२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जितनको जीवनमा नयाँ बिहानी आएको अनुभूति

१३ कार्तिक २०७७, बिहीबार ०९:२७

कात्तिक १३, लहान | अनुहार मलिन र चिन्तित मुद्रामा देखिने सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसवलपुरका जितन सदाको अनुहारमा अचेल छुटै रौनक र चमक देखिन्छ । बर्षौंदेखि साहुमहाजनमा हरवा चरवाको रुपमा काम गर्दै आएका सदा साहुबाट मुक्त भएपछि जीवनमा छुट्टै आनन्दको अनुभूति गरिरहनु भएको छ । “बाबु साहुमा खेतीपाती गर्न हरवाको रुपमा काम गरिरहँदा म गाई गोरु चराउने गोठालोको काम गर्दै आए”, सदाले भन्नुभयो,“ अहिले साहुबाट हरवा चरवाबाट मुक्त भएकाले जीवनमा छुट्टै आनन्दको अनुभूति भइरहेको छ ।” अहिले स्वतन्त्र भएर बाँचिरहेको महसुस भइरहेको उहाँको अनुभव छ ।

“गाउँका जमिन्दार राजदेव चौधरीको घरमा हरवा चरवाको रुपमा काम गर्दा दासत्वको अनुभूति भइरहेको थियो”, ५५ वर्षीय सदाले अगाडि थप्दै भन्नुभयो,“ पहिला जीवन कसैको अधिनस्तमा भने अनुभूति भइरहेको थियो, अहिले नयाँ जीवन पाएको महसुस भइरहेको छ ।” 

पहिला साहुको खेतमा मजदुरी गर्ने सदा अहिले आफू मालिक भएको अनुभव सुनाउनुहुन्छ । “पहिला घाम र पानीलाई पर्वाह नगरी मरिमरी साहुको खेतबारी र घरमा काम गर्नुपर्दथ्यो”, उहाँले भन्नुभयो, “अहिले साहुबाटै बटैयाँ र ठेक्कामा १० कठ्ठा जग्गा लिएर आफैँ खेती गर्दै आएका छौँ ।” यसबाट छुटै आनन्दको अनुभूति भइरहेको उहाँको कथन छ ।  

समाजमा कारुणिक दासत्वको जीवन बिताउँदै आएका शम्भुनाथ नगरपालिका–९ बसवलपुरकै मुक्ति सदालाई यतिबेला फरक अनुभव भइरहेको छ । गाउँकै साहुमा खेतीपाती र गोठालोको काम गर्दै आएका मुक्तिको जीवनमा अहिले आमूल परिवर्तन आएको छ । 

“पहिलाको भन्दा अहिले समय धेरै परिवर्तन भइसकेको छ”, मुक्तिले भन्नुभयो,“ बाबुले लिएको ऋण तिर्न नसक्दा म पनि साहुकोमा हरवाही बस्नुपर्ने स्थिति थियो, तर अहिले साहुबाट मुक्त भएर स्वतन्त्र जीवनमा बाच्न पाउँदा औधिखुशी लागेको छ ।” निरक्षर रहेका मुक्तिले यो जीवनमा साहुबाट मुक्ति मिल्छ भने विश्वासै थिएन् तर मुक्ति पाइयो यसबाट आफू मात्रै होइन, पूरै परिवार मुक्तिको अनुभूति गरिरहेको उहाँले बताउनुभयो । 

जितन र मुक्तिको अनुहारमा आएको चमक र सुखी कुनै अदृश्य शक्तिको प्रभावबाट नभई सामाजिक अभियानबाट आएको हो । पुस्तौपुस्ता दासत्व जीवन बिताउँदै आएका हरवा चरवालाई लक्षित गरी द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले “सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तीकरण कार्यक्रम” को सकारात्मक प्रभावबाट हरवा चरवाको जीवनमा सुखीयाली आउन थालेको छ । 

जिल्लाको शम्भुनाथ नगरपालिकाको विभिन्न वडामा रहेका हरवा चरवा परिवारलाई सङ्गठित गर्दै मुक्ति अभियान नै चलाएपछि विस्तारै हरवा चरवा आफ्ना हक अधिकारको खोजी गर्नुका साथै साहुमहाजन पनि परिवर्तनलाई आत्मसात् गर्न थालेको शम्भुनाथ नगरपालिका–५ का वडाअध्यक्ष हिरणकुमार चौधरीले बताउनुभयो । 

“पहिला साहुहरुको सामुनेमा बोल्नसमेत डराउने र लजाउने हरवा चरवा अहिले खुलेर आफ्नो सवालमा बहस गर्न थालेका छन्”, वडाध्यक्ष चौधरीले भन्नुभयो,“ विस्तारै सरोकारवालाहरु पनि हरवा चरवाको सवालमा सकारात्मक बन्दै गएकाले हरवा चरवाको जीवनमा परिवर्तन आउन थालेको छ ।” हरवा चरवा परिवारका बच्चाहरु विस्तारै विद्यालय जान थालेको र उहाँहरु पनि अहिले सङ्गठित भएर अधिकारको खोजी गरिरहेको यही कार्यक्रमको उपलब्धि भएको वडाध्यक्ष चौधरीको कथन थियो । 

शैक्षिक, आर्थिक र सामाजिकलगायत हरेक पक्षबाट पछाडि परेका हरवा चरवालाई सशक्त बनाउन विगत चार वर्षदेखि अभियानकै रुपमा कार्यक्रम चलाएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले बताउनुभयो । 

“यही कार्यक्रमअन्तर्गत शम्भुनाथ नगरपालिकाको १२ वटै वडामा हरवा चरवा परिवारलाई समेटेर समूहहरु बनाएका छौँ”, कार्यक्रम संयोजक चौधरीले भन्नुभयो,“ गठन भएका समूहका सदस्यले बचत गर्ने र आवश्यकतानुसार ऋणसमेत लगानी गरिरहेका छन्, यसबाहेक सामाजिक विकासका अन्य कार्यसमेत गर्दै आएका छन् ।” यसबाट हामी पनि थप उत्साहित भएर कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइरहेको उहाँको भनाइ थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता