२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पृथ्वीको नजिक आयो मंगल ग्रह, आज बेलुका ८:०३ बजे हेर्नुहोस्

२०७७, २० आश्विन मंगलवार ०५:४६

असोज २०, काठमाडौँ | मंगल ग्रह अहिले पृथ्वीको नजिक आइपुगेको छ । सन २००३ पछि मंगल ग्रह पहिलो पटक पृथ्वीको नजिक आएको र अब १५ वर्षपछि मात्रै  मंगलग्रह पृथ्वीको अहिलेको जस्तो नजिकको दुरीमा आउने वैज्ञानिकहरुले बताएका छन् ।

अक्टोबर महिनाको हरेक रातभर मंगलग्रह पृथ्वीबाट स्पष्ट रुपमा देख्न सकिन्छ । हरेक बेलुका पूर्वबाट देखिने मंगल ग्रह सबेर बिहान पश्चिम तिर देखिन्छ ।

रातिको समयमा आकाशमा हेर्दा रातो तारा देख्नु भयो भने त्यो नै मंगल ग्रह हो । सधैँ यो रातो तारा यसरी स्पष्ट पृथ्वीबाट देख्ने अवसर पाउनुहुनेछैन । 

मंगल ग्रह मंगलबार बेलुका ८ बजेर तीन मिनेट जाँदा पृथ्वीबाट सबैभन्दा नजिक आउने छ । त्यसबेला मंगल ग्रह पृथ्वीबाट ३८,५८६,८१६ माइलको दूरीमा हुन्छ । यसपछि सन् २०३५ सम्म मंगल ग्रह पृथ्वीबाट यति नजिक हुँदैन ।


सन् २००३ मा मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो, त्यो बेला मंगल ग्रह र पृथ्वीबिचको दूरी ३४.६५ मिलियन माइल थियो ।

आउँदो हप्ता पृथ्वी मंगल ग्रह र सूर्यको बिचमा पर्ने छ । मार्स अपोजिसन भनिने यो अवस्था अक्टोबर १३ मा हुनेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार सो दिन मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ ।

मंगल ग्रह र पृथ्वीले पूर्ण वृत्तमा परिक्रमा गर्दैनन् । उनीहरुको परिक्रमा चक्र ओभल जस्तो छ।

उदहारणका लागि पृथ्वीले सूर्यलाई परिक्रमा गर्नका लागि ३६५ दिन लगाउँछ । मंगल ग्रहलाई परिक्रमा पूरा गर्नका लागि ६८७ दिन लाग्छ । जब पृथ्वी सूर्यको नजिक पुग्छ तब मंगल ग्रह पर जान्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु