२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

४ माघ २०७८, मंगलवार ०१:२१

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भनिएको खोपहरु समेत हरेक ६/६ महिनामा नाकाम जस्तै बन्दैछन् त्यसको लागि बुस्टर डोज लगाउनुपर्ने बाध्यता छ । 

यसैबीच छिमेकी मुलुक भारतमा कोरोना संक्रमण रोक्ने जडिबुटीको विषयमा एउटा महत्वपूर्ण चर्चा बिभिन्न संचार माध्यमहरुले प्राथमिकताको साथ छापेका छन् । समाचार अनुसार इन्डियन इन्स्टीट्यूट अफ टेक्नोलोजी (IIT) मन्डी र इन्टरनेशनल सेन्टर फर जेनेटिक इन्जीनियरिङ  एन्ड बायोटेक्नोलोजी (ICGEB) को अनुसन्धान अधिकारीहरुले हिमाली भेग तथा उच्च पहाडी भेगमा पाइने एक बनस्पतिमा कोरोनाको उपचार पाएको दावी गरेका छन् । 

दावीलाई आधार मान्ने हो भने लालीगुराँस त्यो बनस्पति हो, जसमा कोरोना संक्रमणसँग लड्ने क्षमता हुन्छ । यदी यो कुरा पुष्टि भएमा नेपालको राष्ट्रिय फूलको पहिचान पाएको लालीगुराँसको सर्वोपरी माग हुनेछ । 

नेपालको तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगम स्थलमा रहेको तीनजुरे-मिल्के-जल्जले क्षेत्रमा मात्र २८ प्राजातिका गुराँस पाईन्छन् । नेपालका अधिकांश पहाडहरुमा लालीगुराँस फुलेको देख्न सकिन्छ । त्यसो त नेपालको पूर्वदेखि सुदूरपश्चिमका विभिन्न ४३ जिल्लाका मध्य तथा उच्च पहाडी र हिमाली भेगमा ३१ थरीका गुराँस पाइन्छन् ।

अनुसन्धानकर्ता वैज्ञानिकहरुको अनुसार, लाली-गुराँस (वैज्ञानिक नाम: रोडोडेन्ड्रन अर्बोरियम) मा कोरोना भाईरसबाट लड्ने क्षमता छ । यसको फूलमा पाइने फाइटोकेमिकल नामक पदार्थले कोरोनालाई मल्टीप्लाई (बढ्न) रोक्छ । यो केमिकलमा केहि यस्तो एन्टी भाईरल गुण हुन्छ, जसको कारण भाइरस यसको सामु सकृय हुन सक्दैन ।

यो पनि जानकारी गराऔं कि लालीगुराँस आफैमा जडिबुटीकै रुपमा पहिलेदेखिनै उपयोग हुँदै आएको फूल हो । यसले मानव स्वास्थ्यलाई राम्रो बनाउनमा सहयोग गर्छ । गाउँघरतिर फागुन/चैत/वैशाखमा फुल्ने लाली गुरांशलाई सुकाएर राख्ने र पछि घाटीमा केहि अड्किएमा त्यसको उपयोग गर्ने चलन पहिलेदेखिनै थियो । खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा लाली गुरास खाँदा अड्किएको चीज निस्कन्छ । त्यसैले पनि यसलाई औषधि मानिन्छ । कसैको घाँटीमा केहि अड्कियो भने गुरांश-गुरांश भन्दै हल्का घाटीमा हान्ने चलन पनि सायद गुरांशकै महत्वलाई लिएर चलाइएको चलन हुन सक्छ, जुन गाउँघरमा अझै प्रचलित छ । 

इन्टरनेशनल सेन्टर फर जेनेटिक इन्जीनियरिङ  एन्ड बायोटेक्नोलोजीका डाक्टर रन्जन नन्दाका अनुसार गुरांशको फाइटोकेमिकलले शरीरमा दुई तरिकाले काम गर्छ । सबभन्दा पहिले यो केमिकल कोरोनामा पाइने एक यस्तो एन्जाइमसँग लड्छ, जुनले भाईरसको दुब्लिकेट बनाउन मद्दत गर्छ । यसको अलावा, यो हाम्रो शरीरमा पाइने ACE-2 एन्जाइमसँग पनि जोडिन्छ । ACE-2 एन्जाइमको कारण नै भाइरस हाम्रो शरिरमा प्रवेश गर्छ ।

वैज्ञानिक दावी अनुसार, फाइटोकेमिकलको यो जोडिने प्रक्रियाको कारण कोरोना भाइरसले हाम्रो शरीरको कोशिकाहरुमा संक्रमण गर्न सक्दैन र संक्रमणको खतरा हुँदैन । यो दावीलाई लिएर भनिएको छ कि गुराँशले कोरोना संक्रमणको उपचार गर्छ । 


गुराँशको फूलबाट बन्ने जुस मुटु सम्बन्धि रोगिहरुको लागि निकै फाईदाजनक मानिन्छ । यसलाई रुघा-खोकी, मांसपेशीमा दुखाई, टाउको दुखाई जस्ता समस्याहरुलाई समाधान गर्नमा मद्दत गर्छ । यसको महत्वलाई लिएर श्रीलंकामा गुरांश पाइने हुँदा यस विषयलाई लिएर रामायणमा हनुमानले हिमालय पर्बतबाट लक्ष्मणलाई उपचारको लागि लगेको संजीवनी बूटीको पर्वत पनि गुराँश फूल्ने पर्वतनै रहेको किस्सासँग जोड्ने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै