२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कोरोना सङ्क्रमित अमृत शाही २९ दिनपछि निको भई घर फर्किए

२०७७, ९ बैशाख मंगलवार १५:१६

वैशाख ९, कैलाली | कोरोनाको सङ्क्रमण भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थप एक जना पुरुष आज अस्पतालवाट डिस्चार्ज हुनुभएको छ । 

लगातार दुई पटक गरिएको नमूनाको परीक्षणवाट नतिजा ‘नेगेटिभ‘ आएपछि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५का युवकलाई आज डिस्चार्ज गरिएको अस्पतालमा प्रवक्ता डा जगदीश जोशीले जानकारी दिनुभयो । 

डिस्चार्ज हुनेमा ३४ वर्षीय अमृत शाही हुनुहुन्छ । दुबईबाट नयाँ दिल्ली र काठमाडौँ हुँदै आफ्नो घर धनगढी पुग्नुभएका उहाँलाई कोरोना सङ्क्रमित भएको पुष्टि भएपछि गएको चैत्र ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको पहिलो सङ्क्रमित व्यक्तिको रुपमा उपचारका लागि उहाँ सो अस्पतालमा भर्ना हुनुभएको थियो ।  कोरोनाको सङ्क्रमण भई सोही अस्पतालमा उपचाररत कैलालीको लम्की चुहानगरपालिकाका २१ वर्षीय राज विकलाई यही वैशाख ७ गते अस्पतालबाट डिस्चार्ज गरिएको थियो । 

योसँगै सो अस्पतालमा कोरोनाको उपचारपछि घर फर्किनेको सङ्ख्या दुई पुगेको छ । सो अस्पतालमा  कञ्चनपुर बेदकोट नगरपालिकाका एक पुरुष र कैलाली लम्की चुहा नगरपालिकाकी एक र अर्को एक महिलासहित तीन जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । उहाँहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

अस्पतालले आज प्रकाशित गरेको सूचनामा अस्पतालमा कोभिड—१९ बाट सङ्क्रमितको उपचारका लागि दुई वटा भेन्टिलेटर पाँच श्ययाको छुट्टै आइसियु (सघन उपचार कक्ष) सेवा आजैबाट सञ्चालन गरिएको उल्लेख गरिएको छ । यसै गरी विगतदेखि नै सञ्चालनमा रहेको एक भेन्टिलेटर पाँच श्ययाको आइसियुमा हाल दुई वटा भेन्टिलेटर थप गरिएको सूचनामा जनाइएको छ । भेन्टिलेटरसहित नौ श्ययाको ‘एनआइसियु‘ सेवा भने अस्पतालमा विगतदेखि नै सञ्चालनमा छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस