२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

धौलागिरीका चारै जिल्ला हिउँले सेताम्मे [भिडियो सहित]

२०७६, १९ पुष शनिबार ०८:११



हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ । गत शुक्रबार देशभरका अधिकांश हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातसँगै चिसो ह्वात्तै बढ्यो  तर कृषकहरु भने हिमपातसँगै खुसि भएका छन् । हिमपात भएपछि सिचाइको अभाव भएका उच्च पहाडी भेगका कृषकहरु हिउँदेबाली राम्रो हुने भन्दै हर्षित भएका हुन् ।

पर्वत जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । विहिबार विहानदेखि बर्षात हुन थालेपछि यो क्षेत्रको मौसम चिसो बन्दै गएको थियो । शुक्रबार दिउँसो देखि जिल्लाका उच्च क्षेत्रमा हिमपात शुरु भएको छ । शनिबार जिल्लाका उच्च पहाडी क्षेत्रमा भारी मात्रामा हिमपात परेको हो।

हिउँका कारण जिल्लाका विभिन्न ठाउँमा रहेका डाँडाहरू सेताम्मे भएका छन् । जिल्लाका लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरूमा बाक्लो हिउँ परेको छ ।

जलजला गाउँपालिका ९ बनौका वडा अध्यक्ष गौ बहादुर पुनले हिमपात भएसँगै कृषकहरु खुसि भएको बताए । गत वर्ष पनि यसै समयमा हिउँ परेको थियो । अहिले पनि हिउँ परेको छ । हिउँसँगै हिउँदे अन्नबाली राम्रो हुने भन्दै स्थानीय कृषक खुसि भएका छन् उनले भने ।

बनौं आलु उत्पादनको पकेट क्षेत्र हो । हिउँ परेस्रँगै आलु कृषकहरु भने सिचाई भएको र उत्पादन राम्रो हुने भन्दै खुसिभएका छन् ।  त्यहाँ तरकारीको लागि पनि राम्रो क्षेत्र मानिन्छ । बनौसँगै जलजलाका लेखफाँट, शालिजा, बाँसखर्क, हम्पालको लेक हिउँले सेताम्मे भएका छन् । त्यस्तै मोदी गाउँपालिकाको क्याङ, भुकताङ्ले, माटेको लेक, चित्रेको पञ्चासेमा पनि हिउँ परेको छ । हिउँ परेसँगै कृषकहरु हर्षित बनेका छन् । मोदीको क्याङ र भुकताङ्ले आलु र तरकारी उत्पादनको लागि राम्रो क्षेत्र मानिन्छ ।

फलेवास नगरपालिकाको चिसापानी, डहरेको लेकमा पनि हिमपात भएको छ । जिल्लाका अधिकांश उच्च क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण कतिपय ग्रामीण बस्तीहरुको जनजीवन भने प्रभावित भएको छ । दिउँसो देखि परेको हिमपातका कारण पशु चौपायहरु र वालबालिका बढि प्रभावित भएका छन ।

धौलागिरीका चारै जिल्लामा भारी हिमपात भएको छ । बागलुङ, ्रम्याग्दी , मुस्ताङमा पनि भारीमात्रामा हिमपात भएको छ । हिमपातले मुस्ताङ सेताम्मे बनेको छ भने बागलुङ र म्याग्दीको माथिल्लो भाग सेताम्मे बनेका छन् । हिउँ परेसँगै कृषकहरु खुसि भएका छन् भने हिउँ खेल्नेहरुको उच्च पहाडी भेगमा भीड लागेको थियो ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस