२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

युवापुस्तामा सीप हस्तान्तरण नहुँदा सारङ्गीको धुन लोभ हुँदै (भिडियोसहित)

२०७६, १९ मंसिर बिहीबार १४:४८

……………………………यसरी गाँउदै र बजाउदै हिड्ने सारङग्री दार्इहरु हिजो आज गाँउ शहरमा देखिन्न छाडेका छन। आकल झुक्ल देखिने यस्ता सारङगी बादकहरु आफ्नो पेशामा अडिन नस्कनु नै मुख्य समस्या भएको छ। कुनै दिन बम्बई गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फुक्लानको टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेको खबरको वाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गन्धर्व हिजोआज देखिन छाडेका छन् । 

देशविदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायत भाखामा खबर दिँदै घुम्ने गन्धर्वहरु लोप हुँदैछन् । सारङ्गीको धुनमा घटनाक्रमलाई सिलसिलेवार कलात्मक ढंगबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउथे । गीत संगीतका माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचीत बनाउने गन्धर्वका सारङ्गी हिजोआज गाउँघरमा गुञ्जन छाडेका छन् । 

सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र सञ्चार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोबाइलजस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँघरमा गाइने खबरमूलक मर्मस्पर्शी हृदय विदारक गीत गुञ्जन छाडेका छन् । 

गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गन्धर्वको अभाव खड्किरहेका बेला पुर्खेली जातीय पेशालाई निरन्तरता दिँदै जीवनयापन गरेका छन् केही गन्धर्वले ।

बागलुङमा जिल्ला गलकोट नगरपालिका घर भइ हाल बागलुङ बजारमा बस्दै आएका राजेश गन्धर्वले परम्परागत जातीय पेशाबाट आफ्नो चार जना परिवारको गर्जो टार्ने गरेका छन् । 

काँधमा निलो जेब्रा झोला, शिरमा ढाकाटोपी, गलामा सारङ्गी भिरेर बागलुङ, पर्वत र म्याग्दीका विभिन्न भागमा घुम्ने राजेशले दैनिक रु २००र३०० आम्दानी हुने बताउनुहुन्छ । सूचना र मनोरञ्जनका श्रव्य, दृष्य सामग्रीको सुलभ उपलब्धताले सारङ्गीको महत्व ह्वात्तै घटेको छ । टोपबहादुरले भन्नुभयो, “सञ्चार प्रविधिमा भएको विकासले हाम्रो पेशा संकटमा प¥यो । सञ्चार माध्यमले सारङ्गीको महत्वलाई उचित स्थान नदिए सारङ्गी नै लोप हुनेछ ।” “कला संस्कृतिको धनी देशमा मौलिक संस्कृति लोप हुनु राम्रो होइन”– गन्धर्वले भन्नुभयो, “यसको संरक्षण र संवद्र्धनमा सबैले ध्यान दिनुपर्छ ।” 

समाजमा हुने जातीय विभेद, तथा हत्या, हिंसा, लगायत समसामायिक बिषयबस्तुमा आधारित रहेर गन्र्धव जातीले गितको माध्यमबाट समाजमा चेतना फैलाउने काम गर्दथे।

तर हिजो आज राजनितिक परिर्वतन संगै फेरीएको व्यवस्थाले यि सबै गित संगित हराउदै गएको उहाँको भनाई छ। गन्धर्ब समुदाय नेपालमा सांगितिक समाचार बाचकको रुपमा परिचित थिए।

कुनै समय देशमा घटेको घटनालाइ टपक्क टिपेर गित बनाएर सुनाउदै हिड्ने यी साँगितिक समाचार बाचकहरुको भरमा दुनियाँले घट्ना थाहा पाउंथे।

हिजोआज रेडियो टेलिभिजन पत्रपत्रीका र अन्य सन्चार माध्यमका कारण सारङ्गी बाधकहरु ओझेलमा परेका छन।

तर समाजको ईतिहास बताउनेहरु कै अहिले ईतिहास अर्कैले बताइदिन पर्ने अबस्था सम्म आएको छ।

नेपाली संस्कृतिको महत्व र विरताको गाथा बोकेको सारङ्गीलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । सांगीतिक कक्षाको पाठ्यक्रममा सारङ्गी बाजालाई समावेश गरे सारङ्गीले जीवन्तता पाउने बुद्धिजीविको भनाइ छ । युवा वर्गमा जातीय पेशाप्रति हिनताबोध र वैदेशिक रोजगारको प्रतिस्पर्धाले गन्धर्व पेशा संकटमा पर्दै गएको बताइएको छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत