२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

लालीगुराँसमा पाइने फाइटोकेमिकलले कोरोना संक्रमण रोक्ने वैज्ञानिक दावी

२०७८, ४ माघ मंगलवार ०१:२१

माघ ४, काठमाडौँ | कोरोना संक्रमणको अवस्था बिभिन्न चरणमा फैलदै मानिसहरुमा संक्रमणको प्रभाव पर्दै जाँदा यसको समाधानको लागि बिभिन्न प्रयासहरु भएका छन् । यस क्रममा बिभिन्न देशले कोरोना संक्रमण रोक्न भन्दै खोपको विकास गरिसकेको अवस्थामा पनि अहिले संक्रमणको गति झनै विकसित हुँदै गईरहेको छ । संक्रमण रोक्ने भनिएको खोपहरु समेत हरेक ६/६ महिनामा नाकाम जस्तै बन्दैछन् त्यसको लागि बुस्टर डोज लगाउनुपर्ने बाध्यता छ । 

यसैबीच छिमेकी मुलुक भारतमा कोरोना संक्रमण रोक्ने जडिबुटीको विषयमा एउटा महत्वपूर्ण चर्चा बिभिन्न संचार माध्यमहरुले प्राथमिकताको साथ छापेका छन् । समाचार अनुसार इन्डियन इन्स्टीट्यूट अफ टेक्नोलोजी (IIT) मन्डी र इन्टरनेशनल सेन्टर फर जेनेटिक इन्जीनियरिङ  एन्ड बायोटेक्नोलोजी (ICGEB) को अनुसन्धान अधिकारीहरुले हिमाली भेग तथा उच्च पहाडी भेगमा पाइने एक बनस्पतिमा कोरोनाको उपचार पाएको दावी गरेका छन् । 

दावीलाई आधार मान्ने हो भने लालीगुराँस त्यो बनस्पति हो, जसमा कोरोना संक्रमणसँग लड्ने क्षमता हुन्छ । यदी यो कुरा पुष्टि भएमा नेपालको राष्ट्रिय फूलको पहिचान पाएको लालीगुराँसको सर्वोपरी माग हुनेछ । 

नेपालको तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगम स्थलमा रहेको तीनजुरे-मिल्के-जल्जले क्षेत्रमा मात्र २८ प्राजातिका गुराँस पाईन्छन् । नेपालका अधिकांश पहाडहरुमा लालीगुराँस फुलेको देख्न सकिन्छ । त्यसो त नेपालको पूर्वदेखि सुदूरपश्चिमका विभिन्न ४३ जिल्लाका मध्य तथा उच्च पहाडी र हिमाली भेगमा ३१ थरीका गुराँस पाइन्छन् ।

अनुसन्धानकर्ता वैज्ञानिकहरुको अनुसार, लाली-गुराँस (वैज्ञानिक नाम: रोडोडेन्ड्रन अर्बोरियम) मा कोरोना भाईरसबाट लड्ने क्षमता छ । यसको फूलमा पाइने फाइटोकेमिकल नामक पदार्थले कोरोनालाई मल्टीप्लाई (बढ्न) रोक्छ । यो केमिकलमा केहि यस्तो एन्टी भाईरल गुण हुन्छ, जसको कारण भाइरस यसको सामु सकृय हुन सक्दैन ।

यो पनि जानकारी गराऔं कि लालीगुराँस आफैमा जडिबुटीकै रुपमा पहिलेदेखिनै उपयोग हुँदै आएको फूल हो । यसले मानव स्वास्थ्यलाई राम्रो बनाउनमा सहयोग गर्छ । गाउँघरतिर फागुन/चैत/वैशाखमा फुल्ने लाली गुरांशलाई सुकाएर राख्ने र पछि घाटीमा केहि अड्किएमा त्यसको उपयोग गर्ने चलन पहिलेदेखिनै थियो । खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा लाली गुरास खाँदा अड्किएको चीज निस्कन्छ । त्यसैले पनि यसलाई औषधि मानिन्छ । कसैको घाँटीमा केहि अड्कियो भने गुरांश-गुरांश भन्दै हल्का घाटीमा हान्ने चलन पनि सायद गुरांशकै महत्वलाई लिएर चलाइएको चलन हुन सक्छ, जुन गाउँघरमा अझै प्रचलित छ । 

इन्टरनेशनल सेन्टर फर जेनेटिक इन्जीनियरिङ  एन्ड बायोटेक्नोलोजीका डाक्टर रन्जन नन्दाका अनुसार गुरांशको फाइटोकेमिकलले शरीरमा दुई तरिकाले काम गर्छ । सबभन्दा पहिले यो केमिकल कोरोनामा पाइने एक यस्तो एन्जाइमसँग लड्छ, जुनले भाईरसको दुब्लिकेट बनाउन मद्दत गर्छ । यसको अलावा, यो हाम्रो शरीरमा पाइने ACE-2 एन्जाइमसँग पनि जोडिन्छ । ACE-2 एन्जाइमको कारण नै भाइरस हाम्रो शरिरमा प्रवेश गर्छ ।

वैज्ञानिक दावी अनुसार, फाइटोकेमिकलको यो जोडिने प्रक्रियाको कारण कोरोना भाइरसले हाम्रो शरीरको कोशिकाहरुमा संक्रमण गर्न सक्दैन र संक्रमणको खतरा हुँदैन । यो दावीलाई लिएर भनिएको छ कि गुराँशले कोरोना संक्रमणको उपचार गर्छ । 


गुराँशको फूलबाट बन्ने जुस मुटु सम्बन्धि रोगिहरुको लागि निकै फाईदाजनक मानिन्छ । यसलाई रुघा-खोकी, मांसपेशीमा दुखाई, टाउको दुखाई जस्ता समस्याहरुलाई समाधान गर्नमा मद्दत गर्छ । यसको महत्वलाई लिएर श्रीलंकामा गुरांश पाइने हुँदा यस विषयलाई लिएर रामायणमा हनुमानले हिमालय पर्बतबाट लक्ष्मणलाई उपचारको लागि लगेको संजीवनी बूटीको पर्वत पनि गुराँश फूल्ने पर्वतनै रहेको किस्सासँग जोड्ने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ