Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हेटौँडामा झुण्डिएको अवस्थामा भेटिए काठमाण्डौँका सुरज ।

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>असोज ७&nbsp;<br></p><p>हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १० मेन रोडमा रहेको होटल लिडोमा एकजना युवक मृत फेला परेका छन् । काठमाण्डौँ लिल्लाका २७ वर्षीय सुरज केसी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । असोज ६ गते लिडोमा बसेका उनी आज आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभयो । उनको परिवारलाई घटनाको जानकारी दिइसकेको र आत्महत्याको कारण खुलिनसकेको रानाले बताउनुभयो । कोठामा कुनैपनी सुसाईड नोट नभएको समेत प्रहरीले जनाएको छ ।</p>