२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाले ल्यायो नयाँ नीति:गर्भवती महिलालाई भिसा नदिईने

२०७६, १० माघ शुक्रबार ०८:३१

माघ १०, एजेन्सी | शुक्रबारदेखि अमेरिकाले नयाँ नीति ल्याएको छ | अमेरिकाको विदेश मन्त्रालयले गर्भवती महिलाहरू बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम ल्याएको  हो | जसले बर्थ टुरिजम’(जन्म पर्यटन)लाई रोक्ने भएको छ |

गर्भवती महिलाले अमेरिकाको भिसा (प्रवेशाज्ञा)का लागि आवेदन दिँदा त्यहाँ जान बच्चा जन्माउने बाहेक अन्य काम देखाउनु पर्नेछ | अमेरिकी अधिकारीका अनुसार उक्त नियम आजदेखि लागु भएको छ | यस अघि अमेरिकामा जन्मिने बच्चाले त्यँहाको नागरिकता पाउने व्यवस्था थियो |

नयाँ नियम अनुसार प्रमाणित भिसा हुनुपर्नेछ | कुनैपनि व्यक्तिको अमेरिका भ्रमणको उद्देश्य त्यहाँ बच्चा जन्माउने मात्रै रहेको छ भने अमेरिकाले अब भिसा नदिने भएको हो | यो नीतिले  स्वास्थ्य उपचारका लागि अमेरिका जान चाहनेहरूलाई पनि भिसा प्राप्त गर्न गार्‍हो हुने बताइएको छ |

स्वास्थ्य उपचारका लागि अमेरिका जान चाहनेहरूले अब त्यहाँको उपचार खर्च बेहोर्न सक्ने हैसियत देखाउनुको साथै अमेरिकी चिकित्सकको व्यवस्था गरेको देखाउनु पर्नेछ | अमेरिकी रकम दुरुपयोग नाहोस भन्ने उदेश्यले उक्त नियम लागिगरिएको अधिकारीहरुले जनाएका छन् |

सन् २०१७मा विदेशी आमाबाट अमेरिकामा १० हजार बच्चा जन्मेका थिए भने दश वर्ष अघि सन् २००७ मा सो संख्या ७ हजार ८सय रहेको थियो | २०१६ र २०१७को बीचमा ३३ हजार बच्चा अस्थायी पर्यटकका जन्मेको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस