कात्तिक १६, धादिङ । खाना पकाउने ग्यासको देशभरि नै हाहाकार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १६, धादिङ । खाना पकाउने ग्यासको देशभरि नै हाहाकार"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

गोबरग्यासको प्रयोगले ग्यास अभावको असर परेन

२०७३, १३ असार सोमबार १६:५३

कात्तिक १६, धादिङ । खाना पकाउने ग्यासको देशभरि नै हाहाकार भइरहेका बेला मध्यधादिङ साङ्कोषका स्थानीयवासीलाई भने बजारमा ग्यासको अभाव भएको अनुभूति नै भएको छैन ।

केही समयअघि साङ्कोष गाउँका अधिकांश घरमा गोबर ग्यासको प्लान्ट बनाएका कारण उनीहरु अहिले पनि ढुक्क छन् ।

भारतले गरेको नाकाबन्दीका कारण खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेपछि साङ्कोषको यो बस्तीको सबैजसो घरमा भएका गोबर ग्यास सञ्चालन गर्न थालिएको छ । उनीहरुले बन्द गरेको गोबर ग्यास प्लान्टलाई पनि पुनः सञ्चालनमा ल्याएको स्थानीयवासी हरि घिमिरेले बताए । यो क्षेत्रमा करिब १५० को सङ्ख्यामा गोबर ग्यास सञ्चालनमा रहेको छ ।

नाकाबन्दीले गर्दा बजारमा भएको ग्यास अभावको प्रभाव शून्य रहेको र गाउँवासीलाई ग्यास अभावले कुनै समस्या नपरेको शिव सापकोटाको भनाइ छ ।

पहिले गाईबस्तुलाई कुँडो पकाउन मात्र प्रयोग गर्ने गोबर ग्यास अहिले घरमा सम्पूर्ण खाना पकाउने काममा प्रयोग हुन थालेको छ । विशेष गरी सदरमुकाम डेरा गरी बस्ने र होटल व्यवसाय गरी बस्नेहरु खाना पकाउने ग्यासको अभावका कारण मर्कामा परेका छन् ।

घर भाडामा बस्दा घरवालाले कोठामा दाउराको चुलो बाल्न नदिएपछि डेरा गरी सदरमुकाममा पढ्न बसेका विद्यार्थी र कर्मचारीले समस्या झेल्दै आएको बताएका छन् ।

अहिले धादिङको सदरमुकाम आसपासका ग्रामीण क्षेत्रमा भने गोबर ग्यासको प्रयोग बढेसँगै सदरमुकामका घरहरुमा भने दाउराको प्रयोग बढेको छ । धादिङ सदरमुकामका अधिकांश नागरिकले इन्धन बचाउनका लागि पनि दाउरा र बायो ग्यासको प्रयोग गरेका छन् ।

गोबर ग्यास र दाउरामा खानेकुरा पकाउँदा केही समय भने बढी नै लाग्ने भए पनि खाना भने स्वादिलो हुने गाउँवासीले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस