२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरसबाट ४ सय ९० जनाको मृत्यु, एकैदिन ४ हजार संक्रमित थपिए

२०७६, २२ माघ बुधबार ०५:३३

माघ २२, एजेन्सी | चिनको वुहानबाट सुरुभएको कोरोना भाइरसले विश्व्यापी महामारीको रुप लिएको छ | यो भाइरसबाट ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ | हिजोमात्रै चिनमा ६५ जनाको मृत्यु भएको छ | हालसम्म ४ सय ९० जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ |

नोवेल कोरोनाभाइरस संक्रमितको संख्या २४ हजार ३ सय २४ जना सम्म पुगिसकेको छ | हिजो मात्रै  ३ हजार ८ सय ८७ जना नयाँ संक्रमित भेटिएका छन् | हुवेई प्रान्तको राजधानी वुहानबाट डिसेम्बर अन्तिम सातादेखि फैलिएको कोरोनाभाइरसले आइतबारसम्म ३ सय ६१ जनाको ज्यान लिएको छ। १७ हजार २ सय पाँच जना बिरामी परेका छन् | चिनबाहिरै पनि फिलिपिन्स हंकंगमा एकएक जनाको ज्यान गइसकेको छ | हालसम्म विश्वका दुई दर्जन भन्दा बढी देशमा यो भाइरसको संक्रमण भेटिसकेको छ | 

भाइरस यति रहस्यमयी छ कि यसको ठ्याक्कै नाम के राख्ने भन्ने पनि वैज्ञानिकहरूले मेसो पाउन सकेका छैनन् | सन् २०१९ मा सुरू भएकाले कतिपयले यसलाई nCoV-2019 भनेका छन्। त्यो भनेको नोवेल कोरोनाभाइरस २०१९ को छोटो रूप हो | 

कोरोनाभाइरस पहिला जनावरमा देखिने गरेको थियो | सुक्ष्म रूपमा नियाल्दा यो भाइरस ताज (क्राउन) जस्तै देखिने भएकाले कोरोनाभाइरस भनिएको हो | विश्व स्वास्थ्य संगठनले समेत विश्व स्वास्थ्य संकटका घोषणा गरिसकेको छ | विश्वका धेरै देशहरुले चिनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गरिसकेका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस