पर्वत । जिल्लामा नयाँ ब्यबसायिक लगानीका क्षेत्रको खोजी गर्न पहिलो पटक लगानी बहस कार्यक्रम कुश्मामा गरिएको छ ।

पर्वत उद्योग बाणिज्य संघको अगुवाईमा  जिल्लामा लगानी सम्भावनाको बहस  गरीएको हो । पछिल्लो समयमा साहसिक पर्यटनको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा नयाँ ब्यबसायिक लगानीका क्षेत्रको खोजी गर्न पहिलो पटक लगानी बहस कार्यक्रम कुश्मामा गरिएको छ ।

पर्वत उद्योग बाणिज्य संघको अगुवाईमा  जिल्लामा लगानी सम्भावनाको बहस  गरीएको हो । पछिल्लो समयमा साहसिक पर्यटनको "/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा लगानी बहस, सुनको थाल थापेर भिक माग्ने (भिडियो )

२०७६, १७ माघ शुक्रबार ०६:१७


पर्वत । जिल्लामा नयाँ ब्यबसायिक लगानीका क्षेत्रको खोजी गर्न पहिलो पटक लगानी बहस कार्यक्रम कुश्मामा गरिएको छ ।

पर्वत उद्योग बाणिज्य संघको अगुवाईमा  जिल्लामा लगानी सम्भावनाको बहस  गरीएको हो । पछिल्लो समयमा साहसिक पर्यटनको गन्तब्य बन्दै गएको पर्वतमा थप लगानीका क्षेत्रहरुको खोजी र लगानीको सुनिश्चिता गर्न बहस कार्यक्रम आयोजना गरिएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो । 

पर्वतमा खानी उद्योग सञ्चालन, पर्यटन उद्योग, तथा कृषिजन्य उद्योग तथा जलबिद्युतका क्षेत्रमा नयाँ लगानी भित्याउने उद्देश्य राखिएको छ ।

लगानी बहस कार्यक्रममा नेपाल भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक तथा नेपाल उद्योग बाणिज्य महासंघका पुर्वअध्यक्ष सुरज बैध, पुर्वअध्यक्षहरु बिनोदबहादुर श्रेष्ठ तथा कुशकुमार जोशी सहभागी थिए । उनीहरुले जिल्लाका व्यवसायीहरुलाई पहिले आफै लगानी गर्न सुझाब दिएका छन् । उनीहरुले जिल्लामा पहिचान भएका लगानीका क्षेत्रमा  आफै लगानी गरे आफूहरुले सहयोग गर्ने बताए ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सुनको थाल थापेर मगन्तेको झै भिक माग्न नहुने बताएका छन् । हामीसँग भएका लगानीको क्षेत्रको पहिचान गरी आर्फैले लगानी गर्न सके त्यसको फाइदा आफैलाई हुने बताउँदै उनले  यस्तो बताएका हुन् । आफूले लगानी गर्न डराउने र अरुलाई लगानी गर्नको लागि हारगुहार गर्नु उचित नभएको भन्दै पहिले आफैले लगानी गरेर अरुलाई लगानीको वातवरण बनाउन समेत उनले सुझाए ।

प्रतिनिधिसभा सदस्य पदम गिरीले जिल्लामा भएका लगानीका क्षेत्रको पहिचान गरी त्यसमा लगानी गर्नको लागि राज्यले आवश्यक प्रर्वद्धन मिलाउने बताए । 

बहस कार्यक्रममा पर्वतको फलामखानी उत्खनन र माटेमा रहेको स्टेल ढुंगाखानी, कुस्माबजार र आसपास रहेका पर्यटकीय क्षेत्रमा सिसाको पुल, रक क्लाइमबिङ्ग, हेलिकप्टर, अल्ट्राईट जस्ता साहसिक पर्यटनका थप पुर्वाधार र होटल रिर्सोटमा लगानी, पर्यटकीय क्षेत्रहरुमा केवलकार बनाउने, लप्सी प्रशोधनका ठुलो उद्योग सञ्चालन गर्ने र कालीगण्डकी र मोदीखोलामा थप जलबिद्युत आयोजनाहरुको बिकासका लागि लगानीको खोजी गरिएको थियो ।

पर्वत जिल्ला पोखराबाट नजिक रहेको , कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको ट्रान्जिट प्वाइन्टमा रहेका कारण उद्योगहरुको स्थापना, खानी उद्योगको सञ्चालन, पर्यटनका नयाँ नयाँ गन्तब्यको बिकास गर्न सकिने संभावना छ । पर्वतका कालञ्जर क्षेत्र, कुस्मा क्षेत्र, पञ्चासे, डहरे, महाशलिा क्षेत्र र कालीगण्डकी किनारमा धेरै पर्यटकीय संभावना भएकाले साहसिक र धार्मिक पर्यटनको बिकास गर्न सकिन्छ । यस बाहेक लागनीका अध्यक्ष क्षेत्रका बारेमा पनि बहस कार्यक्रममा छलफल हुने र लगानीको आश्वासन समेत आउने बिश्वास लिएको अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस