुझेर अरुलाई सोध्दै थिए । सूचना दिनेले नेपाली भाषासंगै अंग्रेजी भाषाको प्रयोग नगर्दा उनलाई असहज भएको मैले महशुस गरें ।

यसरी हेर्दा विराटनगर विमानस्थलमा फ्लाइटबारे जानकारी दिने मोनिटरिङ डिस्प्ले मर्मतको आवश्यकता छ । विराटनगर विमानस्थल मात्र होइन सबै विमानस्थलमा यसको आवश्यकता हुन्छ ।  डिस्प्ले बोर्डले फ्लाइटको स्थितिबारे जानकारी दिँदा आफ्नो फ्लाइटको अवस्थाबारे यात्रूहरु आफैमा जानकार हुन्छन् र अनावश्यक हल्ला र भीड बढ्दैन । विमानस्थलमा रहेका कर्मचारीहरुले निर्देशनको सूचना दिँदा प्राय नेपालीमात्र बोल्दा बिदेशी पर्यटकहरुलाई सूचना पाउन अफ्ट्यारो परेको मलाई अनुभूति भयो ।

'मोनिटरिङ डिस्प्लेको सर्भरमा समस्या, नयाँ स्पिकर जडान गर्दैछौं' – निर्देशक सिटौला

यात्रूहरुले विमानस्थलमा अत्यावश्यक सूचना पाउन असहज भएको भन्ने बिषयमा बिराटनगर विमानस्थलका निर्देशक टेकनाथ सिटौलाले आफूहरुले त्यसको समाधानको प्रयास गरिरहेको बताएका छन् । उनका अनुसार विमानस्थलमा मोनिटरिङ डिस्प्ले राखिएको छ तर प्राविधिक कारण सर्भरमा समस्या आएकोले हाल संचालनमा नआएको हो । उनले उक्त मोनिटरिङ डिस्प्ले संचालनको लागि प्रयास भईरहेको जानकारी दिएका छन् ।

निर्देशक सिटौलाले यात्रुहरुलाई सूचना दिन प्रयोग भएको अर्को प्रविधि स्पिकर पुरानो भएकोले राम्रो नसुनिने कुरा स्वीकार्दै नयाँ स्पिकर जडान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विमानस्थल भित्र यात्रुहरुको गुनाशो बमोजिम सहज रुपमा सूचना प्राप्त गर्ने वातावरण प्रदान गर्न आफू तत्पर रहेको बताए ।

विमानस्थलभीत्र कालोबजारी

बेलुकाको ५:४० मा जहाज चढेर काठमाडौँ पुगिसक्नुपर्ने म ६:४५ बज्दा समेत आफ्नो फ्लाइट कुर्दै थिएँ । एक जना यात्रु गाडीमा गएको भए बरु बर्दीबास पुगिसक्ने रहेछौं भन्दै आफ्नो साथीसंग कुरा गर्दै थिए । म विमानस्थलको क्यान्टिन तर्फ छिरें । आदित्य कोल्ड सेन्टरले संचालन गरेको विमानस्थल चमेना गृहमा एउटा जुस मागें । रु. १०० दिएँ तर फिर्ता रु. ३० मात्र फिर्ता पाएँ । जुसकै मूल्य ७० ? मैले लिएको जुस बाहिर बजारको जस्तो होइनकि भन्ने शंका लागेर एमआरपी हेरें, जसमा स्पष्ट अधिकतम रु २५ लेखिएको थियो । बिमानस्थल भित्र झन्डै तीन गुणा महँगो ? क्यान्टिनवालाले मलाई फिर्ता दिन भुलेछ कि भन्ने सोचेर जुसको मूल्य सोधें । प्रतिक्रिया आयो '७० हो ।' मैले प्रतिप्रश्न गरें '२५ पर्ने जुसको ७० ?' क्यान्टिनवालाले भने '६० मा लैजानु न, भाडा महँगो तिर्नुपर्छ । बाहिरभन्दा महँगो भईहाल्छ नि !'

मैले अन्य सामानको मूल्य पनि सोधें सबैको मूल्य बाहिरि बजारमा भन्दा कुनैमा दोब्बर त कुनै तेब्बर थियो । विमानस्थल भित्र हुने कालोबजारी र ठगिको यो अहम रुप थियो । विमानस्थल भित्रको सामानमा ५/१० रुपयाँको महँगो सामान्य लागे पनि दोब्बर/तेब्बर मूल्य असामान्य नै हो । यस अधारमा विराटनगर विमानस्थलको क्यान्टिनमा ठगि भईरहेको स्पष्ट हुन्छ । किन महँगो भन्दा विमानस्थलले भाडा महँगो लिएको बाहेक अन्य कारण छैन । विमानस्थलले कति भाडा लिन्छ भन्नेतिर मैले प्रश्न गरिन । ऐनकै कुरा गर्ने हो भने बिराटनगर विमानस्थल भित्रको महंगी सिधै कालोबजारी हो । उपभोक्ता संरक्षण ऐन र कालोबजारी अनुसार कारबाही हुने हो भने उक्त ऐनले बिमानस्थल भीत्रको कालोबजारीमा संलग्नहरुलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने हो ।

विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा यसरी प्रत्यक्ष ठगी हुनु सामान्य कुरा होइन । चाहे फुटपाथ होस् चाहे विमानस्थल, नियम सबै ठाउँको लागि उस्तै हो । विपन्नता, दुरी र बिकटताको हिसावले हुम्लाको बिमानस्थलमा चर्को मूल्य तिर्नुपर्ने कुरा सामान्य मानिएला तर काठमाडौँ, बिराटनगर जस्तो महानगर भीत्रकै विमानस्थलमा यसरी खुलेयाम ठगि हुनु सामान्य मानिन्न ।

'हामी कारवाही गर्छौं' – निर्देशक सिटौला

विमानस्थल भित्रको क्यान्टिनमा कालोबजारी भएको र सामानमा मनपरी मूल्य लिने गरेको बिषयमा ध्यानाकर्षण गर्दा विमानस्थलका निर्देशक टेकनाथ सिटौलाले विमानस्थलको क्यान्टिनमा मूल्य सूची अनुसार सामान बेच्नुपर्ने नियम राखेको भएपनि क्यान्टिन संचालन् गर्नेहरुले नमानेको बताए । यात्रुहरुको अनुहार हेरेर सामान बेच्ने गरेको आफूले पनि गुनाशो पाएको बताउंदै यस बिषयमा आगामी बैठकमा क्यान्टिन संचालकलाई समेत राखेर स्पष्टिकरण लिने उनले बताए । उनले विमानस्थलले निर्धारण गरेको मूल्य भन्दा बढी लिएको अवस्थामा क्यान्टिन संचालकलाई कारवाही गर्ने बताए । एउटा अधिकतम २५ रुपयाँ पर्ने जुसको मूल्य ७० रुपयाँमा बेचिन्छ नि, विमानस्थलले निर्धारण गरेको मूल्यनै त्यहि हो कि ? भन्ने प्रश्नमा सिटौलाले आफूहरुले निर्धारण गर्ने मूल्य त्यति धेरैको फरक नपर्ने बताए । विमानस्थल भित्र सामान खरिद गर्दा बाहिरको भन्दा केहि मूल्य बढी तिर्नुपरे पनि दोब्बर/तेब्बर मूल्य तिराउन नपाइने उनले बताए ।

विमानको ट्राफिक जाम

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पछिल्लो समय व्यस्तताको उच्च बिन्दुमा छ । जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था हुँदा बिमाननै जाममा पर्ने र डिले हुने समस्या छ । एयर ट्राफिक कन्ट्रोलर (एटिसी)को निर्देशन अनुसार विमान उडान भर्नुपर्ने भएकाले बिमान डिले हुने वा आकासमै जाममा पर्ने गर्छन् ।  विराटनगरबाट उड्ने अधिकांश विमान डिले हुने गरेको भन्दै एक यात्रु जंगिदै थिए । सोमबार त्यस्तै भएको थियो । उडान समय भन्दा दुई घण्टा पछि उडान पालो आउने जानकारी पाएका कारण आफ्नो समय अगाबै विमानस्थल पुगेका यात्रूहरु तनाब मुद्रामा देखिन्थे ।

म आफै पनि थकित थिएँ । ५:४० मा विराटनगरबाट विमान चढेर ६:१० मा काठमाडौँमा अवतरण हुनुपर्ने म ७:१५ सम्म विराटनगर विमानस्थलमै थिएँ । ७:२१ बजे विमान चढेपछि एयर होस्टेसले अबको ३५ मिनेटमा हामी काठमाडौँमा अवतरण हुनेछौं भन्ने सूचना दिइन् तर प्लेन भने आकासमै १५ मिनेट भन्दा बढी फन्को मारेपछि झन्डै ५० मिनेट भन्दा बढी समय लगाएर अवतरण भयो । केहि यात्रुहरु 'यस्तो पनि हवाई यात्रा !' भन्दै प्लेनबाट आक्रोशित मुद्रामा निस्कदै थिए ।