२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ विश्वभर कोरोनाको अवस्था

२०७८, ५ बैशाख आईतवार ०९:३४

वैशाख ५, काठमाडौँ । विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको विवरण अनुसार कोरोनाभाइरसको महामारीबाट १४ करोड १५ लाखको हाराहारीमा मानिस सङ्क्रमित भएका छन् । 

सन् २०१९ को डिसेम्बरमा चीनको उहान शहरमा देखा परेको भनिएको कोरोनाभाइरसबाट सर्वाधिक असर युरोप र अमेरिकामा परेको भेटिएको छ । विश्वभर अझै पनि सक्रिय सङ्क्रमितको संख्या एक करोड ८४ लाख छ जसमा मध्यम किसिमका लक्षण भएकाहरु एक करोड ८२ लाख छ भने गम्भीर अवस्थामा उपचार गराइरहेकाहरु एक लाख सात हजार छन् । 

कोरोनाभाइरस सङ्क्रमितमध्ये झण्डै १२ करोड मानिस सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये करिब २ प्रतिशत अर्थात् ३० लाख २३ हजारको मृत्यु भएको छ । 

पछिल्ला विवरणमा संयुक्तराज्य अमेरिका कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित छ । अमेरिकामा हालसम्म तीन करोड २३ लाख सङ्क्रमित भएकामा ५ लाख ८० हजारको मृत्यु भएको छ । दोस्रो स्थानको ब्राजिलमा एक करोड ३९ लाख सङ्क्रमितमध्ये ३ लाख ७१ हजारको ज्यान गएको छ । 

त्यस्तै, भारतमा एक करोड ४८ लाख सङ्क्रमित भएकामध्ये एक लाख ७७ हजारको मृत्यु भएको छ । 

युरोपमा हालसम्म चार करोड २७ लाख सङ्क्रमित भएकामा नौ लाख ७४ हजारको ज्यान गएको छ जसमा बेलायतमा एक लाख २७ हजार, इटालीमा एक लाख १६ हजार, रसियामा एक लाख पाँच हजार, फ्रान्समा एक लाख, जर्मनीमा ८० हजार, स्पेनमा ७६ हजार, पोल्यान्डमा ६१ हजार, युक्रेनमा ३९ हजार रहेका छन् । 

यस्तै, उत्तर अमेरिकी महादेश अन्तर्गत संयुक्तराज्य अमेरिकामा ५ लाख ८० हजार, मेक्सिकोमा २ लाख १२ हजार, क्यानडामा २३ हजार, ग्वाटेमालामा सात हजार, पनामा ६ हजार, होन्डुरसमा ५ हजार, डोमिनिकन रिपब्लिकमा ३ हजार ४०० को मृत्यु भएको छ । 

उता दक्षिण अमेरिकी मुलुकहरुमा कोरोनाभाइरसको सङ्क्रमणले धेरैको ज्यान लिएको छ । कूल ६ लाख २० हजारको ज्यान गएको दक्षिण अमेरिकामा ब्राजिल सर्वाधिक प्रभावित छ । पछिल्लो विवरण अनुसार ब्राजिलमा ३ लाख ७२ हजार, कोलम्बियामा ६७ हजार, अर्जेन्टिनामा ५९ हजार, पेरुमा ५६ हजार, चिलीमा २५ हजार, इक्वेडरमा १७ हजार, बोलिभियामा १२ हजार, पाराग्वेमा ५ हजार, भेनेजुएलामा करिब २ हजारको मृत्यु भएको छ । 

एसियाली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट सर्वाधिक असर भारतमा भएको छ । सङ्क्रमणको दर पनि उच्च रहेको भारतमा एक लाख ७७ हजारको मृत्यु भइसकेको छ । इरानमा ६६ हजार, इन्डोनेसियामा ४३ हजार, टर्कीमा ३५ हजार, पाकिस्तानमा १६ हजार, फिलिपिन्समा १५ हजार, इराकमा १५ हजार, बंगलादेशमा १० हजार, जापानमा ९ हजार, जोर्डनमा ८ हजार, लेबनानमा ६ हजार, इजरायलमा ६ हजार, चीनमा चार हजार ६३६ जनाको मृत्यु भइसकेको छ । 

तुलनात्मक रुपमा अफ्रिकी महादेशमा कोरोनाभाइरस सङ्क्रमण र मृत्युदरमा कमी छ । तैपनि अफ्रिकी महादेशमा करिब ४५ लाख सङ्क्रमित भएकामध्ये करिब एक लाख १८ हजारको मृत्यु भएको छ । 

अफ्रिकी मुलुकमध्ये दक्षिण अफ्रिकामा ५३ हजार ७००, इजिप्टमा १२ हजार ६९४, ट्युनिसियामा ९ हजार ७१७, मोरक्कोमा ८ हजार ९४४, इथियोपियामा तीन हजार, अल्जेरियामा तीन हजार, लिबियामा २ हजार ८८२, केन्यामा २ हजार ४६३, सुडानमा २ हजार, नाइजेरियामा २ हजारको ज्यान गएको छ । 

पछिल्लो एक सातामा कोरोनाभाइरसबाट करिब ५३ लाख व्यक्ति सङ्क्रमित भएका छन् जसमा भारतमा मात्र करिब १४ लाख संक्रमित भएको पाइएको छ । यो अघिल्लो साताको तुलनामा झण्डै ६४ प्रतिशत बढी हो । त्यस्तै, अमेरिकामा करिब पाँच लाख, ब्राजिलमा ४ लाख ५५ हजार, टर्कीमा करिब चार लाख, फ्रान्समा २ लाख ३७ हजार, इरानमा १ लाख ६६ हजार, अर्जेन्टिनामा एक लाख ६० हजार नयाँ सङ्क्रमित देखिएका छन्् ।

कोरोना संक्रमणको दोस्रो, तेस्रो लहर चलेको अवस्थामा पछिल्लो एक सातामा ८१ हजार ८६२ जनाको मृत्यु भएको छ । अघिल्लो साताको तुलनामा यो झण्डै ७ प्रतिशत अर्थात् ५ हजार २९७ बढी हो ।एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ